बेसीशहर– लमजुङमा आम निर्वाचन २०८२ को मतगणनाको दोस्रो अपडेट आएको छ । घोषित परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका धर्म केसीले उछिन्न थाल्नुभयो । फागुन २२ गते भएको मतगणनाको पछिल्लो परिणाम अनुसार ९२ मतले केसी अघि हुनु भएको हो ।
लमजुङको कर्णाली मानिने दुधपोखरी गाउँपालिकाको मतगणना अन्तिम चारण्मा रहेको छ । दुधपोखरी गाउँपालिका– ३ को मतगणना जारी सो गाउँपालिका– १, २, ४, ५ र ६ वडाको मत गणना सकिएको छ ।
प्राप्त जानकारी अनुसार नेपाली काँग्रेसका गमप्रसाद गुरुङले एक हजार २२१ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ भने रास्वपाका धर्म केसी एक हजार ३१३ मतका साथ अघि बढ्नु भएको छ । काँग्रेसका गमप्रसाद गुरुङको तुलनामा रास्वपा केसी ९२ मतले अघि बढ्नु भएको हो । एमालेका पृथ्वीसुब्बा गुरुङले ६५७ मत पाउनु भएको छ ।
मत गणना कार्य जिल्ला समन्वय समितिको सभाहलमा जारी रहेको छ ।
यो निर्वाचनमा ५६.११ प्रतिशत अर्थात ७६ हजार ९३८ मत खसेको बताइएको छ । जसमा पुरुष ३५ हजार ९४० र महिला ४० हजार ९९८ ले मतदानमा भाग लिएको थिए ।
जिल्लामा कुल एक लाख ३७ हजार १२४ मतदाता संख्या कायम थियो ।
प्रकाशित मिति २०८२ फाल्गुन २२, शुक्रबार १५:०२ गते