लमजुङमा मतगणनाको तेस्रो अपडेट : काँग्रेसको अग्रता कायमै, धर्म केसी दोस्रो स्थानमा

लमजुङमा मतगणनाको तेस्रो अपडेट : काँग्रेसको अग्रता कायमै, धर्म केसी दोस्रो स्थानमा

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ फाल्गुण २१ गते शुक्रबार ०१:५६

प्राप्त जानकारी अनुसार नेपाली काँग्रेसका गमप्रसाद गुरुङले ७७९ मतका साथ अग्र स्थानमा कायमै रहनु भएको छ । यो निर्वाचनमा ५६.११ प्रतिशत अर्थात ७६ हजार ९३८ मत खसेको बताइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका धर्म केसीले ६३८ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।

बेसीशहर– लमजुङमा आम निर्वाचन २०८२ को मतगणनाको दोस्रो अपडेट आएको छ । घोषित परिणाम अनुसारनेपाली काँग्रेसले अग्रता कायमै छ । मतगणनाको यो नतिजा १ः२५ बजेको हो ।
प्राप्त जानकारी अनुसार नेपाली काँग्रेसका गमप्रसाद गुरुङले ७७९ मतका साथ अग्र स्थानमा कायमै रहनु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका धर्म केसीले ६३८ मत पाई दोस्रो स्थानमा चढ्नु भएको छ । त्यस्तै, एमालेका पृथ्वीसुब्बा गुरुङले ४१२ मत र नेपाली कम्युनिष्ट पार्टीका हरिजङ तामाङले ७४ मत पाउनु भएको छ घोषणा गरिएको छ । चौथो अपडेट केही बेरमा सार्वजनिक गर्ने बताइएको छ ।
मत गणना कार्य जिल्ला समन्वय समितिको सभाहलमा जारी रहेको छ ।
यो निर्वाचनमा ५६.११ प्रतिशत अर्थात ७६ हजार ९३८ मत खसेको बताइएको छ । जनमा पुरुष ३५ हजार ९४० र महिला ४० हजार ९९८ ले मतदानमा भाग लिएको थिए ।
जिल्लामा कुल एक लाख ३७ हजार १२४ मतदाता संख्या कायम थियो ।

प्रकाशित मिति २०८२ फाल्गुन २२, शुक्रबार १३:५६ गते
हजुरको प्रतिक्रिया