बेसीशहर– लमजुङलाई काँग्रेस र एमालेको किल्ला भनिन्थ्यो । घोषित प्रतिनिधि सभा सदस्यको निर्वाचनमा दुवै दल त्यो विरासत जोगाउन न्वारनदेखिको बल लगाउँदै थिए । तर मतगणनाको अन्तिम नतिजा घोषणा हुँदा भने त्यो विरासतको किल्ला नराम्रोसँग फागुन २३ गते ढल्न पुगेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०ले त्यो विरासत रुपि किल्ला भत्काएको हो ।
२०७९ को निर्वाचनमा संघीय संसदमा एमालेले र गण्डकी प्रदेशको दुवै क्षेत्रमा नेपाली काँग्रेसले जितेर आ–आफ्नो विरासत दावी गर्दै आएका थिए । सोही दम्भका कारणले यसपटकको निर्वाचनमा रास्वपालाई कम आक्दै १५– १६ हजारमा डल्लिने उदघोष गरिरहका थिए । तर नतिजाको प्रतिफाल भने त्यसको ठीक विपरित रुपमा प्राप्त भएको छ ।
२०४८ सालदेखि २०५६ सालसम्म काँग्रेसको किल्लाका रुपमा परिचित यो जिल्ला २०६४ सालदेखि त्यो परिचल बदलिन थालेको हो । त्यसपछि भने एकालेको किल्ला भन्न सुहाउने गरी देखिदै आएको थियो ।
तर यसपटक भने भिन्न रुपमा नतिजा आएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का उम्मेदवार इञ्जिनियर धर्मराज केसीद्वारा एमालेका उपाध्यक्ष एवम् निवर्तमान सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ १७ हजार २२ को फराकिलो मत अन्तरले पराजित गर्नु भएको घोषणाभएसँगै त्यो विरासतको किल्ला भत्किएको हो ।
लमजुङका मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश शिशिरराज ढकालले मत गणानाको अन्तिम नतिजा घोषणा गर्नु भएको हो । उहाँले रास्वपाका उम्मेदवार धर्मराज केसीले ३३ हजार ८९८ मत ल्याई विजयी भएको बताउँदै बधाई समेत दिनु भएको थियो । उहाँले केसीलार्ई बधाई दिदै निर्वाचित भएको प्रमाणपत्र समेत प्रदान गर्नु भएको थियो ।
केसीका निकटत्तम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का उम्मेदवार पृथ्वीसुब्बा गुरुङलाई १६ हजार ८७६ मत प्राप्त भएको छ । त्यस्तै नेपाली काँग्रेसका गमप्रसाद गुरुङले १६ हजार ५६१ मत पाएको उहाँले जानकारी दिनुभयो । एमाले र काँग्रेसका बीचमा ३५५ मत अन्तर देखिएको छ ।
विजेता केसीले आफ्नो पार्टी पंक्तिका साथमा पिता प्रेमबहादुर केसी र श्रीमती प्रतीभा केसीलाई समेत साक्षी राखेर विजेता भएको प्रमाणपत्र बुझ्नु भएको थियो ।
लमजुङमा एक स्वतन्त्र सहित १२ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । उल्लेखित तीन दल बाहेक अन्य सबै उम्मेदवारहरूको धरौटी जफत भएको छ ।
एक हजार १७१ मत गायव :
यसैबीच, एक हजार १७१ मत गायव भएको छ । मुख्य निर्वाचन कार्यालयका अनुसार लमजुङमा फागुन २१ गते भएको मतदानको अन्तिम जोड अनुसार ५५।८८ प्रतिशत अर्थात ७६ हजार ६३१ मत खसेको बताइएको थियो । तर नतिजा घोषणा हुँदा ७३ हजार १० मत सदर भएको र दुई हजार ४५० मत बदर भएको बताइयो । जस अनुसार एक हजार १७१ मत गायव भएको देखिन आएको हो ।
लमजुङमा यो निर्वाचनका लागि मतदाताको कुल संख्या १ लाख ३७ हजार १ सय २४ निर्धारण गरिएको थियो । १ सय ३० मतदानस्थलको एउटा अस्थायीसहित १ सय ९३ मतदान केन्द्रमा मतदानको प्रवन्ध गरिएको थियो ।
विपक्षी दलका नेताहरूबाट बधाई एवम् शुभकामना :
उक्त निर्वाचनमा पराजित भएर विपक्षी हुनु भएका विभिन्न दलका नेताहरूको मतगणना स्थलमा उपस्थित हुनु भएर केसी सांसद पदमा विजयी हुनु भएकोमा बधाई एवम् कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । त्यसरी शुभकामना दिनु हुनेमा नेकपा एमालेका उपाध्यक्ष एवम् निवर्तमान सूचना, सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, एमाले नेता मायानाथ अधिकारी हुनुहुन्थ्यो ।


यसैगरी संविधान सभा सदस्यद्वय जमिन्द्रमान घले र कुटाभद्रा हमाल, गण्डकी प्रदेश सभाका सदस्य यशोधा सुवेदी, दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, क्ब्होलासोथर गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङलगायत हुनुहुन्थ्यो । सूर्यप्रसाद गुरुङले केसीसँग गलानै मिलाएर हार्दिकता व्यक्त गर्नु भएको थियो । यसैगरी, एमालेको सचिव राजेन्द्र बोहरा तथा निवर्तमान जिल्ला सचिव सुभाष पौडेल पनि केसीलाई बधाई दिनका लागि एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा सहितका नेताहरूको समूहसँगै पुग्नु भएको थियो ।

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्जद्वय पारसमणि पौडेल र रामबाबु अधिकारी, सो दलका केन्द्रीय सदस्य देवबहादुर दुरा, सो दलका उम्मेदवार हरिजङ तामाङलगायतले पनि केसीलाई मत गणनास्थलमै पुगेर बधाई दिनु भएको थियो । सो दलका उम्मेदवार नेता हरिजङ तामाङले पनि केसीसँग अंकमाल गर्दै बधाई दिनु भएको थियो । 
यसैगरी, काँग्रेसका नेता एवम् उम्मेदवार गमप्रसाद गुरुङले पनि केसीलाई बधाई ज्ञापन गर्नु भएको थियो । केसीलाई बधाई दिन उहाँ एक्लै पुग्नु भएको थियो । उहाँले पनि केसीसँग गला नै मिलाएर बधाई दिने काम गर्नु भएको हो ।
प्रकाशित मिति २०८२ फाल्गुन २३, शनिबार २१:२४ गते