नेटा धान्सिङ(लमजुङ)– लमजुङको मध्यनेपाल नगरपालिका– १० मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को तदर्थ समिति गठन गरिएको छ । रास्वपाका जिल्ला कोषाध्यक्ष विजयरञ्जन पौडेलको विशेष उपस्थितिमा चैत २ गते सो समिति गठन भएको हो ।
तदर्थ समितिको संयोजकमा अमृतबहादुर खड्का चयन हुनु भएको छ भने अन्य सदस्य हुनुहुुन्छ । सदस्यहरूमा प्रेमबहादुर कुँवर, रमेश कुँवर, बुद्धिप्रकाश गुरुङ, कोमलबहादुर दुरा, कल्याण थापा, अमृत महत र मणिप्रसाद गुरुङ चयन हुनु भएको छ ।
समिति गठन पश्चात जिल्ला कोषाध्यक्ष पौडेलले नवनिर्वाचित समितिका पदाधिकारी तथा सदस्यहरूको काम कर्तव्य र अधिकारका बारेमा प्रकाश पार्नु भएको थियो । उहाँले नवनिर्वाचितहरूलाई शपथ खुवाउनु भएको थियो । त्यस्तै, नवनिर्वाचित वडा संयोजक खड्काले प्रतिवद्धता मन्तव्य व्यक्त गर्नु भएको थियो ।
प्रकाशित मिति २०८२ चैत्र २, सोमबार १८:३४ गते