मध्यनेपाल मत गणना जारी रहदा दह्रिदै रास्वपाका धर्म केसी अग्रस्थानमा

मध्यनेपाल मत गणना जारी रहदा दह्रिदै रास्वपाका धर्म केसी अग्रस्थानमा

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ फाल्गुण २१ गते शुक्रबार ०८:३९

धर्मराज केसीभन्दा ८२३ मतले एमालेका उपाध्यक्ष एवम् निवर्तमान सूचना तथा सञ्चारप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ पछि हुनुहुन्छ । काँग्रेसका गमप्रसाद गुरूङले चार हजार ७२ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ ।

यो अपडेट कुल १४,९०० मत गणना हुँदाको हो । जसमध्ये ५१० मत बदर भएको छ ।

बेसीशहर– लमजुङमा जारी मत गणनाको पछिल्लो अपडेट नतिजा अनुसार हालसम्म मध्यनेपाल नगरपालिकाको मत गणना जारी रहदा राष्ट्रिय स्वतन्त्र पार्टीलाई अग्रतामा दह्रो हुँदै आएको छ । कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङ तेस्रोमा झर्नु भएको छ ।
रास्वपाका धर्मराज केसीले पाँच हजार ६७ मत पाउनु हुँदा एमालेका पृथ्वीसुब्बा गुरूङले चार २४४ मत पाउनु भएको छ भने काँग्रेसका गमप्रसाद गुरूङले चार हजार ७२ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ । नेकपाका हरिजंग तामाङले ५७८ मत पाउनु भएको छ ।
यसैगरी, राप्रपाले १६१ मत पाएको छ भने श्रम संस्कृति पार्टीले १११ मत पाएको स्थिति छ । मंगोल नेसनलले ८१ मत, स्वतन्त्र उम्मेदवारले २७ मत, नेकपा(माओवादी)ले २५ मत, जनादेश पार्टी नेपालले ३ मत र नेमकिपाले १ मत पाएका छन् ।
यो अपडेट कुल १४,९०० मत गणना हुँदाको हो । जसमध्ये ५१० मत बदर भएको छ ।
लमजुङमा कुल १ लाख ३७ हजार १ सय २४ मतदाता थिए । १ सय ३० मतदानस्थलको एउटा अस्थायीसहित १ सय ९३ मतदान केन्द्रमा ७५ हजार २५ मत खसेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
मत गणना कार्य जिल्ला समन्वय समितिको सभाहलमा जारी रहेको छ । मत गणना कार्य रातभर जारी रहने बताइएको छ ।

प्रकाशित मिति २०८२ फाल्गुन २२, शुक्रबार २०:३९ गते
हजुरको प्रतिक्रिया