प्रत्यक्षतर्फको १६५ क्षेत्रकै परिणाम सार्वजनिक, रास्वपाको सर्वाधिक १२५ सिट, अन्यको ?

no-image

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ फाल्गुण २५ गते मङ्गलबार ०६:४२

घोषित मत परिणम अनुसार रास्वपाले १२५ सिट जितेको छ । नेपाली कांग्रेसले १८ सिट तथा नेकपा (एमाले)ले ९ सिट जितेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आठ सिट, श्रम संस्कृति पार्टीले तीन सिट जितेको छ । साथै, राप्रपा र स्वतन्त्रले एक एक सिट जितेका छन् ।

प्रदेशगत रूपमा हेर्दा निर्वाचनमा रास्वपा र कांग्रेसले सात वटै प्रदेशबाट प्रतिनिधित्व गरेका छन् भने बाँकी दलको केही प्रदेशमा मात्र जित हासिल गरेका छन् ।

काठमाडौं– प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) प्रणालीको मतगणना सकिएको छ । प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको हो । निर्वाचन पश्चात् सम्पन्न मतगणना र त्यसबाट प्राप्त मत परिणामअनुसार सबैभन्दा बढी सिट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जित्न सफल भएको छ । सो परिणाम फागुन २५ गते घोषणा भएको हो ।
निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले लगायत पुराना शक्ति खुम्चिएका छन् भने रास्वपा नयाँ शक्तिको रूपमा उदाएको छ ।
सबैभन्दा पछि संखुवासभाको मत परिणाम सार्वजनिक भएको हो । जसमा नेकपा एमालेका अर्जुनकुमार कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का मिङ्मा शेर्पालाई पराजित गर्नु भयो ।
उता उम्मेदवारी खारेजपछि विवादित बनेको धनुषा– १ मा आयोगले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का मातृकाप्रसाद यादवलाई विजयी भएको प्रमाणपत्र दिएको छ । उम्मेदवारी खारेज भएपछि रास्वपाका उम्मेदवार अदालत गएका छन् ।
घोषित मत परिणम अनुसार रास्वपाले १२५ सिट जितेको छ । नेपाली कांग्रेसले १८ सिट तथा नेकपा (एमाले)ले ९ सिट जितेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आठ सिट, श्रम संस्कृति पार्टीले तीन सिट जितेको छ । साथै, राप्रपा र स्वतन्त्रले एक एक सिट जितेका छन् । म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुन निर्वाचित हुनु भएको हो ।
प्रदेशगत रूपमा हेर्दा निर्वाचनमा रास्वपा र कांग्रेसले सात वटै प्रदेशबाट प्रतिनिधित्व गरेका छन् भने बाँकी दलको केही प्रदेशमा मात्र जित हासिल गरेका छन् ।
रास्वपाले कोशी प्रदेशबाट २८ मध्ये १७ सिट, मधेसबाट ३२ मध्ये ३० सिट, बाग्मतीबाट ३३ मध्ये ३१ सिट, गण्डकीबाट १८ मध्ये १५ सिट, लुम्बिनीबाट २४ मध्ये २१ सिट, कर्णालीबाट १२ मध्ये १ सिट र सुदूरपश्चिमबाट १६ मध्ये १० सिटमा जित हासिल गरेको छ ।
कांग्रेसले कोशीमा ४ सिट, मधेस र बाग्मतीमा १र१ सिट, गण्डकी र लुम्बिनीमा २र२ सिट, कर्णालीमा ५ सिट र सुदूरपश्चिममा ३ सिटमा जित हासिल गरेको छ ।
एमालेले कोशीमा ४ सिट, सुदूरपश्चिममा ३ सिट, लुम्बिनी र कर्णालीमा १र१ सिटमा जित निकालेको छ । मधेस, बाग्मती र गण्डकी गण्डकीमा यो पार्टीको शून्य सिट छ ।
नेपाली कम्युनिष्ट पार्टीले मधेस र बाग्मतीमा एक एक सिट, लुम्बिनीमा २ सिट र कर्णालीमा २ सिट जितेको छ । कोशी, गण्डकी र सुदूरपश्चिममा यो पार्टीको प्रतिनिधित्व छैन ।
श्रम संस्कृति पार्टीको कोशीबाट ३ सिट र राप्रपाको कर्णालीबाट एक सिट आउँदा स्वतन्त्र उम्मेदवारको रूपमा महाविर पुन निर्वाचित भएका छन् ।
२०७९ को निर्वाचनमा ५७ सिटमा जित हासिल गरेको कांग्रेसले ३९ सिट गुमाएको छ । एमालेले ४३ सिट जितेकोमा ३४ सिट गुमाएको छ । नेकपाभित्र रहेका तत्कालिन माओवादी र समाजवादीले प्रत्यक्षतर्फ कुल २७ सिट जित्दा यस पटक १९ सिट गुमाएको छ ।
राप्रपाले ७ सिट जितेकोमा यस पटक ६ सिट गुमाएको छ । जसपा, जनमत, नागरिक उन्मुक्ति, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोरणचा लगायत दलले यस पटक प्रवेश पाउन सकेनन् ।
यसअघि ७ सिट जितेको रास्वपाले यी सबैको सट्टा रास्वपाले ११८ सिट थपेर १२५ सिट बनाएको छ । त्यस्तै, पहिलो पटक संसदीय निर्वाचन लडेको श्रम संस्कृतिले यसअघि दुई एमाले र एउटा माओवादीको किल्ला भत्काएर जित हासिल गर्न सफल भएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति यही फागुन २१ मा मतदान भएको थियो । निर्वाचनबाट २७५ जना प्रतिनिधि सभा सदस्य चयन भएका हुन् ।

प्रकाशित मिति २०८२ फाल्गुन २६, मंगलवार ०६:४२ गते
हजुरको प्रतिक्रिया