लमजुङ क्याम्पसका विद्यार्थीको आन्दोलन : प्रमुख बिहीन कक्षमा धर्ना जारी, केही विद्यार्थी डिन कार्यालयमा

लमजुङ क्याम्पसका विद्यार्थीको आन्दोलन : प्रमुख बिहीन कक्षमा धर्ना जारी, केही विद्यार्थी डिन कार्यालयमा

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ चैत १० गते बुधबार ०९:२२

सुन्दरबजार(लमजुङ)– लमजुङको सुन्दरबजार स्थित लमजुङ कृषि क्याम्पसमा चौथो सत्रान्त्रका सम्पूर्ण विद्यार्थीहरू सुरु गरेको आन्दोलन आज नयाँ चरणमा प्रवेश गरेको छ । विद्यार्थीको आन्दोलन चैत ५ गतेबाट सुरु भएको भएता पनि हिजोदेखि स्वरुप...

सुन्दरबजार(लमजुङ)– लमजुङको सुन्दरबजार स्थित लमजुङ कृषि क्याम्पसमा चौथो सत्रान्त्रका सम्पूर्ण विद्यार्थीहरू सुरु गरेको आन्दोलन आज नयाँ चरणमा प्रवेश गरेको छ । विद्यार्थीको आन्दोलन चैत ५ गतेबाट सुरु भएको भएता पनि हिजोदेखि स्वरुप बदलेर धर्ना सुरु भएको छ भने त्यसमा छैटौं सेमिष्टरका विद्यार्थी पनि सहभागी भएका छन् । रिले अनसनको छैटौं दिन चैत १० गते विद्यार्थीहरूले आन्दोलनको स्वरुप परिवर्तन गरी धर्नामा परिणत गरेका थिए । आज सातौं दिनमा भने केही विद्यार्थी मागको सम्बोधनका लागि डिनको कार्यालय काठमाडौंमा गएका छन् भने बाँकी विद्यार्थीले क्याम्पस प्रमुख बिनाको उहाँको कार्यकक्षमा धर्ना चैत १० गते पनि जारी राखेका छन् ।
आन्दोलनको दिन लम्बिदै जाँदा क्याम्पस भित्रका कम्जोरी पक्ष पनि एक पछि अर्को उजागर हुँदैछन् । हिजो कोर्ष नसकिएको कारणले गर्दा समयमा परीक्षा हुन नसकेको भनिएको थियो । आज कोर्ष नसकिनुमा सो क्याम्पसका शिक्षकले पाउने पारिश्रमिक पुरा नपाएको कारणले कोर्ष सक्न बाधा परेको खुलेको छ । दैनिक दुई कक्षा पढाउने शिक्षकले पुरा पैसा नपाएको भन्दै एउटा कक्षा र एक सेक्सनलाई मात्र पढाउने गरेको हुँदा पनि समस्या बल्झिएको हो आन्दोलनरत विद्यार्थी प्रतिनिधि एवम् स्ववियु सदस्य प्रकृति पाण्डेले बताउनु भयो । उहाँका अनुसार केही साथीहरू डिन कार्यालयमा समस्या समाधानका लागि गएका छन् । उनीहरूलाई हामी सबैले २÷२ सय रुपैयाँ उठाएर गाडी रिजर्भ गराई पठाएको हौं ।
त्यो बीचमा क्याम्पस प्रमुख डा. रामकुमार श्रेष्ठसहितका केही शिक्षकहरू पनि काठमाडौं गएको जानकारीमा आयो । उहाँहरू पनि विद्यार्थीका मागप्रति संवेदनशील भएर जानु भएको हो कि ? भनेको त उक्त क्याम्पसले हालै प्राप्त गरेको सफलता त्तब्ब् को प्रमाणपत्र लिन पो जानु भएको भन्ने खुल्यो ।
चौथो सत्रकै अर्का विद्यार्थी प्रतिनिधि पुजन रेग्मीले हाम्रो प्रतिनिधिलाई तपाईले भनेको जस्तो हाम्रो मागको सम्बोधन गराउन क्याम्पस प्रमुख जानु भएको हैन, उहाँहरू आजका दिनसम्म हामीलाई तलै पार्ने खेलमा हुनुहुन्छ भन्ने सुन्नमा आएको छ भन्नुभयो । उहाँका अनुसार ९० दिन पुरा पढाई हुनुपर्नेमा ८० दिन पनि पढाई भएको छैन, अनि कोर्ष सकिने प्रश्नै भएन, नपढेको कोर्षको हामीले जाँच कसरी दिने ? उहाँले प्रतिप्रश्न गर्नु भयो ।
उहाँले भन्नुभयो, ‘जुन बेलामा परीक्षाको तालिका निस्क्यो त्यो बेलामा हाम्रो आन्तरिक परीक्षा नै सकिएको थिएन । आन्तरिक परीक्षा नसकी एड्मिसन कार्ड नै आउन्न, त्यो बिना हामी कसरी परीक्षा हलमा बस्ने ?’ पढाई समयमा नहुनु शिक्षकको अभाव हो, भएका शिक्षकले पनि समयमा तलब नपाएको भन्दै दिनमा दुई वटा कक्षा लिनु पर्नेमा एउटामात्र कक्षा लिनु भयो, यो समस्या हाम्रो कारणले सिर्जिएको त होइन नि ? धर्नामा बसेका विद्यार्थीहरूले एक स्वरमा यो प्रतिनिधिलाई जानकारी दिए ।
हामीले यसअघि क्याम्पसमा लगाएको ताला खोल्ने समयमा हामीलाई क्याम्सि प्रमुख सहितले रेगुलर परीक्षामा सहभागी गराउने भन्ने सहमति थियो, त्यो लागू नहुँदासम्म हामी यसरी नै बसिरहन्छौं उनीहरूले जोडदार रुपमा भने । ‘हामी रेगुलर परीक्षामा भाग लिन पाउनु पर्छ अरु थाहा छैन ।’ अर्का विद्यार्थी प्रतिनिधि भूमिकाले उल्लेख गर्नु भयो ।
चौथो सेमिष्टरकै जस्तो समस्या आफूहरूको पनि भएको हुँद ऐक्यवद्धता जनाउँदै हामी पनि धर्नामा बसेका हौं, छैटौं सत्रान्त्रका विद्यार्थीहरूले बताएका छन् ।
यस सम्बन्धमा पछिल्लो प्रगति बारेमा बुझ्नका लागि क्याम्पस प्रमुख डा. रामकुमार श्रेष्ठसँग सम्पर्क गर्दा उहाँले म काठमाडौं आएको छु, भोलि एक कार्यक्रमका बीचमा क्याम्पसले गरेको एक उपलब्धि पुरस्कार जस्तै त्तब्ब् को प्रमाणपत्र लिन बोलाइएकोले आएको हुँ, यो लमजुङबासीकै गौरवको विषय पनि हो भन्नुभयो । विद्यार्थीका समस्याका बारेमा पनि डिनसाहेवसँग कुरा भयो होला नि ? भन्ने जिज्ञासामा उहाँ भारत भ्रमणमा हुनुहुन्छ । १२ गते साँझमात्र फर्कनु हुन्छ, १३ र १४ गते विदा छ, त्यसैले विद्यार्थीहरूलाई हतार नगर उहाँ फर्कनु भएपछि म समय मिलाउला अनि कुराकानी गरौंला भनेको थिएँ । उनीहरूले मेरो कुरा सुनेनन्, आफ््नै ढंगले आएको थाहा पाएँ, म मेरै सुरले आएको हो क्याम्पस प्रमुख डा. श्रेष्ठले बताउनु भयो ।

प्रकाशित मिति २०८२ चैत्र ११, बुधबार ०९:२२ गते
हजुरको प्रतिक्रिया