लमजुङ कृषि क्याम्पसमा विद्यार्थीहरूको रिले अनसन पहिलो रात र दोस्रो दिन आज पनि जारी

लमजुङ कृषि क्याम्पसमा विद्यार्थीहरूको रिले अनसन पहिलो रात र दोस्रो दिन आज पनि जारी

निश्चल रेग्मी

@antaranganews

२०८२ चैत ५ गते शुक्रबार ०८:४१

क्याम्पस प्रमुख डा. श्रेष्ठ तथा क्याम्पस प्रशासनले आफ्नो मौखिक र लिखित सम्झौतालाई लत्याउदै चौथो सत्रान्त्रको नियमित परीक्षा सक्नु अगावै पाँचौं सत्रान्त्रको भर्नाको सूचना सार्वजनिक गर्दै विद्यार्थीहरूसँग परीक्षाको वातावरण बनेको र बाँकी विषयको परीक्षा तालिका सार्वजनिक गर्न समन्वय गर्ने भन्दै यसअघि गरिएको सम्झौताबाट आफैपछि हटेको देखिएको छ, जो सैह्य छैन विद्यार्थी नेताहरूले बताएका छन् ।

लमजुङ क्याम्पसमा जेनजी आन्दोलनका बेला सबै प्रकारका विद्यार्थी संघसंगठन खारेज गरिएको घोषणा गरिएको हुँदा यतिबेला उक्त क्याम्पसमा कुनै पनि राजनीतिक दलको भातृ संघसंगठन कार्यरत छैनन् ।

सुन्दरबजार(लमजुङ)– लमजुङ कृषि क्याम्पस सुन्दरबजार लमजुङका चौथो सत्रान्त्रका सम्पूर्ण विद्यार्थीहरू सुरु गरेको रिले अनसन आज दोस्रो दिन पनि जारी रह्यो । डिन कार्यालयले आफ्ना मागको वेवास्ता गरेकोले अनसनलाई निरन्तरता दिन बाध्य हुनु परेको अनसनरत विद्यार्थीहरूले चैत ६ गते साँझ बताएका छन् ।
उनीहरू चैत ५ गतेदेखि अनसनमा उत्रिएका हुन् । परीक्षा तालिका तलमागि भएको सम्बन्धमा माघ २६ गतेदेखि फागुन ११ गतेसम्म गरिएको तालाब्दी खुलाउने सन्दर्भमा गरिएको सहमतिको उल्लंघन भएको भन्दै विद्यार्थीहरू ले अनसन गरेका हुन् । क्याम्पस प्रशासनले पूर्वसहमति उल्लंघन गरेकोमा गम्भीर आपत्ति तथा कडा विरोध जनाउँदै विद्यार्थीहरूले हिजो एक प्रेस विज्ञप्ति जारी गरी रिले अनसन सुरु गरेका थिए । सो क्रम आज पनि जारी रहेको हो । विद्यार्थीहरूले आफ्नो मागको सम्बोधन नहुँदासम्म अनसन जारी रहने प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरूले एक स्वरमा भने, ‘भोलि शनिबार विदाको दिनमा पनि अनसन जारी रहनेछ ।’
लमजुङ क्याम्पसमा जेनजी आन्दोलनका बेला सबै प्रकारका विद्यार्थी संघसंगठन खारेज गरिएको घोषणा गरिएको हुँदा यतिबेला उक्त क्याम्पसमा कुनै पनि राजनीतिक दलको भातृ संघसंगठन कार्यरत छैनन् ।
लमजुङ क्याम्पसको चौथो सत्रान्त्रका विद्यार्थीहरूले विभिन्न प्रशासनिक कमजोरीका कारण परीक्षा दिन सक्ने अवस्था नरहेको भन्दै गरेको तालाबन्दी फागुन ११ गते मौखिक एवम् लिखित सम्झौता गरी खोल्ने निर्णय भएको थियो । तर त्यो सहमतिको उल्लंघन भएको सो संकायका विद्यार्थी प्रतिनिधि अवसर अधिकारीले बताउनु भयो । उहाँका अनुसार त्यस समयमा सम्बन्धित माथिल्लो निकायबाट समेत ग्रिन सिग्नल आएको भनेर विभिन्न संकाय, स्वतन्त्र विद्यार्थी यूनियनका काबा सभापति आशीष पौडेल, क्याम्पस प्रमुख डा. रामकुमार श्रेष्ठ एवम् म सहितका विद्यार्थी प्रतिनिधि महेश बुढा, अदिति ज्ञवाली आदि बिच सम्झौता भएको थियो तर त्यो सहमति ऐले उल्लंघन भएको छ ।
सो संकायको पूर्व प्रकाशित परीक्षा तालिका अनुसार फागुन २६ गतेबाट हुने परीक्षामा विद्यार्थीहरू सहभागी हुने र फागुन ९ गतेदेखि फागुन १७ गतेसम्मको तालिकालाई पूर्व प्रकाशित तालिकाको परीक्षा समाप्त भएपछि निरन्तरता हुने गरी पहल गर्ने सहमति भएको थियो अर्का विद्यार्थी प्रतिनिधि अदिती ज्ञवालीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो सबै परिस्थितिका बाबजुद क्याम्पस प्रमुख डा. श्रेष्ठ तथा क्याम्पस प्रशासनले आफ्नो मौखिक र लिखित सम्झौतालाई लत्याउदै चौथो सत्रान्त्रको नियमित परीक्षा सक्नु अगावै पाँचौं सत्रान्त्रको भर्नाको सूचना सार्वजनिक गर्दै विद्यार्थीहरूसँग परीक्षाको वातावरण बनेको र बाँकी विषयको परीक्षा तालिका सार्वजनिक गर्न समन्वय गर्ने भन्दै यसअघि गरिएको सम्झौताबाट आफैपछि हटेको देखिएको छ, जो सैह्य छैन ।’
ज्ञवालीका अनुसार विद्यार्थीहरूले पटक पटक चासो राख्दा पनि क्याम्पस प्रमुख श्रेष्ठले आफ्नै हस्ताक्षरको समेत अवमूल्यन गरी जिम्मेवारीबाट पछि हट्न खोज्नुभएको देख्दा हामी अचम्मित छौं, आश्चर्यचकित भइ अनसन गर्न बाध्य भएका हौं ।
‘क्याम्पस प्रशासन आफैले गरेको सम्झौता विपरीत गई आफूले निर्वाह गर्नुपर्ने विद्यार्थीहरूको जिम्मेवारी, जवाफदेहिता र अभिभावकत्वबाट पछाडि हटेको देखिन्छ ।’ अर्का विद्यार्थी प्रतिनिधि प्रतिक खतिवडा बताउनु हुन्छ । उहाँका अनुसार प्रशासनकै लापरबाहीका कारण समयमा विद्यार्थीहरूको पाठ्यक्रम पनि नसक्ने र त्यसपछि विद्यार्थीहरूसँगको सम्झौतालाई पनि नजरअन्दाज गर्ने कुन हदसम्मको गैरजिम्मेवारीपन हो भन्ने क्याम्पस प्रशासनले आफै मनन गर्न जरूरी छ ।
विभिन्न प्रशासनिक कमजोरीको भार विद्यार्थीहरूले बोक्नु पर्ने र विद्यार्थीहरूले जायज समस्या उठान गर्दा पनि विद्यार्थीहरूले दादागिरी देखाएको, अराजक भएको भन्ने दुस्प्रचार प्रति समेत हामी सम्पूर्ण विद्यार्थीहरूको ध्यानाकर्षण भएको छ । अतः विद्यार्थीहरूसँग भएको सम्झौताको भाव र मर्म अनुसार नै तत्काल बाँकी परीक्षा तालिका सार्वजनिक हुने गरी ठोस समन्वयकारी भूमिका निर्वाह गर्न क्याम्पस प्रशासन र क्याम्पस प्रमुख समक्ष जोडदार माग गर्दछौं विद्यार्थीहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ ।
यसैगरी विभिन्न परिस्थितिका कारण आईपरेको जटिल परिस्थितिको निकास दिने र विद्यार्थीहरूको जायज मागलाई वेवास्ता गर्ने, जिम्मेवारीबाट पछि हट्ने र विद्यार्थीहरूको भविष्य अन्योलमा पार्नेतर्फ अगाडि बढ्ने दुस्साहस गरेमा त्यसपछि आइपर्ने जस्तोसुकै परिस्थितिको जिम्मेवार स्वयम् क्याम्पस प्रशासन र डीन कार्यालयले लिनुपर्ने भन्दै अनसनरत विद्यार्थीले चेतावनी दिएका छन् ।
विद्यार्थीले जारी गरेको प्रेस विज्ञप्तिको लमजुङ क्याम्पस प्रशासन, डीन कार्यलयका प्रमुख, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान कर्तिपुर, काठमाडौं र स्वतन्त्र विद्यार्थी यूनियन, लमजुङ कृषि क्याम्पसलाई दिइएको बताएका छन् ।
सो संकायमा १०५ जना विद्यार्थीहरु रहेका छन् । परीक्षा अनिश्चित हुँदा उनीहरूको भविष्यमा समेत प्रश्न उठ्न थालेको छ ।
यसबारेमा क्याम्पस प्रशासनसँग सम्पर्क राख्दा फोन उठेन ।

प्रकाशित मिति २०८२ चैत्र ६, शुक्रबार २०:४१ गते
हजुरको प्रतिक्रिया