लमजुङ क्याम्पसका विद्यार्थीहरूको रिले अनसन विदाको दिन र रातमा पनि जारी

लमजुङ क्याम्पसका विद्यार्थीहरूको रिले अनसन विदाको दिन र रातमा पनि जारी

निश्चल रेग्मी

@antaranganews

२०८२ चैत ६ गते शनिवार ०५:५१

उक्त संकायमा कुल १०५ जना विद्यार्थी रहेका जानकारी दिदै आफूहरूले प्रति चरणमा १२ जनाका दरले अनसन बस्ने गरेको विद्यार्थी प्रतिनिधि अवसर अधिकारीले जानकारी दिनु भयो । उहाँका अनुसार आज क्याम्पसका लेखा अधिकृत रामजी खड्काको असामयिक निधन भयो । सो कारण दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न धेरै साथीहरू मलामी भएर त्यता गएको हुँदा पनि अनसनमा कम साथी देखिएका हुन् । उहाँले भन्नुभयो, ‘रातको समयमा भने छात्राहरू बसेका छैनन् ।’

यतिबेला भने डिन कार्यालयबाट अनसनरत विद्यार्थीका मागबारेमा आलटाल गर्ने काम भएको बताइएको छ ।

सुन्दरबजार(लमजुङ)– लमजुङको सुन्दरबजार स्थित लमजुङ कृषि क्याम्पसमा चौथो सत्रान्त्रका सम्पूर्ण विद्यार्थीहरू सुरु गरेको रिले अनसन शनिबार विदा र रातका समयमा पनि जारी रहेको छ । अनसनको आज शनिबार तेस्रो दिन हो । डिन कार्यालयले आफ्ना मागको वेवास्ता गरेकोले अनसनलाई निरन्तरता दिन बाध्य हुनु परेको अनसनरत विद्यार्थीहरूले चैत ७ गते साँझ ५ः३० बजे बताएका छन् ।
लमजुङ क्याम्पसमा जेनजी आन्दोलनका बेला सबै प्रकारका विद्यार्थी संघ संगठन खारेज गरिएको घोषणा गरिएको हुँदा यतिबेला उक्त क्याम्पसमा कुनै पनि राजनीतिक दलको भातृ संघसंगठन कार्यरत छैनन् ।
उनीहरू चैत ५ गते विहान १० बजेदेखि अनसनमा उत्रिएका हुन् । परीक्षा तालिका सहमति बेगर तलमाथि गरिएको सम्बन्धमा माघ २६ गतेदेखि फागुन ११ गतेसम्म गरिएको तालाब्दी खुलाउने सन्दर्भमा भएको सहमतिको उल्लंघन भएको भन्दै विद्यार्थीहरूले अनसन गरेका हुन् । क्याम्पस प्रशासनले पूर्वसहमति उल्लंघन गरेकोमा गम्भीर आपत्ति तथा कडा विरोध जनाउँदै विद्यार्थीहरूले सो दिन एक प्रेस विज्ञप्ति जारी गरी रिले अनसन सुरु गर्नु परेको बताएका थिए । सोही अनसनको क्रम आज तेस्रो दिन पनि जारी रहेको हो । विद्यार्थीहरूले आफ्नो मागको सम्बोधन नहुँदासम्म अनसन जारी राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरूले एक स्वरमा भने, ‘हामी विदाको दिनमा मात्र हैन रातको समयमा पनि अनसन मै छौं ।’
लेखा अधिकृत रामजी खड्काको असामयिक निधन :
उक्त संकायमा कुल १०५ जना विद्यार्थी रहेका जानकारी दिदै आफूहरूले प्रति चरणमा १२ जनाका दरले अनसन बस्ने गरेको विद्यार्थी प्रतिनिधि अवसर अधिकारीले जानकारी दिनु भयो ।उहाँका अनुसार आज क्याम्पसका लेखा अधिकृत रामजी खड्काको असामयिक निधन भयो । सो कारण दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न धेरै साथीहरू मलामी भएर त्यता गएको हुँदा पनि अनसनमा कम साथी देखिएका हुन् । उहाँले भन्नुभयो, ‘रातको समयमा भने छात्राहरू बसेका छैनन् ।’

लमजुङ क्याम्पसको चौथो सत्रान्त्रका विद्यार्थीहरूले विभिन्न प्रशासनिक कमजोरीका कारण परीक्षा दिन सक्ने अवस्था नरहेको भन्दै गरेको तालाबन्दी फागुन ११ गते मौखिक एवम् लिखित सम्झौता गरी खोल्ने निर्णय भएको थियो । तर त्यो सहमतिको उल्लंघन भएको सो संकायका विद्यार्थी प्रतिनिधि अवसर अधिकारीको भनाइ छ । उहाँका अनुसार त्यस समयमा सम्बन्धित माथिल्लो निकायबाट समेत ग्रिन सिग्नल आएको भनेर विभिन्न संकाय, स्वतन्त्र विद्यार्थी यूनियनका काबा सभापति आशीष पौडेल, क्याम्पस प्रमुख डा. रामकुमार श्रेष्ठ एवम् म सहितका विद्यार्थी प्रतिनिधि महेश बुढा, अदिति ज्ञवाली आदि बिच सम्झौता भएको थियो तर त्यो सहमति ऐले उल्लंघन भएको अनसनरत विद्यार्थीहरूको दावी छ ।
विद्यार्थीहरूले पटक पटक चासो राख्दा पनि क्याम्पस प्रमुख श्रेष्ठले आफ्नै हस्ताक्षरको समेत अवमूल्यन गरी जिम्मेवारीबाट पछि हट्न खोज्नुभएको देख्दा हामी अचम्मित छौं, आश्चर्यचकित भइ अनसन गर्न बाध्य भएका हांै अधिकारीको भनाइ छ ।
यसबारेमा क्याम्पस प्रशासनमा सम्पर्कको प्रयास गर्दा आज बिदाको दिनमा जिम्मेवार सरहरू कोही नभएको जानकारी दिइएको छ ।
यसअघि एक विज्ञप्ति जारी गरी आफूहरू माग पुरा नहुँदासम्म रिले अनसन बस्ने उनीहरूले क्याम्पस प्रशासन, डिनको कार्यालय, विद्यार्थी युनियन आदिलाई बोधार्थ समेत दिएका थिए । यतिबेला भने डिन कार्यालयबाट विद्यार्थीका मागबारेमा आलटाल गर्ने काम भएको बताइएको छ ।

प्रकाशित मिति २०८२ चैत्र ७, शनिबार १७:५१ गते
हजुरको प्रतिक्रिया