सूर्यपाल(लमजुङ)– लमजुङको मध्यनेपाल नगरपालिका– ३ को यहाँ स्वास्थ्य सेवाका लागि सर्वसाधारणलाई अस्पतालसम्म पुग्नको लागि यातायातको सेवा सुविधाका लागि २५ हजार रुपैयाँको विउ जूँजी स्थापना गरिएको छ । सोही वडा निवासी सशस्त्र प्रहरी बलका हालै निवृत्त हुनुभएका प्रहरी नायव उपरीक्षक लालबहादुर बस्नेतले फागुन २६ गते त्यस्तो कोषको स्थापना गर्नु भएको हो ।
सो दिन तनहुँको वसन्तपुर स्थित स्थानीमाईको दर्शन गर्न जाँदा त्यस्तो खाँचो अनुभूति गरेको निवृत्त प्रहरी नायव उपरीक्षक लालबहादुर बस्नेतले बताउनु भयो । निवृत्त जीवन पछि आफ्नै गाउँघरमा बसेर समाजसेवाका काम गर्ने योजनाका साथ लागि पर्नु भएका उहाँले सूर्यपालबासीहरू कुनै दुर्घटनामा पर्दा वा अपर्झट बिरामी पर्दा तत्काल उपचारका लागि सहयोग गर्न आवश्यकता अनुभव गरी सोही नगरपालिका– ४ को दुईपिप्ले स्थित प्रार्थमिक उपचार केन्द्र(अस्पताल) सम्म पुर्याउनका लागि यातायात खर्चमा सहयोग गर्ने उद्देश्यले उक्त कोष स्थापना गरेको बताउनु भएको छ । सो कोषमा इच्छुक अन्य महानुभावहरूलाई समेत सहयोगका लागि बस्नेतले अपिल गर्नु भएको छ ।
उहाँले भन्नुभयो, ‘सो रकम स्थानीयस्तरमा सञ्चालनमा रहेको भैरव बहुउद्देश्यीय बचत सहकारी संस्थामा खाता खोली राखिएको छ ।’ इच्छुक दाजुभाइ, शुभचिन्तकहरूले सोही खातामा सहयोग रकम जम्मा गर्न सक्नु हुने जानकारी समेत उहाँले दिनु भएको छ ।
स्मरणीय छ, बस्नेत राष्ट्रिय स्वतन्त्र पार्टीको उक्त वडाको वडा सभापति समेत हुनुुहुन्छ ।
प्रकाशित मिति २०८२ फाल्गुन २८, बिहीबार ०७:०० गते