भजनद्वारा नयाँ वर्षको स्वागत गर्ने तयारी

भजनद्वारा नयाँ वर्षको स्वागत गर्ने तयारी

निश्चल रेग्मी

@antaranganews

२०८२ चैत ३० गते मङ्गलबार ०८:०६

अन्य जिल्लाका प्रायः शहरी क्षेत्रमा भइरहेको छ र सहभागिताका हिसावले आयोजकहरू उत्साहित पनि भएका छौं, यहाँ पनि राम्रो हुन्छ भन्ने आशा छ संयोजक विशाल कोइरालाले जानकारी दिनुभयो ।

युवा पुस्तामा संस्कार, संस्कृति तथा परम्पराप्रति उदासिनता बढी रहेको बेलामा पुरानोपुस्ताले नयाँ पुस्तालाई सिकाउने र नयाँले सिक्ने अवसरका रुपमा यो कार्यक्रमलाई लिइएको छ ।

सुन्दरबजार(लमजुङ)– भजनद्वारा नयाँ वर्ष २०८३ को स्वागत गर्ने तयारी गरिएको छ । लमजुङमा पहिलो पटक यहाँ संस्कार, संस्कृति एवम् परम्पराप्रति नयाँ पुस्ताको मोह जागृत गर्न आज भजनको तयारी गरिएको हो । स्थानीय राम मन्दिरमा सो भजन कार्यक्रम बैशाख १ गते साँझ ५ बजेका लागि तयारी गरिएको आयोजक ःच्च् ले जानएको छ ।
हाम्रा मौलिक कला, संस्कार, संस्कृति तथा परम्परालाई जगेर्ना गर्ने अभिप्रायका साथ नयाँ वर्ष २०८३ को पावन अवसरमा हामी युवा ःच्च् टिम र अग्रजहरूको समन्वयमा यो भजन आयोजना गरिएको संयोजक विशाल कोइरालाले बताउनु भयो । उहाँका अनुसार युवा पुस्तामा संस्कार, संस्कृति तथा परम्पराप्रति उदासिनता बढी रहेको बेलामा पुरानोपुस्ताले नयाँ पुस्तालाई सिकाउने र नयाँले सिक्ने अवसरका रुपमा यो कार्यक्रमलाई लिइएको छ ।
उहाँले भन्नुभयो, ‘सम्पूर्ण भजनप्रेमी महानुभावहरूमा सुन्दरबजारको तल्लो बजार स्थित राम मन्दिरमा उपस्थितिका लागि अनुरोध गर्दछौं ।’ ःच्च् युवाहरूको भजन समूह हो र यो कार्यक्रम जिल्लामै पहिलो पटक हुँदैछ कोइरालाले भन्नुभयो । अन्य जिल्लाका प्रायः शहरी क्षेत्रमा भइरहेको छ र सहभागिताका हिसावले आयोजकहरू उत्साहित पनि भएका छौं, यहाँ पनि राम्रो हुन्छ भन्ने आशा छ संयोजक कोइरालाले थप जानकारी दिनुभयो ।

प्रकाशित मिति २०८३ बैशाख १, मंगलवार ०८:०६ गते
हजुरको प्रतिक्रिया