काठमाडौँ– प्रतिनिधि सभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)दे ऐतिहासिक रेकर्ड राख्ने भएको स्थिति बनेको छ । एक करोड दुई लाख बढीेको भइसकेको छ । सो विवरण फागुन २६ गते विहानको हो ।
निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार देशभर हालसम्म एक करोड २ लाख २८ हजार ५ सय ६७ मत गणना भइसकेको छ । सार्वजनिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले ४९ लाख १५ हजार ४ सय ७८ मत प्राप्त गरेको छ । यो सँगै रास्वपा समानुपातिकतर्फ ५० लाख मतको ऐतिहासिक आँकडाको निकै नजिक पुगेको हो ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले हालसम्म १६ लाख ६४ हजार ४ सय ६२ मत प्राप्त गरेको छ । त्यस्तै, नेकपा (एमाले) १३ लाख ८२ हजार ९ सय ८० मतका साथ तेस्रो स्थानमा रहेको छ । नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ४७ हजार ३ सय ३१ मत प्राप्त गरी आफूलाई चौथो स्थानमा कायम राखेको छ ।
अन्य दलहरूमा श्रम संस्कृति पार्टीले ३ लाख ४६ हजार ९० मत पाएर नयाँ राष्ट्रिय दल बन्ने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २१ हजार ७ सय ७१ मत प्राप्त गरेका छन् । यी दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने भएको देखिन्छ । जनता समाजवादी पार्टी, नेपालले एक लाख ६७ हजार ९१५ मत पाएको स्थिति छ । अन्य दलले एक लाख मत कटाउन सकेका छैनन् ।
प्रकाशित मिति २०८२ फाल्गुन २६, मंगलवार ०७:१७ गते