लमजुङ क्याम्पसका विद्यार्थीहरू रिले अनसनमा

लमजुङ क्याम्पसका विद्यार्थीहरू रिले अनसनमा

निश्चल रेग्मी

@antaranganews

२०८२ चैत ४ गते बिहिबार ०३:३८

क्याम्पस प्रशासनकै लापरबाहीका कारण समयमा विद्यार्थीहरूको पाठ्यक्रम पनि नसक्ने र त्यसपछि विद्यार्थीहरूसँगको सम्झौतालाई पनि नजरअन्दाज गर्ने कुन हदसम्मको गैरजिम्मेवारीपन हो भन्ने क्याम्पस प्रशासनले आफै मनन गर्न जरूरी रहको अर्का विद्यार्थी प्रतिनिधि प्रतिक खतिवडा बताउनु हुन्छ ।

विभिन्न परिस्थितिका कारण आईपरेको जटिल परिस्थितिको निकास दिने र विद्यार्थीहरूको जायज मागलाई वेवास्ता गर्ने, जिम्मेवारीबाट पछि हट्ने र विद्यार्थीहरूको भविष्य अन्योलमा पार्नेतर्फ अगाडि बढ्ने दुस्साहस गरेमा त्यसपछि आइपर्ने जस्तोसुकै परिस्थितिको जिम्मेवार स्वयम् क्याम्पस प्रशासन र डीन कार्यालयले लिनुपर्ने भन्दै अनसनरत विद्यार्थीले चेतावनी दिएका छन् ।

सुन्दरबजार(लमजुङ)– लमजुङ कृषि क्याम्पस सुन्दरबजारलमजुङका चौथो सत्रान्त्रका सम्पूर्ण विद्यार्थीहरू रिले अनसन सुरु गरेका छन् । परीक्षा सम्बन्धमा माघ २६ गतेदेखि फागुन ११ गतेसम्म गरिएको तालाब्दी खुलाउने सन्दर्भमा गरिएको सहमतिको उल्लंघन भएको भन्दै विद्यार्थीहरू चैत ५ गते अनसनमा उत्रिएका हुन ।
क्याम्पस प्रशासनले पूर्वसहमति उल्लंघन गरेकोमा गम्भीर आपत्ति तथा कडा विरोध जनाउँदै एक प्रेस विज्ञप्ति जारी गरी विद्यार्थीहरूले रिले अनसन सुरु गरेका हुन् । लमजुङ क्याम्पसको चौथो सत्रान्त्रका विद्यार्थीहरूले विभिन्न प्रशासनिक कमजोरीका कारण परीक्षा दिन सक्ने अवस्था नरहेको भन्दै गरेको तालाबन्दी फागुन ११ गते मौखिक एवम् लिखित सम्झौता गरी खोल्ने निर्णय भएको थियो । तर त्यो सहमतिको उल्लंघन भएको सो संकायका विद्यार्थी प्रतिनिधि अवसर अधिकारीले बताए ।
लमजुङ क्याम्पसमा जेनजी आन्दोलनका बेला सबै प्रकारका विद्यार्थी संघसंगठन खारेज गरिएको घोषणा गरिएको हुँदा यतिबेला उक्त क्याम्पसमा कुनै पनि राजनीतिक दलको भातृ संघसंगठन कार्यरत छैनन् ।
सो संकायका प्रतिनिधि अधिकारीका अनुसार पूर्व प्रकाशित परीक्षा तालिका अनुसार फागुन २६ गतेबाट हुने परीक्षामा विद्यार्थीहरू सहभागी हुने र फागुन ९ गतेदेखि फागुन १७ गतेसम्मको तालिकालाई पूर्व प्रकाशित तालिकाको परीक्षा समाप्त भएपछि निरन्तरता हुने गरी पहल गर्ने सहमति भएको थियो । उहाँले भन्नुभयो, ‘त्यस समयमा सम्बन्धित माथिल्लो निकायबाट समेत ग्रिन सिग्नल आएको भनेर विभिन्न संकाय, स्वतन्त्र विद्यार्थी यूनियनका काबा सभापति आशीष पौडेल, क्याम्पस प्रमुख डा. रामकुमार श्रेष्ठ एवम् म सहितका विद्यार्थी प्रतिनिधि महेश बुढा, अदिति ज्ञवाली आदि बिच सम्झौता भएको थियो तर त्यो सहमति ऐले उल्लंघन भएको छ ।’
यो सबै परिस्थितिका बाबजुद क्याम्पस प्रमुख श्रेष्ठ तथा क्याम्पस प्रशासनले आफ्नो मौखिक र लिखित सम्झौतालाई लत्याउदै चौथो सत्रान्त्रको नियमित परीक्षा सक्नु अगावै पाँचौं सत्रान्त्रको भर्नाको सूचना सार्वजनिक गर्दै विद्यार्थीहरूसँग परीक्षाको वातावरण बनेको र बाँकी विषयको परीक्षा तालिका सार्वजनिक गर्न समन्वय गर्ने भन्दै यसअघि गरिएको सम्झौताबाट आफैपछि हटेको देखिएको अर्का विद्यार्थी प्रतिनिधि अदिति ज्ञवालीले बताउनु भयो ।
ज्ञवालीका अनुसार विद्यार्थीहरूले पटक पटक चासो राख्दा पनि क्याम्पस प्रमुख श्रेष्ठले आफ्नै हस्ताक्षरको समेत अवमूल्यन गरी जिम्मेवारीबाट पछि हट्न खोज्नुभएको देख्दा हामी अचम्मित छौं, आश्चर्यचकित भइ अनसन गर्न बाध्य भएका हांै ।
उहाँले भन्नुभयो ‘आफैले गरेको सम्झौता विपरीत गई क्याम्पस प्रशासन आफूले निर्वाह गर्नुपर्ने विद्यार्थीहरूको जिम्मेवारी, जवाफदेहिता र अभिभावकत्वबाट पछाडि हटेको देखिन्छ ।’ प्रशासनकै लापरबाहीका कारण समयमा विद्यार्थीहरूको पाठ्यक्रम पनि नसक्ने र त्यसपछि विद्यार्थीहरूसँगको सम्झौतालाई पनि नजरअन्दाज गर्ने कुन हदसम्मको गैरजिम्मेवारीपन हो भन्ने क्याम्पस प्रशासनले आफै मनन गर्न जरूरी रहको अर्का विद्यार्थी प्रतिनिधि प्रतिक खतिवडा बताउनु हुन्छ ।
विभिन्न प्रशासनिक कमजोरीको भार विद्यार्थीहरूले बोक्नु पर्ने र विद्यार्थीहरूले जायज समस्या उठान गर्दा पनि विद्यार्थीहरूले दादागिरी देखाएको, अराजक भएको भन्ने दुस्प्रचार प्रति समेत हामी सम्पूर्ण विद्यार्थीहरूको ध्यानाकर्षण भएको छ । अतः विद्यार्थीहरूसँग भएको सम्झौताको भाव र मर्म अनुसार नै तत्काल बाँकी परीक्षा तालिका सार्वजनिक हुने गरी ठोस समन्वयकारी भूमिका निर्वाह गर्न क्याम्पस प्रशासन र क्याम्पस प्रमुख समक्ष जोडदार माग गर्दछौं विद्यार्थीहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ ।
यसैगरी विभिन्न परिस्थितिका कारण आईपरेको जटिल परिस्थितिको निकास दिने र विद्यार्थीहरूको जायज मागलाई वेवास्ता गर्ने, जिम्मेवारीबाट पछि हट्ने र विद्यार्थीहरूको भविष्य अन्योलमा पार्नेतर्फ अगाडि बढ्ने दुस्साहस गरेमा त्यसपछि आइपर्ने जस्तोसुकै परिस्थितिको जिम्मेवार स्वयम् क्याम्पस प्रशासन र डीन कार्यालयले लिनुपर्ने भन्दै अनसनरत विद्यार्थीले चेतावनी दिएका छन् ।
विद्यार्थीले जारी गरेको प्रेस विज्ञप्ति लमजुङ क्याम्पस प्रशासन, डीन कार्यलयका प्रमुख, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान कर्तिपुर, काठमाडौं र स्वतन्त्र विद्यार्थी यूनियन, लमजुङ कृषि क्याम्पसलाई दिइएको छ ।
गत फागुन ११ गते १४ दिने तालाबन्दी खोल्नका लागि क्याम्पस प्रमुख डा. रामकुमार श्रेष्ठसँग चौथो सस्त्रान्तका विद्यार्थी प्रतिनिधीहरू १३ जनासहितको बैठकमा भएको उपस्थिती, छलफल एवम् निर्णयहरूमा १) चुनाव अगाडि सञ्चालन भएका एवम् हुने सम्पूर्ण विषयहरू चुनाव पछाडि (द्यबअप) परीक्षा नहुने गरी र चुनाव अगाडि सञ्चालन भएका विषयहरू चुनाव पछाडि निरन्तता दिने गरी गर्ने र विद्यार्थीहरूको भविष्यमागि खेलवाड नगरी र विद्यार्थीहरूको समग्र हितको लागि निर्णय गर्न समन्वय गर्ने निर्णय भयो । चौथो यो सस्त्रान्तको परीक्षा लगत्तै पाचौं संस्त्रान्तको विषय तालिका अनुसार पढाई हुने निर्णय भयो भन्ने उल्लेख छ ।
२) २०८२ फागुन ११ गते देखी क्यम्पसको प्रसाशकीय भवनमा गरिएको तालाबन्दी आजैका मितिदेखि खोले निर्णय गरियो ।
सो सहमतिमा दस्तखत गर्ने सहभागीहरूमा
१) क्यम्पस प्रमुख डा. रामकुमार श्रेष्ठ
२) स्ववियूका कावा सभापति आशीष पौडेल
३) विद्यार्थी प्रतिनिधिहरू ः
१) महेश बुढा, २) अवसर अधिकारी, ३) प्रतिक खतिवडा, ४) आयुष्का गौतम, ५) अलिसा बसेल, ६) कोमल खड्का, ७) पुजन रेग्मी, ८) अदिति ज्ञवाली, ९) अंकित मुखिया वन, १०) समिर देवकोटा र ११) सन्तोष कुमार जोशी ।
यसबारेमा क्याम्पस प्रशासनमा सम्पर्क गर्दा क्याम्पसका प्रमुख डा. श्रेष्ठसँग सम्पर्क हुन सकेन । त्यसपछि शैक्षिक प्रशासन प्रमुख भोजराज अधिकारीसँग सम्पर्क गर्दा विगतमा अन्य क्याम्पसमा परीक्षा चल्दा हाम्रोमा तालाबन्दी रह्यो । त्यो तालाबन्दीले रोरिएको परीक्षा लिइदिनु पर्यो भन्ने विद्यार्थीको माग हो, हामीले डिनको कार्यालयमा सम्पर्कको प्रयास गरेका छौं । सहायक डिनबाट प्रयोगात्मक परीक्षा लिनु अन्यका बारेमा माथि कुरा राख्छौं भन्ने खबर आएको छ उहाँले भन्नुभयो ।

प्रकाशित मिति २०८२ चैत्र ५, बिहीबार १५:३८ गते
हजुरको प्रतिक्रिया