ठाडोभाकाका संरक्षक धम्पुको रथ यात्रा दुई दिन सारियो

ठाडोभाकाका संरक्षक धम्पुको रथ यात्रा दुई दिन सारियो

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ चैत १ गते सोमबार ०८:२८

दशौं स्थापना दिवसका अवसरमा विगतका वर्षझैं ठाडोभाका, बाघचाल, पातबजाउने कलाको खुला प्रतियोगिता गरिने तयारी चलिरहेको छ । सो अवसरमा विभिन्न छ वटा पुरस्कार समेत वितरण गर्ने तयारी छ । यस पटक मस्र्याङदी गाउँपालिका– ८ को बडा गाउँमा स्गानीय शान्ति आमा समूहको सहयोगमा उक्त कार्यक्रम गरिने भएको हो ।

‘यतिबेला संरक्षक धम्पुको राथयात्रका समयमा विमोचन गर्ने अभिनन्दन ग्रन्थको सम्पादनको कार्य चलिरहेको छ ।’ प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले जानकारी दिनु भएको छ ।

बेसीशहर– ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’को हीरक जन्मोत्सवका अवसरमा गरिने तय भएको रथ यात्रा कार्यक्रम दुई दिन सरेको छ । धम्पुलाई उहाँका धर्म गुरुले शास्त्रीय विधान अनुसार बैशाख ५ गतेमको सट्टामा ७ गतेको दिन रथ यात्रा कार्यक्रम गर्न अति उत्तम हुने सुझाव दिएसँगै उहाँको अनुरोधमा प्रतिष्ठानको चैत २ गते यहाँ सम्पन्न बैठकले त्यस्तो निर्णय गरेको हो ।
त्यस दिन बेसीशहरमा गरिने प्रतिष्ठानका संरक्षक धम्पुको रथयात्राका लागि लोककला संस्कृतिका पारखी संघसंस्थाहरूका साथै स्थानीय क्षेत्रमा रहेको आमा समूह, विभिन्न समाजहरू समेत सबैलाई आमन्त्रण गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताउनु भएको छ । उहाँका अनुसार उक्त अवसरमा झाँकी सहितको रथ यात्रा गरिने भएको छ । उहाँले भन्नुभयो, ‘यतिबेला धम्पुको अभिनन्दन ग्रन्थको सम्पादनको कार्यक्रम चलिरहेको छ ।’
यसैगरी, प्रतिष्ठानको दशौं स्थापना दिवस कार्यक्रमका साथमा चौथो अधिवेशन समेत सो अवसरमा सम्पन्न गरिने भएको छ ।
दशौं स्थापना दिवसका अवसरमा विगतका वर्षझैं ठाडोभाका, बाघचाल, पात बजाउने कलाको खुला प्रतियोगिता गरिने तयारी चलिरहेको छ । यस पटक मस्र्याङदी गाउँपालिका– ८ को बडा गाउँमा स्गानीय शान्ति आमा समूहको सहयोगमा उक्त कार्यक्रम गरिने भएको हो ।
दश वर्ष निरन्तर आवद्धलाई सम्मान :
प्रतिष्ठानको दशौं स्थापना दिवसका अवसरमा प्रतिष्ठानको कार्यसमितिमा बसेर निरन्तर आवद्ध रहेर लोक संस्कृतिको श्रीबृद्धिमा योगदान गर्नु हुने पदाधिकारीहरू तथा सदस्यहरूलाई सम्मान गर्ने निर्णय समेत बैठकले गरेको छ ।
विभिन्न छ पुरस्कार वितरणको तयारी :
दशौं स्थापना दिवसको उदघाटन सत्रमा प्रतिष्ठानमार्फत वितरण हुँदै आएका विभिन्न पुरस्कारहरू समेत सो अवसरमा वितरण गर्ने तयारी गरिएको सो संस्थाका कोषाध्यक्ष सीता गुरुङले बताउनु भयो । उहाँका अनुसार उक्त अवसरमा ठाडोभाका– देउबहादुर दुरा स्मृति पुरस्कार, ठाडोभाका– ह.ने.सुवे. सन्तबहादुर गुरुङ स्मृति पुरस्कार, ठाडोभाका– टीकाकुमारी ढुंगाना स्मृति पुरस्कार वितरणको तयारी गरिएको प्रतिष्ठानका उपाध्यक्ष सीतादेवी दुराले बताउनु भयो । उहाँका अनुसार ती पुरस्कारको राशि सम्मानपत्र र दोसल्लाका साथमा क्रमशः ३० हजार रुपैयाँ, २२ हजार २२२ रुपैयाँ र १० हजार रुपैयाँ रहेको छ ।
उहाँका अनुसार सो अवसरमा ठाडोभाका– रामदत्त अधिकारी स्मृति पुरस्कार, ठाडोभाका– जगतमाया अधिकारी स्मृति पुरस्कार, ठाडोभाका– दुर्गा केसी स्मृति पुरस्कार वितरण गरिने भएको छ । यी तीन पुरस्कारको राशि प्रति पुरस्कार पाँच हजार रुपैयाँका दरले रहेको छ । ती पुरस्कारका लागि सम्मानित व्यक्तित्व छनौटका लागि विभिन्न उपसमितिसमेत गठन गरिएको छ ।
यी पुरस्कार बाहेक ठाडोभाका लोककला प्रतिष्ठानले सिर्जना विरही थापा प्रतीभा पुरस्कार र असल आमा– बाबा पुरस्कार समेत वितरण गर्दै आएको छ । हरेक वर्ष वितरण हुने यी पुरस्कार यो वर्ष वितरण गरिसकिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अनुसार सिर्जना विरही थापा प्रतीभा पुरस्कार ठाडोभाका प्रशिक्षणका समयमा उत्कृष्ठ क्षमता प्रदर्शन गर्ने प्रतीभालाई सम्मान गरिन्छ ।
त्यसगरी, असल आमा– बाबा पुरस्कार सामुदायिक विद्यालयमा विपन्न प्िरवारका प्रतीभावान् विद्यार्थीका अभिभावक(आमा– बाबा)लाई संयुक्त रुपमा वितरण गर्ने गरिन्छ । यो पुरस्कार राशि पनि १० हजार रुपैया, दोसल्ला र सम्मान पत्र रहेको छ । यो पुरस्कारको स्थायित्वको लागि संरक्षक धम्पुले एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिनु भएको छ ।

प्रकाशित मिति २०८२ चैत्र २, सोमबार २०:२८ गते
हजुरको प्रतिक्रिया