लमजुङमा मतदान अन्तिम अपडेट करिब ५५ प्रतिशत मात्र मतदान : मतगणना भोलि विहान १० बजेदेखि

लमजुङमा मतदान अन्तिम अपडेट करिब ५५ प्रतिशत मात्र मतदान : मतगणना भोलि विहान १० बजेदेखि

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ फाल्गुण २० गते बिहिबार १०:२९

नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङको गृहगाउँ रहेको क्ब्होलासोथरमा विगतको तुलनामा निकै कम मत खसेको पाइएको छ । काँग्रेसका उम्मेदवार गमप्रसाद गुरुङ पनि सोही गाउँपाकिलाको हुनु, २०७९ को निर्वाचनको तुलनामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले समेत प्रगति गर्नु आदि कारणले गर्दा पृथ्वीसुब्बा गुरुङलाई जित निकाल्न कठिन हुने आंकलन गरिएको छ ।

जिल्ला मुख्य निर्वाचन कार्यालयले लमजुङमा अन्तिम अपडेट अनुसार कुल ५४.७८ प्रतिशत अर्थात ७५ हजार ८५ मात्र मतदान भएको जनाएको हो ।

बेसीशहर– लमजुङमा सम्पन्न आम निर्वाचनमा करिब ५५ प्रतिशत मतदान भएको छ । जिल्ला मुख्य निर्वाचन कार्यालयले अन्तिम अपडेटको सूचना प्रकाशित गर्दै त्यस्तो जानकारी दिएको हो । जिल्लाभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको प्रशासनको भनाइ छ ।
जिल्ला मुख्य निर्वाचन कार्यालयले लमजुङमा अन्तिम अपडेट अनुसार कुल ५४.७८ प्रतिशत मतदान भएको जनाएको हो । त्यस प्रकार कुल खसेको मत ७५ हजार ८५ हुन आउछ । जिल्लामा कुल एक लाख ३७ हजार १२४ मतदाता थिए । ती मतदाता मध्ये ६९ हजार ५२४ महिला र ६७ हजार ६ सय पुरुष छन् । यसैगरी, ६९ हजार ५२४ महिला र ६७ हजार छ सय पुरुषले मतदान गरेका थिए । प्रतिशतका हिसावले त्यो क्रमशः ५५ं.८९ र ५५.५९ हुन्छ ।
मत गणना कार्य भने भोलि फागुन २२ गते विहान १० बजेमात्र थालिने भएको आचार्यको भनाइ छ । उहाँले भन्नुभयो, ‘भोलि बिहान ८ बजे सर्वदलीय बैठक बस्ने र १० बजेदेखि मत गणना कार्य थालिने तयारी भएको छ ।’
मतदानका लागि जिल्लामा १३० मतदानस्थलमा १९२ मतदान केन्द्र तथा एक अस्थायी मतदान केन्द्र तोकिएका छन् ।
लमजुङमा ११ राजनीतिक दल र एक स्वतन्त्र गरी १२ जना चुनावी मैदानमा थिए । यस जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसी, नेपाली काँग्रेसका गमप्रसाद गुरुङ र नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्ब गुरुङका बीचमा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।
हेवीवेटवाला उम्मेदवार भन्ने गरिएका नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङको गृहगाउँ रहेको क्ब्होलासोथरमा विगतको तुलनामा निकै कम मत खसेको पाइएको छ । काँग्रेसका उम्मेदवार गमप्रसाद गुरुङ पनि सोही गाउँपाकिलाको हुनु, २०७९ को निर्वाचनको तुलनामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले समेत प्रगति गर्नु आदि कारणले गर्दा पृथ्वीसुब्बा गुरुङलाई जित निकाल्न कठिन हुने आंकलन गरिएको छ । कतिपयले रास्वपाका नेता केसीको जित सुनिश्चित भएको समेत भन्दै आएका छन् ।

प्रकाशित मिति २०८२ फाल्गुन २१, बिहीबार २२:२९ गते
हजुरको प्रतिक्रिया