सांसद धर्म केसीको निर्वाचन खर्च करिब १७ लाख सार्वजनिक

सांसद धर्म केसीको निर्वाचन खर्च करिब १७ लाख सार्वजनिक

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ चैत २३ गते मङ्गलबार ०७:५६

रास्वपाका तर्फबाट सांसद पदका उम्मेदवार भएर विजयी समेत हुन सफल हुनु भएका धर्म केसीको निर्वाचनको बेलामा प्रचारप्रसारका लागि गर्नु भएको खर्च कुल जोड रकम १६ लाख ९६ हजार छ सय भएको सो विवरणमा उल्लेख गरिएको छ ।

सो विवरण अनुसार प्रचार प्रसार सामग्री खरिद तीन लाख ५० हजार रुपैयाँ तथा सञ्चार खर्च सात हजार छ सय रुपैयाँ, प्रतिनिधि तथा स्वयम् सेवक परिचालनमा एक लाख ४२ हजार रुपैयाँ खर्च भएको बताइएको छ ।

बेसीशहर– लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का तर्फबाट सांसद पदका उम्मेदवार भएर विजयी हुनु भएका धर्म केसीको निर्वाचन खर्च करिब १७ लाख सार्वजनिक गर्नु भएको छ । उहाँको निजी सचिवालयले चैत २४ गतेका दिन सो खर्च विवरण सार्वजनिक गरेको हो ।
रास्वपाका तर्फबाट सांसद पदका उम्मेदवार भएर विजयी समेत हुन सफल हुनु भएका धर्म केसीको निर्वाचनको बेलामा प्रचारप्रसारका लागि गर्नु भएको खर्च कुल जोड रकम १६ लाख ९६ हजार छ सय भएको सो विवरणमा उल्लेख गरिएको छ । निर्वाचन आयोगले लमजुङका लागि ३३ लाख रुपैयाँ खर्च गर्न सक्ने सिलिङ निर्धारण गरेको थियो ।
उक्त खर्च विभिन्न नौ शीर्षकमा गरिएको सार्वजनिक गरिएको छ । प्रस्तुत उक्त खर्चको विवरण ः उम्मेदवारी दर्ता(धरौटी) १० हजार रुपैयाँ, सवारी साधन भाडा तथा पेट्रोलियम पदार्थ खरिदमा छ लाख ९७ हजार रुपैयाँ, निर्वाचन कार्यालय सञ्चालन ३५ हजार रुपैयाँ खर्चिएको छ । त्यस्तै, प्रचार प्रसार सामग्री खरिद तीन लाख ५० हजार रुपैयाँ, मतदाता नामावली खरिद तथा छपाई ८४ हजार पाँच सय रुपैयाँ, खाना, खाजा, आवास तथा अन्तरक्रिया कार्यक्रमको खर्च तीन लाख ४२ हजार रुपैयाँ खर्च भएको सो विवरणमा उल्लेख छ ।
यसैगरी, निर्वाचनमा भएको अन्य खर्चमा २८ हजार पाँच सय रुपैयाँ, सञ्चार खर्च सात हजार छ सय रुपैयाँ, प्रतिनिधि तथा स्वयम् सेवक परिचालनमा एक लाख ४२ हजार रुपैयाँ खर्च भएको बताइएको छ । जसको कुल जोड खर्च १६ लाख ९६ हजार छ सय भएको सो विवरणमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति २०८२ चैत्र २४, मंगलवार १९:५६ गते
हजुरको प्रतिक्रिया