लमजुङमा समानुपातिकतर्फको ४४ हजार मतगणना हुँदा रास्वपालाई २२ हजार बढी मत

लमजुङमा समानुपातिकतर्फको ४४ हजार मतगणना हुँदा रास्वपालाई २२ हजार बढी मत

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ फाल्गुण २३ गते आईतबार ०९:०९

रुखÞभन्दा सूर्य एक हजार ६३२ मतको अन्तर रहेको छ । रुखÞले नौ हजार १४३, सुर्यले सात हजार ५११ र ताराले एक हजार ७४८ मत पाएको स्थिति छ ।

उल्लेखित चार पालिका दूधपोखरी, मध्यनेपाल, सुन्दरबजार र बेसीशहरको कुल ४४ हजार ८५ मत गणना हुँदा एक हजार ६ मत बदर भएको छ ।

बेसीशहर– लमजुङमा फागुन २१ गते भएको निर्वाचनको समानुपातिकतर्फको मत गणना चार पालिकाको सकिएको छ । दूधपोखरी गाउँपालिका, सुन्दरबजार नगरपालिका, मध्यनेपाल नगरपालिका र सुन्दरबजार नगरपालिकाको ४४ हजार ८५ मत गणना कार्य फागुन २४ गते राती ८ बजे सकिएको हो ।
ती तीन पालिकाहरूमा पार्टीहरू पाएको कुल मत घण्टी २२ हजार ८६ रहेको छ । त्यस्तै, रुखÞ नौ हजार १४३, सुर्य सात हजार ५११ र ताराले एक हजार ७४८ मत पाएको स्थिति छ । रुखÞभन्दा सूर्य एक हजार ६३२ मतको अन्तर रहेको छ ।
यसैगरी अन्य दलले पाएको मतको स्थिति ः राप्रपाको हलोले एक हजार १०, जसपा नेपाल– १२, जनमत पार्टी ६७, नेमकिपा १२, राजमो ६, प्रगतिशील लोकतान्त्रिक पार्टी ७५, नेपाल लोकतान्त्रिक पार्टी ६, मंगोल नेसनल अर्गनाइजेसन १९४, बहुजन शक्ति पार्टी १, सदभावना पार्टी २, जनता संरक्षण पार्टीले १२१ मत पाएका छन् ।
त्यस्तै, नेकपा(माले) १०, नेपाल जनता पार्टी १३, संयुक्त नागरिक पार्टी ५, नेपाल जनमुक्ति पार्टी २, नेकपा(संयुक्त) ५, राष्ट्रिय जनता पार्टी नेपाल ४, समावेसी समाजवादी पार्टी नेपाल ८, राष्ट्रिय परिवर्तन पार्टी २५२, नेकपा माक्र्सवादी(पुष्पलाल) ५, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च २, राष्ट्रिय एकता दल २६, गतिशील लोकतान्त्रिक पार्टी १, नेपाली जनश्रमदान संस्कृति पार्टी ४, नेपालका लागि नेपाली पार्टी ३, जनप्रिय लोकतान्त्रिक पार्टी ३, नेसनल रिपब्लिक नेपाल २३ मत पाएको स्थिति छ ।
जय मातृभूमि पार्टी शून्य, श्रम संस्कृति पार्टी ५४१, स्वाभिमान पार्टी शून्य, नागरिक शक्ति नेपाल ४, मितेरी पार्टी नेपाल २, नेकपा(माओवादी) ६१, सार्वभौम नागरिक पार्टी ३२, राष्ट्रिय जनमुक्ति पार्टी ३, राष्ट्रिय उर्जाशील पार्टी नेपालले ३ मत पाएको स्थिति छ । नेपाली जनता दल ३, त्रिमूल नेपाल २, प्रजातान्त्रिक पार्टी नेपाल ३, नेपाल मातृभूमि पार्टी ३, संयुक्त चिन्ह बस रहेका (नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टी) १, राष्ट्रिय गौरव पार्टी ९ मत पाएको छ ।
त्यस्तै, नेपाली काँग्रेस(विपि) ३, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल २५, एकल चिन्ह जाँतो (राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपाल) ६, राष्ट्र निर्माण दल नेपाल ७, उन्नत लोकतन्त्र पार्टी १, समावेसी समाजवादी पार्टी १, एकल चिन्ह् मोवाइल (आम जनता पार्टी, जनादेश पार्टी नेपाल) ७, पिपुल फष्ट पार्टी १, एकल चिन्ह जगर भएको सिंह (सचेत नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टी नेपाल) शून्य, नेपाल जनअधिका पार्टी १ र जनता लोकतान्त्रिक पाटीको पनि १ मत पाएको स्थिति रहेको छ ।
मत गणना कार्य जिल्ला समन्वय समितिको सभाहलमा जारी रहेको छ । मत गणना कार्य राती १२ बजेसम्म जारी रहने बताइएको छ ।
उल्लेखित चार पालिका दूधपोखरी, मध्यनेपाल, सुन्दरबजार र बेसीशहरको कुल ४४ हजार ८५ मत गणना हुँदा एक हजार ६ मत बदर भएको छ ।

प्रकाशित मिति २०८२ फाल्गुन २४, आईतवार २१:०९ गते
हजुरको प्रतिक्रिया