बेसीशहर– लमजुङमा जारी मत गणनाको पछिल्लो अपडेट नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का धर्म केसी झण्डै दोब्बर मतको अन्तर बनाउँदै आग्रस्थानमा रहनु भएको छ । केसीको पछि कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङ हुनुहुन्छ भने एमालेका उपाध्यष एवम् निवर्तमान सूचना, सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङ तेस्रोमा झर्नु भएको छ ।
प्राप्त पछिल्लो नतिजा अनुसार रास्वपाका धर्मराज केसीले १८ हजार ८१२ मत पाउनु भएको छ । काँग्रेसका गमप्रसाद गुरूङले १० हजार १२९ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ भने एमालेका पृथ्वीसुब्बा गुरूङले आठ हजार ८०८ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ । नेकपाका हरिजंग तामाङले एक हजार २३४ मत पाउनु भएको छ ।
कुल ३२ हजार ९६८ मत गणना हुँदा एक हजार दुई मत बदर भएको छ ।
यसैगरी, राप्रपाले ३८१ मत पाएको छ भने श्रम संस्कृति पार्टीले २२६ मत पाएको स्थिति छ । मंगोल नेसनल अर्गनाइजेसनले १३२ मत, स्वतन्त्र उम्मेदवार सन्तोष घिमिरेले ५१ मत, नेकपा(माओवादी)ले ३८ मत, जनादेश पार्टी नेपालले ९ मत र नेमकिपाले २ मत पाएका छन् ।
अन्तरङ्गको भविष्यवाणि पुग्दै :
अन्तरङ्ग परिवारले निर्वाचनको सुरुवाती चरणदेखिनै यो पटक घण्टी सबैभन्दा अघि हुने त्यसपछि रुख र सूर्य तेस्रो स्थानमा रहन्छ भनेर गरेको भविष्यवाणि पुग्ने निश्चित जस्तै भएको छ । अन्तरङ्गले आफ्ना निर्वाचन सम्बन्धि समाचारमा जहिले पनि घण्टी, रुख र सूर्य अनि तारालाई क्रमशः राख्दै आएको थियो । हालसम्म प्राप्त नतिजाले पनि सोही तथ्यलाई पुष्टि गरेको छ । यसैले अन्तरङ्ग परिवारको ३४ वर्षको इतिहासमा तथ्यमा आधारित वस्तुगत पत्रकारिता गर्दै आएको छ र गर्छ भन्ने पुनः एक पटक पुष्टि भएको छ ।
लमजुङमा कुल १ लाख ३७ हजार १ सय २४ मतदाता थिए । १ सय ३० मतदानस्थलको एउटा अस्थायीसहित १ सय ९३ मतदान केन्द्रमा ७५ हजार २५ मत खसेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
मत गणना कार्य जिल्ला समन्वय समितिको सभाहलमा जारी रहेको छ । मत गणना कार्य रातभर जारी रहेको छ ।
प्रकाशित मिति २०८२ फाल्गुन २३, शनिबार ०५:२९ गते