बालगृहमा सामूहिक व्रतबन्ध

बालगृहमा सामूहिक व्रतबन्ध

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ चैत ८ गते सोमबार ०८:३६

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका रहेको बालगृह अमोरसेवा नेपालमा सामूहिक ब्रतवन्ध सम्पन्न भएको छ । बालगृहमा आश्रितमध्ये २१ जना बालकहरूको एकै पटक ब्रतबन्ध गरिएको हो । हिन्दु धर्मसंस्कारमा छोराहरूको ब्रतबन्ध गर्ने संस्कार...

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका रहेको बालगृह अमोरसेवा नेपालमा सामूहिक ब्रतवन्ध सम्पन्न भएको छ ।

बालगृहमा आश्रितमध्ये २१ जना बालकहरूको एकै पटक ब्रतबन्ध गरिएको हो । हिन्दु धर्मसंस्कारमा छोराहरूको ब्रतबन्ध गर्ने संस्कार रहिआएको छ । सामाजिक अभियन्ता कमला पराजुलीको नेतृत्वमा २०६८ सालदेखि सञ्चालित बालगृहमा हाल ४६ जना बालबालिका आश्रित  छन् । अविवाहित पराजुलीले बालबालिकाकै हेरचाह र भरणपोषणमै जीवन समर्पित गरेकी छन् ।

स्याङ्जाको ग्रामीण क्षेत्रमा  रहेको बालगृह परोपकारी मन भएकाहरूको लागि धार्मिक तीर्थस्थल नै बनेको छ । हालसम्म बालगृह सञ्चालनका लागि कुनै पनि विदेशी सहयोग नलिइएको बालगृहकी संस्थापक पराजुलीले जानकारी दिइन् ।

प्रकाशित मिति २०८२ चैत्र ९, सोमबार २०:३६ गते
हजुरको प्रतिक्रिया