गैरआवासीय नेपाली संघ (एनआरएनए) निर्वाचन भोलिबाट : रोबिन शेरचनको टिम सार्वजनिक

गैरआवासीय नेपाली संघ (एनआरएनए) निर्वाचन भोलिबाट : रोबिन शेरचनको टिम सार्वजनिक

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ फाल्गुण २८ गते शुक्रबार ०८:३२

एनआरएनएको अध्यक्ष दावी गर्नेमा बद्री केसी लगायतको साथले हेमराज चुनावी मैदानमा उत्रिने हुनु भएको छ । अर्को कोणबाट सहमतिमै नेतृत्व चयन गर्न पहल पनि भइरहेको बताइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तटस्थ रहने भएको सो दलका प्रवास विभागका सचिव पदमराज पन्थीले बताउनु भएको छ ।

काठमाडौँ– गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ महाधिवेशनका लागि चुनावी सरगर्मी तीव्र भएको छ । भोलि फागुन ३० गतेदेखि सुरु हुने सो निर्वाचनका क्रममा रोबिन शेरचनको टिम सार्वजनिक भएको छ ।
यस महाधिवेशनबाट एक जना अध्यक्ष, ६ जना उपाध्यक्ष, एक महिला उपाध्यक्ष र एक युवा उपाध्यक्ष निर्वाचित हुनेछन् । त्यसैगरी, एक महासचिव, दुई उपमहासचिव, ६ सचिव र एक महिला सचिवको निर्वाचन हुनेछन् । आर्थिक कार्यभार सम्हाल्न एक कोषाध्यक्ष, तीन सहकोषाध्यक्ष र एक महिला सहकोषाध्यक्ष चयन हुने व्यवस्था छ । यसका साथै, एक महिला संयोजक, एक युवा संयोजक, ६ वटा क्षेत्रबाट एक–एक जना गरी ६ क्षेत्रीय संयोजक र १७ क्षेत्रीय उपसंयोजक निर्वाचित हुनेछन् ।
रोबिनलाई नेकपा एमाले निकट प्रवासी नेताहरूको साथ र समर्थन रहेको छ । शेरचनले एकतालाई निष्कर्षमा पु¥याउने र सबैलाई समेटेर लैजाने भएपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र निकट प्रवासका संगठनहरूले पनि रोबिनलाई नै साथ दिने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को समेत शेरचनलाई समर्थन गरेको दावी गरिए पनि आफ्नो पार्टी तटस्थ रहेको रास्वपाको प्रवास विभागका सचिव पद्मराज पन्थीले बताउनु भएको छ । यसैगरी, प्रवास विभागकै यूरोपियन देशका संयोजक तोयराज अधिकारीले समेत यिनीहरूले हतारमा कब्जा गर्ने ढंगले अघि बढेको देखिन्छ । त्यसैले पार्टीले कसैलाई समर्थन वा विरोध नगर्ने नीति लिएको छ । राम्रो छान्ने कार्यमा साथीहरू स्वतन्त्र छन् अधिकारीले भन्नुभयो ।
एनआरएनएका पूर्वअध्यक्षहरू भवन भट्ट र देवमान हिराचन पनि खुलेर रोबिनकै पक्षमा उभिएका छन् । त्यस्तै शेरचनले एकताको अभियान सुरु गरेपछि संस्थापक अध्यक्ष उपेन्द्र महतो, जीवा लामिछाने सहित शेष घले, आरके शर्मा र महेश श्रेष्ठ लाइनका मानिसहरू पनि रोबिन शेरचनकै टिममा अटाउने दावी गरिएको छ ।
सबै राजनीतिक तथा वैचारिक समूहलाई समेटेर टिम बनाइएकाले यो टिम निकै बलियो र समावेशी देखिएको दावी गरिएको छ ।
प्रारम्भिक छलफलबाट मुख्य पदाधिकारीहरूको खाका तयार भइसकेको छ । जसअनुसार अध्यक्षमा रोबिन शेरचन, उपाध्यक्षहरूमा लोक दाहाल, खगेन्द्र न्यौपाने (मलेसिया), मनोज गोर्खाली, प्रवीण गुरुङ, बुद्धि सुवेदी, चिरन्जिबी घिमिरे (क्यानडा) र सुनिल शाहको नाम चयन भएको बताइन्छ ।
त्यसैगरी युवा उपाध्यक्षमा सुपेन्द घिसिङको नाम तय भएको छ । महिला उपाध्यक्षमा यास्मिन बेगम र टिका गुरुङ दुवैले इच्छा जाहेर गरेकाले उनीहरू दुवैलाई मिलाएर लैजाने सहमति भएको स्रोत बताउँछ । महासचिवमा रामशरण पक्कापक्की जस्तै हुँदा उपमहासचिवमा पारसमणि पोखरेल, दीपक गौतम र रोबिन बज्राचार्यका बीच सहमति हुने भएको छ ।
सचिव पदमा माधव दुलाल, शिशिर नेपाल, राजेन्द्र अर्याल, अभिमन्यु बस्नेत , शिवप्रसाद पौडेल र टंक गैरे लगायतका नामहरू अगाडि आएको छ। कोषाध्यक्षमा अस्ट्रेलियाका अनिल पोखरेल, सह–कोषाध्यक्षमा दधिबल खड्का, मोहम्मद मुक्तदा र युवा संयोजकमा नविन न्युरेको नाम टुंगो लागेको छ । क्षेत्रीय संयोजक (आरसी÷डिआरसी) लगायतका पदहरूको टुंगो भने पछिल्लो चरणको छलफलबाट लगाइने बताइएको छ ।
एनआरएनएको अध्यक्ष दावी गर्नेमा बद्री केसी लगायतको साथले हेमराज चुनावी मैदानमा उत्रिने हुनु भएको छ । अर्को कोणबाट सहमतिमै नेतृत्व चयन गर्न पहल पनि भइरहेको बताइएको छ ।
निर्वाचन भोलिदेखि सुरुहुने कार्य सूचि सार्वजनिक भएको छ ।

प्रकाशित मिति २०८२ फाल्गुन २९, शुक्रबार ०८:३२ गते
हजुरको प्रतिक्रिया