६० निर्वाचन क्षेत्रमा मतगणनाको आउन थाल्यो अपडेट : रास्वपा १ स्थानमा विजयी ४४ स्थानमा अग्रस्थानमा

६० निर्वाचन क्षेत्रमा मतगणनाको आउन थाल्यो अपडेट : रास्वपा १ स्थानमा विजयी ४४ स्थानमा अग्रस्थानमा

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ फाल्गुण २१ गते शुक्रबार ११:१८

चितवन– २ मा रास्वपाका सभापति रवि लामिछाने एक हजार १५८ मतका साथ अधि हुनुहुन्छ भने उहाँको पछि एमालेका अस्विन घिमिरेले ९०८ पाउनु भएको छ भने काँग्रेसका मीना खरेल ५३१ मतका साथ चौथो स्थानमा हुनुहुन्छ ।

मत गणना भएका ६० स्थानमध्ये तीन ४४ स्थानमा रास्वपा, छ स्थानमा काँग्रेस र एमाले तीन स्थानका अघि रहेको छ भने नेपाली कम्युनिष्ट पार्टी र राप्रपा २/२ स्थानमा अघि छन् भने श्रम संस्कृति पार्टीले एक स्थानमा आग्रता लिएको छ ।

काठमाडौं– २०८२ सालका लागि निर्धारण गरिएको आम निर्वाचनको मत गणनाको परिणाम सार्वजनिक हुन थालेको छ । हिजो फागुन २१ गते भएको १६५ स्थानका लागि भएको निर्वाचनको ६१ स्थानमा मतगणनाको मत परिणाम आउन थालेको हो ।
६१ मध्येको एक स्थानमा रास्वपाका रञ्जु दर्शना न्यौपानेले विजयी हासिल गरिसक्नु भएको छ । रञ्जुले १५ हजार ४५५ मत ल्याएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको हो । यसरी औपचारिक घोषणा गर्न भने बाँकी छ । उहाँको प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसका प्रबल थापालले ६ हजार ३६४ मत ल्याउनु भएको छ ।
यसैगरी, काठमाडौं– ८ मा विराजभक्त श्रेष्ठ पनि विजयको नजिक हुनुहुन्छ ।

मत गणना भएका ६० स्थानमध्ये तीन ४४ स्थानमा रास्वपा, ८ स्थानमा काँग्रेस र एमाले तीन स्थानका अघि रहेको छ भने नेपाली कम्युनिष्ट पार्टी र राप्रपा २/२ स्थानमा अघि छन् भने श्रम संस्कृति पार्टीले एक स्थानमा आग्रता लिएको छ ।
उता, चितवन–२ मा रवि लामिछाने दोब्बर अग्रतामा :

चितवन क्षेत्र नम्बर २ को पछिल्लो मतगणनाको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २८०१ मत ल्याउनु भएको छ । सो क्षेत्रमा छ हजार ६२३ मत गणना गरिएको हो । सो स्थानमा नेकपा एमालेका अस्मिन घिमिरेले एक हजार २५९ मतका साथ पच्छ्याइरहनु भएको छ । नेपाली कम्युनिस्ट पार्टीका प्रताप गुरूङले एक हजार १५६ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ । नेपाली कांग्रेसकी मिना खरेललेले यहाँबाट ९१६ मत ल्याउनु भएको छ ।
त्यस्तै, झापा क्षेत्र नम्बर २ को मतगणनाको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाहले दश हजार १९० मत ल्याउनु भएको छ । सो क्षेत्रमा चौध हजार ५३२ मत गणना गरिएको हो । सो स्थानमा नेकपा एमालेका केपी शर्मा ओलीले चार हजार ८७ मतका साथ पच्छ्याइरहनु भएको छ । नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले ९० मत ल्याएउनु भएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति २०८२ फाल्गुन २२, शुक्रबार ११:१८ गते
हजुरको प्रतिक्रिया