बेसीशहर– लमजुङमा भएको बञ्चरो प्रहार सम्बन्धी घट्नामा घइते भएका तीन जना मध्ये एक बृद्धको चैत १३ गते निधन भएको छ । एक ४९ बर्षीय बगन गुरूङले बञ्चरो प्रहार गर्दा उनका ७१ बर्षीय काका गर्वलालको चैत १३ गते निधन भएको प्रहरीले जनकारी दिएको हो । सो घट्ना दोर्दी गाउँपालिका– ४ को साधिखोला गाँउमा भएको प्रवक्ता एवम् प्रहरी निरिक्षक अभिषेक पाण्डेले बताउनु भयो । उनका अनुसार घरायसी झगडामा बञ्चरो प्रहार गर्दा काका गर्वलाल, श्रीमती २५ बर्षीया चिजामाया गुरूङ र १० बर्षीय अमन गुरूङ घाइते भएका थिए । बञ्चरो प्रहारले टाउकोमा गहिरो चोट लागेका ७१ बर्षीय बृद्ध गर्वलाल गुरूङको शुक्रबार निधन भएको प्रहरीले पुष्टि गरेको छ ।
ती बृद्धको घट्नाको तेस्रो दिन प्रदेश अस्पतालमा उपचारको क्रममा आज निधन भएको प्रवक्ता एवम् प्रहरी निरिक्षक अभिषेक पाण्डेले बताउनुभयो । उहाँका अनुसार मृतकको पोष्टमार्टम गरी उनका परिवारजनलाई शव बुझाइएको छ । उनले भने,‘उक्त घट्ना घटाउने व्यक्ति मृतक गर्वलालका भतिजा ४९ बर्षीय बगन गुरूङ हुन ।’
उनले प्रहार गरेको बञ्चरो प्रहारले सक्थ घाइते गर्वलाल गुरूङको थप उपचारका लागि सि.एम.सि अस्पताल चितवन रिफर गरिएको थियो तर सो अस्पतालले उपचार हुन नसक्ने भनि तत्कालै फिर्ता पठाएको थियो । त्यसपछि प्रदेश अस्पताल लमजुङको आइ.सि.यु कक्षामा उपचार चलिरहेको बेलामा उपचारकै क्रममा घट्नाको तेस्रो दिन निधन भएको हो । उनै बगनले प्रहार गरेको बञ्चरोबाट उसको श्रीमती सहित १० बर्षीय बालक समेत घाइते भएका छन् । साधिखोला बस्ने ४९ वर्षीय पुरुष बगन गुरुङले ४५ वर्षीया चिजा माथि बञ्चरो प्रहार गरेका हुन् ।
बगनको घरमा सधैं जस्तो झगडा हुने गरेको चिजाकी नन्द मुपु गुरुङले बताउनु भयो । उहाँका अनुसार बगन गुरुङले प्रहार गरेको बञ्चरोको चोटले चिजामायाको देब्रे हात नाडीमा छिनालिएको छ । उहाँले भन्नुभयो, ‘बञ्चरोको चोटले दायाँ हातको हत्केलामा चिरिएको छ, बुढी औंला काटिएको छ, चिजाको पेटमा प्रहार गरेको बञ्चरोको चोटले आन्द्रा भुडी समेत बाहिर निस्केको थियो ।’ चिजाको प्रदेश अस्पताल बेसीशहरमा आइ.सि.यु कक्षमा उपचार भइरहेको र पहिलो र दोस्रो दिनको तुलनामा केही सुधार भएको अस्पतालले जनाएको प्रहरी भनाइ छ ।
यसैगरी, सोही क्रममा घाईते बालक १० वर्षीय अमन गुरुङ ठूली आमाको घरमा गएका रहेछन् । मर्स्याङदी गाउँपालिका– ८ को बडागाउँमा घर भएका अमन गुरुङको चिजा ठूली आमा भएको मपु गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार अमनको सिएमसी अस्पताल चितवनमा आइसियुमा उपचार भइरहेको छ । उनको घित्रोमा बञ्चरो प्रहार गरिएको रहेछ, यसको अवस्था पनि चिन्ताजनक छ भन्ने खबर आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक अभिशेक पाण्डेले बताउनु भयो । उहाँले भन्नुभयो, ‘अमनको स्वास्थ्यमा पनि थोरै सुधार भएको खबर आएको छ ।’
दोर्दी गाउँपालिका– ५ को छैलुङ गाउँमा स्थायी बसोबास रहेका गुरुङ दम्पतीको परिवार १६ वर्ष अघि साधिखोलामा घर बनाई बसाई सरेर बसोबास गर्दै आएका हुन् । चिजामायाको माइती दोर्दी गाउँपालिका– ५ को वाक्सर गाउँ रहेको सो गाउँपालिकाका – ५ की सामाजिक कार्यकर्ता तैमाया गुरुङले बताउनु भयो । उहाँका अनुसार चिजामाया मेरो साथी हुन् ।
सो घट्ना भएको जानकारीमा आए लगत्तै अस्ति देखि आज सम्म अस्पतालमा तिनै विरामीको रेखदेख गर्ने, उनीहरूको आफन्तसँग सम्पर्क गर्ने गर्दैमा दिन बित्यो तैमाया गुरुङले बताउनुभयो । बगनले करिब १५ वर्ष अघि पनि श्रीमतीलाई ह्याम्बरले कुट्दा १०– १२ वटा टाँका लगाउनु पर्ने स्थिति बनेको र अहिलेकै प्रदेश अस्वताल तत्कालीन जिल्ला अस्पतालमा उपचार गरिएको समेत खुल्न आएको छ । प्रहरीले फोटो खिच्न नदिएको सञ्चारकर्मीहरूले बताएका छन् ।
प्रकाशित मिति २०८२ चैत्र १३, शुक्रबार २१:०९ गते