लमजुङमा मतगणना अपडेट : नौ हजार ६४२ मतले रास्वपाका धर्म केसी अग्रस्थानमा

लमजुङमा मतगणना अपडेट : नौ हजार ६४२ मतले रास्वपाका धर्म केसी अग्रस्थानमा

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ फाल्गुण २२ गते शनिवार ०८:५२

प्राप्त पछिल्लो नतिजा अनुसार रास्वपाका धर्मराज केसीले २१ हजार ५६८ मत पाउनु भएको छ । काँग्रेसका गमप्रसाद गुरूङले ११ हजार ९२६ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ भने एमालेका पृथ्वीसुब्बा गुरूङले दश हजार ९७६ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ । काँग्रेसका गमप्रसादभन्दा उहाँ ९५० मतले पछि हुनुहुन्छ । नेकपाका हरिजंग तामाङले दुई हजार २७३ मत पाउनु भएको छ ।

कुल ५० हजार ३४१ मत गणना हुँदा एक हजार ७७७ मत बदर भएको छ ।

बेसीशहर– लमजुङमा जारी मत गणनाको पछिल्लो अपडेट नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का धर्म केसी झण्डै साढे नौ हजार बढी मतको अन्तरले आग्रस्थानमा रहनु भएको छ । केसीकापछि कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङ हुनुहुन्छ भने एमालेका उपाध्यक्ष एवम् निवर्तमान सूचना, सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङ तेस्रोमा कायमै रहनु भएको छ ।
प्राप्त पछिल्लो नतिजा अनुसार रास्वपाका धर्मराज केसीले २१ हजार ५६८ मत पाउनु भएको छ । काँग्रेसका गमप्रसाद गुरूङले ११ हजार ९२६ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ भने एमालेका पृथ्वीसुब्बा गुरूङले दश हजार ९७६ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ । काँग्रेसका गमप्रसादभन्दा उहाँ ९५० मतले पछि हुनुहुन्छ ।
नेकपाका हरिजंग तामाङले दुई हजार २७३ मत पाउनु भएको छ ।
कुल ५० हजार ३४१ मत गणना हुँदा एक हजार ७७७ मत बदर भएको छ । यसले मतदाता शिक्षाको औचित्यमा प्रश्न उठाएको छ कि अनुभवी भनिने थोत्रा मानिसबाट दिइने त्यो शिक्षाको अर्थ प्रायः समाप्त भएको देखिन आएको छ ।
यसैगरी, राप्रपाले ६०६ मत पाएको छ भने श्रम संस्कृति पार्टीले ४३८ मत पाएको स्थिति छ । मंगोल नेसनल अर्गनाइजेसनले २७९ मत, स्वतन्त्र उम्मेदवार सन्तोष घिमिरेले ८७ मत, नेकपा(माओवादी)ले १३० मत, जनादेश पार्टी नेपालले ४६ मत र नेमकिपाले ७ मत पाएका छन् ।
लमजुङमा कुल १ लाख ३७ हजार १ सय २४ मतदाता थिए । १ सय ३० मतदानस्थलको एउटा अस्थायीसहित १ सय ९३ मतदान केन्द्रमा ७५ हजार २५ मत खसेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
मत गणना कार्य जिल्ला समन्वय समितिको सभाहलमा जारी रहेको छ । मत गणना कार्य रातभर जारी रहेको छ ।
अन्तरङ्गको सर्वेक्षण सत्य सावित हुदै :
तीतो (वस्तुगत) सत्य स्विकार गर्न मानिसहरूलाई कठिन हुन्छ । तर अन्तरङ्ग परिवारले निर्वाचनको सुरुवाती चरणदेखिनै यो पटक घण्टी अर्थात स्वतन्त्र पार्टी लमजुङमा सबैभन्दा अघि हुन्छ । त्यसपछि क्रमशः रुख(काँग्रेस) र सूर्य(एमाले) तेस्रो स्थानमा रहन्छ भनेर गरेको सर्वेक्षण पुग्ने निश्चित भएको छ । अन्तरङ्गले यो पटकको निर्वाचन सम्बन्धि समाचारमा जहिले पनि घण्टी, रुख र सूर्य अनि तारालाई क्रमशः राख्दै आएको थियो । हालसम्म प्राप्त नतिजाले पनि सोही वस्तुगत तथ्यलाई पुष्टि गरेको छ । यसबाट अन्तरङ्ग परिवारको ३४ वर्षको इतिहासमा तथ्यमा आधारित वस्तुगत पत्रकारिता गर्दै आएको थियो, छ र गर्छ भन्ने पुनः एक पटक पुष्टि भएको छ ।

प्रकाशित मिति २०८२ फाल्गुन २३, शनिबार ०८:५२ गते
हजुरको प्रतिक्रिया