मध्यनेपाल– ३ र ४ को गणनापछि अघि बढदै रास्वपाका धर्म केसी अग्रस्थानमा, कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङ तेस्रोमा

मध्यनेपाल– ३ र ४ को गणनापछि अघि बढदै रास्वपाका धर्म केसी अग्रस्थानमा, कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङ तेस्रोमा

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ फाल्गुण २१ गते शुक्रबार ०७:३५

धर्मराज केसीभन्दा ६२१ मतले एमालेका उपाध्यक्ष एवम् निवर्तमान सूचना तथा सञ्चारप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ पछि हुनुहुन्छ ।

काँग्रेसका गमप्रसाद गुरूङले तीन हजार ८०३ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ ।

बेसीशहर– लमजुङमा जारी मत गणनाको पछिल्लो अपडेट नतिजा अनुसार हालसम्म मध्यनेपाल नगरपालिका– ३ र ४ ले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अग्रता दिलाएको छ । यतिबेला भने काँग्रेसको गढ मानिने यी वडाबाट कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङ तेस्रोमा झर्नु भएको छ ।
यसअघि दूधपोखरी गाउँपालिका, क्व्होलासोथार गाउँपालिका र मध्यनेपाल नगरपालिका– १ र २ को मत गणनाका क्रममा एमालेका उपाध्यक्ष एवम् निवर्तमान सूचना तथा सञ्चारप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ अघि हुनुहुन्थ्यो । पछिल्लो अपडेट अनुसार उहाँ रास्वपाका धर्मराज केसीभन्दा ६२१ मतले पछि हुनुहुन्छ । रास्वपाका धर्मराज केसीले चार हजार ८७६ मत पाउनु हुँदा एमालेका पृथ्वीसुब्बा गुरूङले चार २५५ मत पाउनु भएको छ भने काँग्रेसका गमप्रसाद गुरूङले तीन हजार ८०३ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ ।
अन्य दलले पनि खासै फड्को मार्न सकेको अवस्था देखिदैन ।
लमजुङमा कुल १ लाख ३७ हजार १ सय २४ मतदाता थिए । १ सय ३० मतदानस्थलको एउटा अस्थायीसहित १ सय ९३ मतदान केन्द्रमा ७५ हजार २५ मत खसेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
मत गणना कार्य जिल्ला समन्वय समितिको सभाहलमा जारी रहेको छ । मत गणना कार्य रातभर जारी रहने बताइएको छ ।

प्रकाशित मिति २०८२ फाल्गुन २२, शुक्रबार १९:३५ गते
हजुरको प्रतिक्रिया