लमजुङ– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लमजुङको बेसीशहर नगरपालिका– ८ को वडासमितिले समवेदना व्यक्त गरेको छ । सोही वडाको सेरा निवासी हर्खमान श्रेष्ठको नवौं पुण्य तिथिका दिन उहाँको निवासमा पुगेर रास्वपाको एक टोलीले स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा चैत ८ गते हार्दिक समवेदना व्यक्त गरेको हो ।
सोही वडाका वडा उपसभापति विष्णु सुयलको नेतृत्वमा गएको टोलीले सो कार्य गरेको हो । टोलीले स्वर्गीय हर्खमानका सुत्रुत्र त्रय हरिकुमार श्रेष्ठ, राजकुमार श्रेष्ठ र कृष्णकुमार श्रेष्ठका साथै छोरी इन्दिरा श्रेष्ठ र उहाँहरूका परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । स्वर्गीय हर्खमान श्रेष्ठ ८५ वर्षका हुनुहुन्थ्यो ।
कार्यक्रमको सञ्चालन गर्दै रास्वपाका जिल्ला सदस्य मीना खड्काले स्वर्गीय आत्माको चिरशान्तिका लागि एक मिनेट मौन धारणको कार्य गराउनु भएको थियो । वडा समितिकातर्फबाट तयार गरी हरिकुमार श्रेष्ठका भाइ, बहिनी तथा शोकाकुल परिवारजनप्रति समर्पण गरिएको समवेदना पत्र रास्वपाका जिल्ला सहल्लाहकार परिषदका संयोजक नवराज पहाडीले पढेर सुनाउँदै स्व. हर्खमानकी सुपुत्री इन्दिरालाई हस्तान्तरण गर्नु भएको थियो ।
उक्त समवेदना पत्र हस्तान्तरण कार्यमा सहभागी हुनुहुने तथा समवेदना व्यक्त गर्न जानु हुने टोलीमा रास्वापका प्रदेश सदस्य तैमाया गुरुङ, जिल्ला सदस्यद्वय मीना खड्का र सविता बराल, बेसीशहर नगर समितिका सचिव विष्णु घिमिरे, वडानं– ८ का वडा उपसभापति विष्णु सुयल, सोही वडाका सचिव रामहरी श्रेष्ठ तथा वडा सदस्य अमृत रावललगायत हुनुहुन्थ्यो ।
विसं १९९८ को बैशाख १८ गते जन्मिनु भएका हर्खमान श्रेष्ठको गत फागुन ३० गते निधन भएको थियो । स्व. श्रेष्ठका तीन छोरा एक छोरी तथा सात जना नाति र चार जना नातिनीहरू हुनुहुन्छ ।
प्रकाशित मिति २०८२ चैत्र ९, सोमबार ०५:१८ गते