बेसीशहर– लमजुङमा फागुन २१ गते भएको निर्वाचनको समानुपातिकतर्फको मत गणना जिल्लाका आठ मध्ये छ पालिकाको गणना सकिएको छ । गाउँपालिकाहरू दूधपोखरी र मस्र्याङदी, नगरपालिकाहरू सबै अर्थात सुन्दरबजार, मध्यनेपाल, राइनास र बेसीशहर नगरपालिकाको गणना फागुन २४ गते राती सकिएको हो । बाँकी आज २५ गते विहान मात्र गणना सुरु भएको छ ।
ती पालिकाहरूमा कुल ६२ हजार ६०३ मत गणना हुँदा एक हजार ४८३ मत बदर भएको छ । ६१ हजार १२० मत सदरभएकोमा पार्टीहरू पाएको मतमा घण्टी ३० हजार ४६७ रहेको छ । त्यस्तै, रुख १२ हजार ७९१, सुर्य ११ हजार ३४४ र ताराले दुई हजार ७१९ मत पाएको स्थिति छ । रुखभन्दा सूर्य एक हजार ४४६ मतको अन्तर रहेको छ ।
यसैगरी, यसअघि अन्य दलले पाएको मतको स्थिति ः राप्रपाको हलोले एक हजार ४०४, जसपा नेपाल– २०, जनमत पार्टी १०९, नेमकिपा १७, राजमो ६, प्रगतिशील लोकतान्त्रिक पार्टी ८५, नेपाल लोकतान्त्रिक पार्टी ९, मंगोल नेसनल अर्गनाइजेसन २४६, बहुजन शक्ति पार्टी ४, सदभावना पार्टी ५, नेपाल जनता संरक्षण पार्टीले १९८ मत पाएका छन् ।
त्यस्तै, नेकपा(माले) १८, नेपाल जनता पार्टी १९, संयुक्त नागरिक पार्टी १०, नेपाल जनमुक्ति पार्टी २, नेकपा(संयुक्त) १०, राष्ट्यि जनता पार्टी नेपाल शून्य, समावेसी समाजवादी पार्टी नेपाल १३, राष्ट्यि परिवर्तन पार्टी ४५३, नेकपा माक्र्सवादी(पुष्पलाल) ८, संघीय लोकतान्त्रिक राष्ट्यि मञ्च ५, राष्ट्यि एकता दल ४२, गतिशील लोकतान्त्रिक पार्टी १, नेपाली जनश्रमदान संस्कृति पार्टी ७, नेपालका लागि नेपाली पार्टी ४, जनप्रिय लोकतान्त्रिक पार्टी ५, नेसनल रिपब्लिक नेपाल ३२. मत पाएको स्थिति छ ।
जय मातृभूमि पार्टी २, श्रम संस्कृति पार्टी ७५३, स्वाभिमान पार्टी २, नागरिक शक्ति नेपाल ८, मितेरी पार्टी नेपाल ३, नेकपा(माओवादी) ११२, सार्वभौम नागरिक पार्टी ४६, राष्ट्यि जनमुक्ति पार्टी ५, राष्ट्यि उर्जाशील पार्टी नेपालले ७ मत पाएको स्थिति छ । नेपाली जनता दल ३, त्रिमूल नेपाल ४, प्रजातान्त्रिक पार्टी नेपाल ३, नेपाल मातृभूमि पार्टी ३, संयुक्त चिन्ह बस रहेका (नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टी) १, राष्ट्यि गौरव पार्टी १४ मत पाएको छ ।
त्यस्तै, नेपाली काँग्रेस(विपि) ७, राष्ट्यि मुक्ति आन्दोलन नेपाल ३९, एकल चिन्ह जाँतो (राष्ट्यि मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपाल) १०, राष्ट् निर्माण दल नेपाल ९, उन्नत लोकतन्त्र पार्टी १, समावेसी समाजवादी पार्टी ३, एकल चिन्ह् मोवाइल (आम जनता पार्टी, जनादेश पार्टी नेपाल) २७, पिपुल फष्ट पार्टी ३, एकल चिन्ह जगर भएको सिंह (सचेत नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टी नेपाल) १, नेपाल जनअधिकार पार्टी १ र जनता लोकतान्त्रिक पार्टीको पनि १ मत पाएको स्थिति रहेको छ ।
मत गणना कार्य जिल्ला समन्वय समितिको सभाहलमा जारी रहेको छ ।
कुल ६२ हजार ६०३ मत गणना कार्य सकिएको छ । ती मध्ये एक हजार ४८३ मत बदर भएको छ ।
प्रकाशित मिति २०८२ फाल्गुन २५, सोमबार १०:३६ गते