लमजुङमा विद्युत सुरक्षा दिवस मनाइयो

लमजुङमा विद्युत सुरक्षा दिवस मनाइयो

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ चैत २५ गते बिहिबार ०७:२२

विद्युत प्रधिकरणले मनाउने गरिआएको विद्युतीय सुरक्षा दिवस सम्बन्धित कर्मचारीकालागि मात्र नभइ आम उपभोक्त बिचमा पनि मनाइनु पर्ने सर्वसाधारणको माग रहेको छ ।

‘विद्युतीय खतराबाट बचौं र बचाउँ’ भन्ने नाराका साथ उक्त दिवस मनाइएको हो ।

बेसीशहर– लमजुङमा विद्युत सुरक्षा दिवस मनाइएको छ । नेपाल विद्युत प्राधिकरण लमजुङले उक्त दिवस चैत २६ गते मनाएको हो ।
‘विद्युतीय खतराबाट बचौं र बचाउँ’ भन्ने नाराका साथ उक्त दिवस मनाइएको हो । सो दिवसका अवसरमा आयोजक केन्द्र्रले प्रभातफेरि गरेको थियो । सो अवसरमा विद्युतीय सुरक्षा र उपयोग सम्बन्धमा विभिन्न प्लेकार्ड र ब्यानर समेत प्रदर्शन गरिएको थियो । त्यसपछि, विद्युतीय सुरक्षा दिवसका बारेमा अन्तरक्रिया गरिएका थियो ।
उक्त कार्यक्रममा वितरण केन्द्रका केन्द्र प्रमुख इन्जिनियर सोवित बहादुर क्षेत्रीले विद्युतको प्रयोग दिनहुदिन बढिरहेको अवस्थामा यसको प्रयोग सुरक्षित तवरले गर्नुपर्ने र यसको क्षेत्रमा काम गर्ने प्राविधिकहरू र कार्यालयका कर्मचारीहरूले अनिवार्य रूपमा सेफ्टी अपनाई कार्य गर्नुपर्नेमा जोड दिनुभयो । वितरण केन्द्रका लेखाप्रमुख श्री मणिराम पौडेलले सुरक्षा सम्बन्धी उपकरण कार्यालयले उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । केन्द्रका प्रमुख सोवित बहादुर क्षेत्रीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमको सञ्चालन वितरण केन्द्रका प्रशासन प्रमुख रञ्जना कटेलले गर्नुभएको थियो ।
                                                                                                                                                                                             

भरत रानाको सहयोगमा ।

प्रकाशित मिति २०८२ चैत्र २६, बिहीबार १९:२२ गते
हजुरको प्रतिक्रिया