बेसीशहर– लमजुङमा २०४८ सालदेखिकै एमालेको अखडाका रुपमा परिचित भएको सुन्दरबजार नगरपालिका– २ परेवाडाँडामा यो पटक राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भत्काएको छ । फागुन २१ गतेका दिन भएको मतगणनाको परिणामले फागुन २३ गते त्यस्तो पुष्टि भएको हो । यसैगरी, नेपाली काँग्रेसको गढ मानिने जिल्लकै ऐतिहासिक थलो दुराडाँडामा पनि घण्टीले रुखलाई उछिन्न सफल भएको छ ।
घोषित निर्वाचन परिणाम अनुसार सुन्दरबजार नगरपालिका– २ परेवाडाँडाको मत परिणाम अनुसार घण्टीमा ८९५, सूर्यमा २८५, रुखमा ९९ मत प्राप्त भएको छ । त्यस्तै, वडानं– १ को घोषित मत परिणाम अनुसार घण्टीमा ५१६, सूर्यमा १५८ र रुखमा मात्र ९३ मत परेको छ ।
त्यस्तै, नेपाली काँग्रेसको गढ मानिने जिल्लकै ऐतिहासिक थलो दुराडाँडामा पनि घण्टीले रुखलाई उछिन्न सफल भएको छ । काँग्रेसको गढ मानिएका सुन्दरबजार नगरपालिका– ३ दुराडाँडामा घण्टीमा ४११, सूर्यमा १२० र रुखमा मात्र ३६३ मत परेको छ । त्यस्तै, सोही नगरपालिका वडानं– ४ मा घण्टीमा ४१७, सूर्यमा २०८ र रुखमा मात्र २२० मत परेको मुख्य निर्वाचन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
मत गणना कार्य जिल्ला समन्वय समितिको हलमा जारी रहेको छ । दिउँसो ३ देखि ४ बजेसम्ममा अन्तिम नतिजा आउने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति २०८२ फाल्गुन २३, शनिबार ११:०४ गते