बडागाँउ(लमजुङ)– ‘कला, साहित्य, संस्कृतिले म भित्रकाे मलाई आनन्दित गर्छ र खुशी दिन्छ, त्यसैले समाजमा यसको महत्व छ, विकास भनेको यिनको संरक्षण र प्रवर्द्धन पनि हाे तर यसतर्फ खासगरी स्थानीय सरकारकाे ध्यान जान सकेको छैन, म ध्यानाकर्षण गर्दछु ।’ प्रस्तुत भनाइ भूमि समस्या समाधान आयोग, लमजुङका जिल्ला अध्यक्ष दामोदर अधिकारीका हुन् । उहाँले ठाडोभाका लाेककला प्रतिष्ठान नेपालको १० अाैं स्थापना दिवसका अवसरमा आयोजित तीन दिवसीय ठाडोभाका मेलाको उद्घाटन गर्दै चैत २० गते त्यस्तो बताउनु भएको हाे ।
उहाँले विकासकाे सुन्दर पाटाे शरीरका लागि भाैतिक निर्माण, बाटाे, परिवेश भन्दा पनि कलाकाे आवाज अन्तरयात्रा, जुन म भित्रको मले सुन्छ- काे विकास जरुरी छ भन्नुभयो । उहाँले विकासकाे बलियो पाटाे अन्तरमनलाई सन्तुष्टि दिनु हाे । त्यस्तो कलाकाे पाटाेकाे विकासमा लाग्नु हामी सबैको कर्तव्य हाे, जुन काम आयोजकबाट हुदै आएको छ भन्नु भयो ।
आफ्नो अत्यन्तै शालिन मन्तव्यका क्रममा उहाँले वडागाउँकाे विकासमा याेगदान गर्नुहुने पूर्वमाननीय पूर्णबहादुर गुरुङ, शिक्षाका क्षेत्रमा याेगदान गर्नु हुने सुवे ईन्द्रबहादुर गुरुङकाे याेगदानकाे स्मरण गर्नु भयो ।
आयोजक प्रतिष्ठानका सल्लाहकार समेत रहनु भएका अधिकारीले प्रतिष्ठानले ठाडोभाका, बाघचाल र पात बजाउने कलाकाे मात्र नभई लमजुङमा रहेका र लाेपुन्मुख अवस्थामा पुगेका १२ महिनामा गाईने १२ थरी गीतको पनि खाेज र संरक्षणमा लागाेस् भन्ने सुझाव दिनुभयो ।
उहाँले जसले यस्ता काम गरेको छ, गर्न सक्छ भन्ने विश्वास छ उसैलाई भन्ने हाे, आयाेजकसंग मैले त्यो अपेक्षा गरे उहाँले भन्नुभयाे ।
उहाँले साे अवस्थामा विभिन्न व्यक्तित्वलाई सम्मान गर्नुकाे साथै प्रतिष्ठानद्वारा प्रकाशित स्मारिकाकाे चाैथाे अंक, प्रतिष्ठानकाे लाेगाे र प्रतिष्ठानकाे नाम अंकित डटपेनकाे समेत लाेकार्पण गर्नु भएको थियो ।
साे अवसरमा लाेकसाहित्यकर्मी एवं उपप्राध्यापक दिव्यश्वरी जाेशीलाई ठाडोभाका-टीकाकुमारी स्मृति राष्ट्रिय सम्मान २०८२, प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा धम्पुलाई ठाडोभाका- देउबहादुर दुरा स्मृति राष्ट्रिय सम्मान २०८२, ठाडोभाका गायिका एवम् प्रतिष्ठानका उपाध्यक्ष सीतादेवी दुरालाई ठाडाेभाका महातारा उपाधिद्वारा सम्मान गरिएकाे थियोे ।
प्रतिष्ठानकाे स्थापनाकालदेखि सल्लाहकारकाे भूमिकामा रहनुभई प्रतिष्ठानकाे संस्थागत विकासमा विशेष याेगदान गर्नु हुने पूर्व प्रशासक(प्रजिअ)समेत रहनु भएका रमेशचन्द्र अधिकारीलाई ठाडोभाका राष्ट्रिय सम्मानबाट सम्मान गरिएको थियोे ।
यसैगरी उक्त अवसरमा ठाडोभाका- ह.ने. सुवे. सन्तबहादुर गुरुङ स्मृति राष्ट्रिय सम्मानबाट ठाडोभाकाका उदीयमान गायिका सावित्री शाहीलाई प्रदान गरिएको थियोे ।
त्यस्तै उक्त अवसरमा प्रतिष्ठानकाे स्थापनाकालदेखि हालसम्म सल्लाहकार तथा कार्य समितिमा रहेर अविछिन्न काम गर्नु हुने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । उहाँहरुमा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष युवराज घिमिरे, कार्यकारी सदस्यद्वय सीमादेवी ढकाल ‘सुधा’, । सञ्जाेग लामिछाने हुनुहुन्छ ।
कार्यक्रममा विमाेचित स्मारिकाकाे साहित्यकार एवम् पत्रकार वासुदेव थापाले स्मारिकामा समेटिएका विविध पक्षमा प्रकाश पार्दै समिक्षात्मक टिप्पणी गर्नु भएको थियोे ।
त्यस्तै रास्वपाका मर्स्याङ्दी गाउँपालिका समितिका सभापति भद्रमाेहन थापा, नेपाली काँग्रेस गाउँपालिकाका सभापति एवम् बुद्धिजीवी कृष्ण गुरुङले बडागाउँकाे महत्त्वमा प्रकाश पार्नु भएको थियोे ।
प्रतिष्ठानका सल्लाहकार रमेशचन्द्र अधिकारीले स्वागत गर्नु भएको कार्यक्रम प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीकाे अध्यक्षतामा भएको थियोे भने सञ्चालन महासचिव देवराज गुरुङले गर्नु भएको थियोे ।
ठाडोभाका मेलाको अवसरमा गरिने ठाडोभाकाकाे साताै, बाघचालकाे छैटौं र पात वजाउने कलाकाे तेस्राे प्रतियाेगिता आज बिहान ११ वजेदेखि हुने आयोजककाे भनाइ छ ।
प्रकाशित मिति २०८२ चैत्र २१, शनिबार ०७:५० गते