बेसीशहर– लमजुङमा आम निर्वाचन २०८२ को मतगणनाको पहिलो अपडेट आएको छ । घोषित परिणाम अनुसारनेपाली काँग्रेसले अग्रता लिएको छ । मतगणना कार्य ११ बजेपछि थालिएको थियो ।
प्राप्त जानकारी अनुसार ४९५ मत गणना हुँदा नेपाली काँग्रेसका गमप्रसाद गुरुङले १७७, एमालेका पृथ्वीसुब्बा गुरुङले ११८ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका धर्म केसीले ११० मत पाउनु भएको छ । त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका हरिजङ तामाङले ३४ मत पाउनु भएको छ भने श्रम संस्कृति पार्टीले १३ मत पाएको घोषणा गरिएको छ । दोस्रो अपडेट केही बेरमा सार्वजनिक गर्ने बताइएको छ ।
सो स्थानमा २६ मत बदर भएको छ ।
प्रकाशित मिति २०८२ फाल्गुन २२, शुक्रबार १३:२९ गते