‘नइ कपिल प्रज्ञा पुरस्कार’का लागि अर्याल र बरई छनौट

‘नइ कपिल प्रज्ञा पुरस्कार’का लागि अर्याल र बरई छनौट

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ फाल्गुण २९ गते शनिवार ०७:५९

उक्त सम्मान चैत २७, २८ र २९ गते सम्पन्न हुने ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’का अवसरमा ‘नइ कपिल प्रज्ञा पुरस्कार’ समर्पण गरिने भएको छ ।

यी पुरस्कारका राशि जनही पच्चिस पच्चिस हजार रूपैयाँ रहेको नइ एकेडेमी सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भएको छ ।

काठमाडौं– नइ एकेडेमीद्वारा वितरण गर्ने ‘नइ कपिल प्रज्ञा पुरस्कार’का लागि अर्याल र बरई छनौट गरेको छ । नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले फागुन २९ गते उक्त निर्णय गरेको हो ।
‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धिका साथै नेपाली भाषासाहित्यको अनुसन्धानमा समर्पित भए बापत युवा प्राज्ञद्वय ड. अम्बिका अर्याल र डा. त्रिभुवन बरईलाई ‘नइ कपिल प्रज्ञा पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको नइ एकेडेमी सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भएको छ । उहाँका अनुसार यी पुरस्कारका राशि जनही पच्चिस पच्चिस हजार रूपैयाँ रहेका छन् ।
नइ एकेडेमी सदस्यसचिव प्रसाईले भन्नुभयो, ‘सुप्रसिद्ध मनोचिकित्सक डा.कपिलदेव उपाध्यायको सम्मानमा ‘नइ कपिल प्रज्ञा पुरस्कार’को स्थापना गरिएको हो ।’
उक्त सम्मान चैत २७, २८ र २९ गते सम्पन्न हुने ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’का अवसरमा ‘नइ कपिल प्रज्ञा पुरस्कार’ समर्पण गरिने भएको छ ।
नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

प्रकाशित मिति २०८२ फाल्गुन ३०, शनिबार १९:५९ गते
हजुरको प्रतिक्रिया