बेसीशहर– लमजुङमा मतगणना पछिल्लो अपडेट आएको छ । यतिबेला दूधपोखरी गाउँपालिकाको मत गणना सकिएर क्ब्होलासाेंथर गाउँपालिकाको गणना सुरु भएको छ । जसमा ६, ७ र २ को मतपरिणाम सार्वजनिक हुँदा फेरि काँग्रेसले अग्रता लिएको छ ।
जसमा रुख एक हजार ७९७, घन्टी एक हजार ७६२ र सूर्य एक हजार ३४७ मत रहेको घोषणा जिल्ला मुख्यउ निर्वाचन अधिकृतको कार्यालयले गरेको छ ।
स्मरणीय छ, क्ब्होलासाेंथर गाउँपालिका गमप्रसाद गुरुङ र पृथ्वीसुब्बा गुरुङको गृह पालिका हो ।
क्ब्होलासाेंथर गाउँपालिका अन्य वडाको मत गणना कार्य जारी रहेको छ । मत गणना कार्य जिल्ला समन्वय समितिको सभाहलमा जारी रहेको हो ।
यो निर्वाचनमा ५६.११ प्रतिशत अर्थात ७६ हजार ९३८ मत खसेको बताइएको छ । जसमा पुरुष ३५ हजार ९४० र महिला ४० हजार ९९८ ले मतदानमा भाग लिएको थिए ।
जिल्लामा कुल एक लाख ३७ हजार १२४ मतदाता संख्या कायम थियो ।
प्रकाशित मिति २०८२ फाल्गुन २२, शुक्रबार १५:४१ गते