सेवारत तथा सेवा–निवृत्त सैनिक बिचको भेटघाट तथा अन्तक्रिया

सेवारत तथा सेवा–निवृत्त सैनिक बिचको भेटघाट तथा अन्तक्रिया

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ चैत २५ गते बिहिबार ०६:२३

उक्त अवसरमा प्रमुख अतिथि सहायक रथी रामकाजी थापाले आफ्ना चार जना वा सो भन्दा बढी सन्ततिहरूलाई सेनामा पठाए बापत सुर्यबहादुर भण्डारी र सेतुमाया अधिकारीलाई दोसल्ला ओढाइ सम्मान पत्र र नगद सहित सम्मान गर्नुभएको थियो ।

सो अवसरमा चण्डी प्रसाद गण लमजुङ उपकेन्द्रमा सेवानिवृत्त एक हजार ४०७ सैनिकहरू तथा २२३ आश्रित एकल महिलाहरूको सहभागिता रहेको थियो ।

बेसीशहर(लमजुङ)– लमजुङमा सैनिक सम्मेलन २०८२ सम्पन्न भएको छ । नेपाली सेनाद्वारा आयोजित सेवारत तथा सेवा–निवृत्त सैनिकहरू बिचको प्रत्यक्ष भेटघाट तथा अन्तक्रिया कार्यक्रम श्री नं ३ बाहिनी अड्डा अन्तर्गत चण्डी प्रसाद गण उपसम्मेलन केन्द्र लमजुङमा चण्डी प्रसाद गणमा आयोजनामा चैत २५ गते भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि सैनिक इन्टेलिजेन्स निर्देशनालयका निर्देशक सहायक रथी रामकाजी थापा तथा अवकाश प्राप्त ९१ वर्षीय जेष्ठ सिपाही तिर्थ बहादुर गुरुङले संयुक्त रुपमा पानसमा बत्ती बाली सुभारम्भ गर्नुभएको थियो । चण्डी प्रसाद गण लमजुङका गणपति बिक्रमदेव थापाले सो कार्यक्रमको आवश्यकता र औचित्यमा प्रकाश पार्नु भएको थियो । उहाँले सेवारत सैनिक तथा सेवानिवृत्त सैनिक÷ परिवारजनहरू बिच पुनर्मिलन मात्र नभई भावनात्मक सम्बन्ध थप सुदृढ गर्ने, हिताधिकारीका वास्तविक समस्या बुझ्ने, कल्याणकारी कार्यक्रमलाई समयानुकूल सुधार गर्ने र भविष्यका लागि तय गरिने नीति तथा कार्यक्रमलाई व्यावहारिक रुपमा लागू गर्न सहयोग पुर्याउने उद्देश्यका साथ कार्यक्रम गरिएको उल्लेख गर्नु भयो ।
प्रमुख अतिथि सहायक रथी रामकाजी थापाले आफ्ना चार जना वा सो भन्दा बढी सन्ततिहरूलाई सेनामा पठाए बापत सुर्यबहादुर भण्डारी र सेतुमाया अधिकारीलाई दोसल्ला ओढाइ सम्मान पत्र र नगद सहित सम्मान गर्नुभएको थियो । साथै अशक्त अवकास प्राप्त सैनिकहरू तथा आश्रित परिवारजनका लागि व्हील चियर÷वैसाखी÷ब्लान्ड स्टिक÷वाकर आदि बितरण गरिएको थियो ।
श्री नं ३ बाहिनि अड्डाबाट प्रत्यक्ष प्रसारणमार्फत नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देलले सो पुनर्मिलन कार्यक्रममा सम्बोधन गर्नुभएको थियो । त्यस्तै, सैनिक कल्याणकारी कोषका निर्देशक अवकाश प्राप्त उपरथी हिरालाल जोशीले कल्याणकारी गतिविधि तथा अवकास प्राप्त हिताधिकारी सैनिकहरूलाई उपलब्ध सेवा सुविधाहरूको जानकारी समेत चण्डी प्रसाद गणमा सोही प्रत्यक्ष प्रसारण मार्फत सुनाउनु भएको थियो ।
बेसीशहर नगरपालिका– १ को उदीपुर स्थित चण्डी प्रसाद गणको हातामा सञ्चालन भएको कार्यक्रममा गणपति प्रमुख सेनानी बिक्रमदेव थापा, पश्चिम पृतनाका प्रतिनिधि प्रमुख सेनानी हरि प्रसाद घिमिरे लगायत बहालवाला र अवकासप्राप्त सैनिक अधिकृत÷पदिक तथा अन्य दर्जाहरूको समेतको सहभागिता रहेको थियो ।      उक्त अवसरमा चण्डी प्रसाद गणद्वारा राष्ट्रभक्ति झल्किने सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो । साथै अशक्त अवकास प्राप्त सैनिकहरू तथा आश्रित परिवारजनका लागि व्हील चियर÷वैसाखी÷ब्लान्ड स्टिक÷वाकर आदि बितरण गरिएको थियो ।
भूूतपूूर्व सैनिक सम्मेलन २०८२ श्री चण्डी प्रसाद गण उपकेन्द्र लमजुङमा आयोजित यो कार्यक्रमले बिगतमा कार्यरत रहँदाको क्षणलाई स्मरण गर्ने अवशरका साथै कल्याणकारी कोषबाट वर्तमान अवस्था प्रदान गरेका सेवा सुविधाहरूबारेमा जानकारी प्राप्त भएको भुतपुर्व सैनिकहरूको एकता मजबुत गर्दै समग्रमा राष्ट्रिय भावनाको विकास तथा राष्ट्रसेवामा निरन्तर लागि रहन प्रेरित गरेको सम्मेलनमा सहभागी अवकास प्राप्त सुबेदार कृष्ण प्रसाद न्यौपानेले चण्डी प्रसाद गणमा कार्यरत पण्डित जम माधव गौतमसँगको कुराकानीमा बताउनु भएको थियो ।
सो अवसरमा चण्डी प्रसाद गण लमजुङ उपकेन्द्रमा सेवानिवृत्त एक हजार ४०७ सैनिकहरू तथा २२३ आश्रित एकल महिलाहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति २०८२ चैत्र २६, बिहीबार १८:२३ गते
हजुरको प्रतिक्रिया