नयाँ वर्षको पहिलो दिन जिल्लामै MRR को पहिलो भजन प्रस्तुत

नयाँ वर्षको पहिलो दिन जिल्लामै MRR को पहिलो भजन प्रस्तुत

निश्चल रेग्मी

@antaranganews

२०८२ चैत ३० गते मङ्गलबार ०९:१६

युवा पुस्तामा संस्कार, संस्कृति तथा परम्पराप्रति उदासिनता बढी रहेको बेलामा पुरानो पुस्ताले नयाँ पुस्तालाई सिकाउने र नयाँले सिक्ने अवसरका रुपमा यो भजन कार्यक्रमलाई लिइएको छ ।

जिल्लामै पहिलो पटक आयोजना गरिएको सो भजनका भजन अनुरागीहरूको उत्साहजनक सहभागित थियो ।

सुन्दरबजार(लमजुङ)– नयाँ वर्ष २०८३ को पहिलो दिन भजन गरिएको छ । स्थानीय राम मन्दिरमा आयोजक MRR ले बैशाख १ गते साँझ ५ बजे सो भजन गरिएको हो ।
हाम्रा मौलिक कला, संस्कार, संस्कृति तथा परम्परालाई जगेर्ना गर्ने अभिप्रायका साथ नयाँ वर्ष २०८३ को पावन अवसरमा हामी युवा MRR टिम र अग्रजहरूको समन्वयमा यो भजन कार्यक्रम गरिएको संयोजक विशाल कोइरालाले बताउनु भयो । उहाँका अनुसार युवा पुस्तामा संस्कार, संस्कृति तथा परम्पराप्रति उदासिनता बढी रहेको बेलामा पुरानो पुस्ताले नयाँ पुस्तालाई सिकाउने र नयाँले सिक्ने अवसरका रुपमा यो भजन कार्यक्रमलाई लिइएको छ ।
उहाँले भन्नुभयो, ‘MRR युवाहरूको भजन समूह हो र यो कार्यक्रम जिल्लामै पहिलो पटक भएको हो ।’ अन्य जिल्लाका प्रायः शहरी क्षेत्रमा हुँदै आएको र जनसहभागिताका हिसावले आयोजकहरू उत्साहित छन् । यहाँ पनि राम्रो भयो भन्ने बुझाइ छ संयोजक कोइरालाले जानकारी दिनुभयो ।
कार्यक्रममा MRR को बारेमा छोटो जानकारी सो संस्थाका सदस्य शंकर बसौलले दिनु भएको थियो । जिल्लामै पहिलो पटक आयोजना गरिएको सो भजनका भजन अनुरागीहरूको उत्साहजनक सहभागित थियो ।
भक्ति आदर्श माविका पूर्वप्रअ यज्ञराज घिमिरेले समन्वय गर्नुभयोको सो भजन साँझ ५ बजेदेखि ७ बजेसम्म चलेको थियो ।
कार्यक्रममा तार्कुटारको अग्रज भजन समुह उपस्थित थियो भने अग्रज व्यक्तित्व बिष्णुभक्त अधिकारि लगायतको विशेष उपस्थिति रहेको आयोजकको भनाइ छ ।

प्रकाशित मिति २०८३ बैशाख १, मंगलवार २१:१६ गते
हजुरको प्रतिक्रिया