बेसीशहर– लमजुङमा आम निर्वाचन २०८२ को मतगणनाको दोस्रो अपडेट आएको छ । घोषित परिणाम अनुसारएक हजार १२३ मत गणना भएको छ । त्यसमा नेपाली काँग्रेसले अग्रता कायमै छ । मतगणनाको यो नतिजा १ः२५ बजेको हो ।
प्राप्त जानकारी अनुसार नेपाली काँग्रेसका गमप्रसाद गुरुङले ३७६, एमालेका पृथ्वीसुब्बा गुरुङले २७० मत र राष्ट्रिय स्वतन्त्र पार्टीका धर्म केसीले २४३ मत पाउनु भएको छ । त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका हरिजङ तामाङले ४२ मत पाउनु भएको छ घोषणा गरिएको छ । तेस्रो अपडेट केही बेरमा सार्वजनिक गर्ने बताइएको छ ।
मत गणना कार्य जिल्ला समन्वय समितिको सभाहलमा जारी रहेको छ ।
यो निर्वाचनमा ५६.११ प्रतिशत अर्थात ७६ हजार ९३८ मत खसेको बताइएको छ । जनमा पुरुष ३५ हजार ९४० र महिला ४० हजार ९९८ ले मतदानमा भाग लिएको थिए । जिल्लामा कुल मतदाता संख्या एक लाख ३७ हजार १२४ कायम थियो ।
प्रकाशित मिति २०८२ फाल्गुन २२, शुक्रबार १३:४७ गते