बेसीशहर– लमजुङमा फागुन २१ गते भएको निर्वाचनको समानुपातिकतर्फको मत गणनाको अन्तिम नतिजा प्राप्त भएको छ । फागुन २४ गते दिउँसो करिब २:३० बजे मत गणना कार्य सकिएको हो ।
जिल्लामा निर्वाचन लडेका पार्टीहरूले पाएको कुल मतमा घण्टी ३४ हजार ५७५ रहेको छ । त्यस्तै, सुर्यले १५ हजार ८४९मत पाउँदा रुखÞले १५ हजार ६०२ मत पाएको छ, त्यस्तै ताराले तीन हजार २६२ मत पाएको स्थिति छ । सूर्य र रुख भन्दा २४७ मतको अन्तर रहेको छ ।
यसैगरी अन्य दलले पाएको मतको स्थिति : राप्रपाको हलोले एक हजार ६०८, जसपा नेपाल– ३२, जनमत पार्टी १४२, नेमकिपा २०, राजमो ६, प्रगतिशील लोकतान्त्रिक पार्टी ९४, नेपाल लोकतान्त्रिक पार्टी १७, मंगोल नेसनल अर्गनाइजेसन ४९९, बहुजन शक्ति पार्टी ५, सदभावना पार्टी ८, जनता संरक्षण पार्टीले २२६ मत पाएका छन् ।
त्यस्तै, नेकपा(माले) १८, नेपाल जनता पार्टी १९, संयुक्त नागरिक पार्टी १०, नेपाल जनमुक्ति पार्टी २, नेकपा(संयुक्त) १०, राष्ट्रिय जनता पार्टी नेपाल ७, समावेसी समाजवादी पार्टी नेपाल १३, राष्ट्रिय परिवर्तन पार्टी ४५३, नेकपा माक्र्सवादी(पुष्पलाल) ८, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ५, राष्ट्रिय एकता दल ४२, गतिशील लोकतान्त्रिक पार्टी १, नेपाली जनश्रमदान संस्कृति पार्टी ७, नेपालका लागि नेपाली पार्टी ४, जनप्रिय लोकतान्त्रिक पार्टी ५, नेसनल रिपब्लिक नेपाल ३२ मत पाएको स्थिति छ ।
जय मातृभूमि पार्टी २, श्रम संस्कृति पार्टी ७३५, स्वाभिमान पार्टी २, नागरिक शक्ति नेपाल ८, मितेरी पार्टी नेपाल २, नेकपा(माओवादी) ११२, सार्वभौम नागरिक पार्टी ४६, राष्ट्रिय जनमुक्ति पार्टी ५, राष्ट्रिय उर्जाशील पार्टी नेपालले ७ मत पाएको स्थिति छ । नेपाली जनता दल ३, त्रिमूल नेपाल ४, प्रजातान्त्रिक पार्टी नेपाल ३, नेपाल मातृभूमि पार्टी ३, संयुक्त चिन्ह बस रहेका (नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टी) १, राष्ट्रिय गौरव पार्टी १४ मत पाएको छ ।
त्यस्तै, नेपाली काँग्रेस(विपि) ७, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल ३९, एकल चिन्ह जाँतो (राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपाल) १०, राष्ट्र निर्माण दल नेपाल ९, उन्नत लोकतन्त्र पार्टी १, समावेसी समाजवादी पार्टी ३, एकल चिन्ह् मोवाइल (आम जनता पार्टी, जनादेश पार्टी नेपाल) १३, पिपुल फष्ट पार्टी ३, एकल चिन्ह जगर भएको सिंह (सचेत नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टी नेपाल) १, नेपाल जनअधिकार पार्टी १ मात र जनता लोकतान्त्रिक पार्टीको पनि १ मत पाएको स्थिति रहेको छ ।
मत गणना कार्य जिल्ला समन्वय समितिको सभाहलमा भएको थियो ।
स्रमणीय छ, अन्य तीन दल एमाले, काग्रेस र नेकपाका उम्मेदवारले समानुपातिकमा पार्टीले पाएको मतभन्दा बढी मत पाएको देखिन्छ भने रास्वपाका प्रत्यक्ष उम्मेदवार केसीकोभन्दा समानुपातिकतर्फ पार्टीले पाएको मत बढी आएको देखिएको छ । प्रत्यक्षतर्फ रास्वपाका धर्म केसीले ३४ हजार ५७५ मत पाउनु भएको छ । यसैगरी, एमालेका पृथ्वीसुब्बा गुरुङले १६ हजार ८७६ मत पाउनु भएको छ भने काँग्रेसका गमप्रसाद गुरुङले १६ हजार ५६१ मत पाउनु भएको छ । त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका हरिजङ तामाङले तीन हजार ३७१ मत पाउनु भएको थियो ।
समानुपातिकतर्फ उहाँहरूले क्रमशः १५ हजार ८४९ मत, १५ हजार ६०२ मत र तीन हजार २६२ मत पाउनु भएको देखिन्छ । यसप्रकार रास्वपाका केसीको भन्दा पार्टीलाई ६७७ मत बढी आएको देखिन्छ । एमालेका गुरुङले पाएको भन्दा पार्टीले एक हजार २७ मत कम पाएको स्थिति छ भने काँग्रेसका गुरुङभन्दा पार्टीले ९५९ मत बढी पाउनु भएको छ । त्यस्तै, नेकपाका हरिजङ तामाङले भन्दा पार्टीले १०९ मत कम पाएको घोषित निर्वाचन परिणामले देखाएको छ ।
प्रकाशित मिति २०८२ फाल्गुन २५, सोमबार १५:०७ गते