बेसीशहर– लमजुङमा फागुन २१ गते भएको निर्वाचनको समानुपातिकतर्फको मत गणना थालिएको छ । दूधपोखरी गाउँपालिका, सुन्दरबजार नगरपाकिला र मध्यनेपाल नगरपालिकाको मत गणना कार्य फागुन २४ गते मध्यान्ह ४ बजे सकिएको हो ।
ती तीन पालिकाहरूमा पार्टीहरू पाएको कुल मत घण्टी १३ हजार २८४, रुख पाँच हजार ९०४, सुर्य चार हजार ८८६ र ताराले एक हजार ३५१ मत पाएको स्थिति छ ।
यसअघि दूधपोखरी गाउँपालिका र मध्यनेपाल नगरपालिकाको मत गणना हुँदा अन्य दलले पाएको मतको स्थिति ः राप्रपाको हलोले ३४७, जसपा नेपाल– ६, जनमत पार्टी ३१, नेमकिपा ४, राजमो २, प्रगतिशील लोकतान्त्रिक पार्टी १५, नेपाल लोकतान्त्रिक पार्टी ३, मंगोल नेसनल अर्गनाइजेसन ७२, बहुजन शक्ति पार्टी १, सदभावना पार्टी १, जनता संरक्षण पार्टीले ५१ मत पाएका छन् ।
त्यस्तै, नेकपा(माले) ५, नेपाल जनता पार्टी १०, संयुक्त नागरिक पार्टी ३, नेपाल जनमुक्ति पार्टी १, नेकपा(संयुक्त) ३, राष्ट्रिय जनता पार्टी शून्य, समावेसी समाजवादी पार्टी नेपाल ३, राष्ट्रिय परिवर्तन पार्टी ३५, नेकपा माक्र्सवादी(पुष्पलाल) शून्य, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १, राष्ट्रिय एकता दल ८, गतिशील लोकतान्त्रिक पार्टी १, नेपाली जनश्रमदान संस्कृति पार्टी ३, नेपालका लागि नेपाली पार्टी १, जनप्रिय लोकतान्त्रिक पार्टी शून्य, नेसनल रिपब्लिक नेपाल १४ मत पाएको स्थिति छ ।
जयमातृभूमि पार्टी शून्य, नागरिक शक्ति नेपाल शून्य, मितेरी पार्टी नेपाल शून्य, नेकपा(माओवादी) ५२, सार्वभौम नागरिक पार्टी १८, राष्ट्रिय जनमुक्ति पार्टी १, राष्ट्रिय उर्जाशील पार्टी नेपालले शून्य मत पाएको स्थिति छ । नेपाली जनता दल १, त्रिमूल नेपाल १, प्रजातान्त्रिक पार्टी नेपाल २, नेपाल मातृभूमि पार्टी शून्य, संयुत्तल रहेका(नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टी) शून्य, राष्ट्रिय गौरव पार्टी १ मत पाएको छ ।
त्यस्तै, नेपाली काँग्रेस(विपि) १, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल १०, एकल चिन्ह(राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपाल) २, राष्ट्र निर्माण दल नेपाल ४, उन्नत लोकतन्त्र पार्टी शून्य, समावेसी समाजवादी पार्टी शून्य, एकल चिन्ह् (आम जनता पार्टी, जनादेश पार्टी नेपाल) ३, पिपुल फष्ट पार्टी १, एकल चिन्ह(सचेत नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टी नेपाल) शून्य, नेपाल जनअधिका पार्टी शून्य र जनता लोकतान्त्रिक पाटीको पनि शून्य स्थिति रहेको छ ।
स्मरणीय छ समानुपातिकतर्फ ५७ चिन्हमा ६४ दलले निर्वाचन लगेका छन् । तीमध्ये यो गणनामा १५ वटा पार्टी स्थिति शून्य रहेको छ ।
मत गणना कार्य जिल्ला समन्वय समितिको सभाहलमा जारी रहेको छ । मत गणना कार्य राती १२ बजेसम्म जारी रहने बताइएको छ ।
ती दुई पालिका दूधपोखरी र मध्यनेपालको कुल १५ हजार ६८६ मत गणना हुँदा ४५६ मत बदर भएको छ ।
प्रकाशित मिति २०८२ फाल्गुन २४, आईतवार १८:१७ गते