ठाडोभाका लाेककला प्रतिष्ठानकाे चाैथाे अधिवेशन सम्पन्न, अध्यक्षमा पुन: पहाडी

ठाडोभाका लाेककला प्रतिष्ठानकाे चाैथाे अधिवेशन सम्पन्न, अध्यक्षमा पुन: पहाडी

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ चैत २१ गते आईतबार ०६:५८

अध्यक्षमा पडाडी पुन: निर्विरोध चयन २१ सदस्यीय नयाँ कार्य समिति घाेषणा, प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायकद्वारा शपथ खुवाउने कार्य सम्पन्न । प्रतिष्ठानकाे विधान अनुसार कार्य समितिकाे कार्यकाल ३ वर्ष हुने व्यवस्था छ ।

प्रतिष्ठानको संस्थापक अध्यक्ष रहनु भएका पहाडी चौथो कार्यकालका लागि पनि निर्विरोध चयन हुनु भएको हो ।

बडागाउँ(लमजुङ)- ठाडोभाका लाेककला प्रतिष्ठान नेपालकाे चाैथाे अधिवेशनले अध्यक्षमा पुन: नवराज पहाडीलाई चयन गरेकाेछ । प्रतिष्ठानकाे नव निर्वाचित समितिलाई प्रतिष्ठानका संरक्षक बुद्धिमान दुरा धम्पुले चैत २१ गते शपथ खुवाउनु भएको थियोे ।
त्यसअघि निर्वाचन समितिका संयाेजक रमाराज खनियाले नवगठित समिति निर्विरोध चयन भएकाे घाेषणा गर्नु भएको थियोे । उहाँका अनुसार समितिकाे अध्यक्षमा नवराज पहाडी, वरिष्ठ उपाध्यक्षमा युवराज घिमिरे, उपाध्यक्ष सीतादेवी दुरा, महिला उपाध्यक्षमा भुन्टीमाया तामाङ चयन हुनु भएको छ । महासचिवमा देवराज गुरुङ, काेषाध्यक्षमा सीता गुरुङ, उपमहासचिवमा आशबहादुर बिक तथा सहकाेषाध्यक्षमा तैमाया गुरुङ चयन हुनु भएको छ ।
नवघाेषित २१ सदस्यीय कार्य समितिकाे सदस्यमा सुधा ढकाल, मीना गुरुङ, सावित्री शाही, राधा भण्डारी, देउकुमारी गुरुङ, अनिता गुरुङ, सञ्जाेग लामिछाने, कृष्णमान श्रेष्ठ, हिर रानाभाट, नवराज बराल, बुद्धिबहादुर खड्का, रमाना भण्डारी र पानमाया गुरुङ रहनु भएको खनियाकाे भनाइ छ ।
नवगठित समितिलाई सल्लाहकार रमेशचन्द्र अधिकारीले बधाई एवम् शुभकामना मन्तव्यका साथ कार्य समितिलाई सुझाव दिनु भएको थियोे ।
साे अवसरमा अध्यक्ष पहाडीले प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै आफूलाई फेरि अध्यक्ष जस्तो पद सुम्पिनु भएकोमा प्रतिष्ठानका संमक्षक, सल्लाहकारहरू, वरिष्ठ तथा आजीवन सदस्यहरूमा  कृतज्ञता अर्पण गर्नु भयो ।
उहाँले आफू प्रतिष्ठान रुपि गाडीको ड्राइभर भएको र स्थापनाकालदेखि आजका मितिसम्म कुशलता पूर्वक गाडी हाकेकाे र आउदा दिनमा पनि त्यसै अनुरुप हाकेर गन्तव्यमा पुर्‍याउन प्रयत्न गर्ने बताउनु भयो । उहाँले आफ्नो टिमका सहयाेद्धाहरुलाई सके आफूभन्दा अघि हुन नसके पनि आफू वरावरकाे स्पिडमा कुद्नु हुन आग्रह गर्दछु भन्नु भयो ।
अर्को एक प्रसङ्गमा नवनिर्वाचित अध्यक्ष पहाडीले ठाडोभाकाकाे माैलिकता बचाउने चुनाैति प्रतिदिन बढी रहेको उल्लेख गर्दै ठाडोभाका आफूहरू हुर्कदै गर्दा भेडीखर्के साइलाले जे गाउनु भयो त्याे नै ठाडोभाका हाे र उहाँका प्रसस्त भेटिने युटुभ आदिमा उहाँले ठाडोभाकालाई लमजुङे भनेको कहिल्यै सुनिएन । त्यसैले लजमुङकाे ठाडोभाकाकाे याे पछि विशेषण जाेड्न जरुरी छैन भन्नु भयाे ।
पहाडीले थप भन्नुभयाे, देउबहादुर दुरा, पञ्च‌ै सुब्बा गुरुङ, भेडीखर्के साइँलाकाे चेलाचेली हुँ भन्ने ठान्नेहरुले याे तथ्य र मर्म बुझ्न जरुरी छ ।
उहाँले बडागाउँ कर्मले बनेकाे हाे भन्दै याे कार्य गर्नु हुने पूर्णवहादुर गुरुङ, ईन्द्रबहादुर गुरुङलगायतप्रति श्रद्धा सुमन अर्पण गर्दछु । आज फेरि बडागाउँमा अर्को एउटा बडा काम भएको छ र यहाँ भइरहेको कार्यले यहाँकाे इतिहासमा नयाँ पाना थपिएकाेछ यसका लागि यस गाउँका अमा समूहका अघ्यक्षसहितका पदाधिकारीहरु, बाबाहरु सबैप्रति कृतज्ञता व्यक्त गर्दछु भन्नुभयो ।

प्रकाशित मिति २०८२ चैत्र २२, आईतवार ०६:५८ गते
हजुरको प्रतिक्रिया