लमजुङ क्याम्पसका आन्दोलनकारी विद्यार्थी र डिन कार्यालयबीच ४ बुँदे सहमति, आन्दोलन स्थगित

लमजुङ क्याम्पसका आन्दोलनकारी विद्यार्थी र डिन कार्यालयबीच ४ बुँदे सहमति, आन्दोलन स्थगित

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ बैशाख २ गते बिहिबार १२:३९

डिन प्रशासनले स्वतन्त्र विद्यार्थी युनियन लमजुङबाट मिति २०८२÷१२÷१९ मा पत्र प्राप्त भई ध्यानानकर्षण भएको भन्दै आन्दोलनरत विद्यार्थीहरूसँग सहमतिका लागि राजी भएको हो ।

विद्यार्थीहरूले गत चैत ५ गतेदेखि रोकिएको परीक्षा यथावत अर्थात नियमित हुने गरी सञ्चालन गरिदिनु पर्ने माग गरेका थिए ।

सुन्दरबजार(लमजुङ)– लमजुङ क्याम्पसमा भएको हडताल झण्डै एक महिनामा ४ बुँदे सहमतिपछि स्थगन भएको छ । क्याम्पसको डिन कार्याmलय प्रशासन र आन्दोलनरत विद्यार्थी बीच बैशाख २ गते सहमति भएसँगै तत्कालका लागि आन्दोलन स्थगित भएको हो ।
सहमति पत्रमा दस्तखत गर्नेहरूमा सो क्याम्पसका डिन प्राडा किशोरचन्द्र दाहाल, सहायक डिन पुष्पराज पौडेल र शम्भु शाह निर्देशक रहनु भएको छ । त्यस्तै विद्यार्थी प्रतिनिधिहरू स्ववियु सदस्य अवसर अधिकारी, चौथो सत्रका प्रतिक खतिवडा, उत्सिका सिग्देल, अदिती ज्ञवाली, विकास दुलाल, केशव देवकोटा लगायत हुनुहुन्छ । त्यस्तै, छैटौं सत्रान्तका दिनेश चौधरी, आठौं सत्रान्तका दिनेश पौडेल लगायत हुनुहुन्छ ।
विद्यार्थीहरूले गत चैत ५ गतेदेखि रोकिएको परीक्षा यथावत अर्थात नियमित हुने गरी सञ्चालन गरिदिनु पर्ने माग गरेका थिए । सुरुमा चौथो सत्रान्तका विद्यार्थीहरू आन्दोलनमा उत्रिएकोमा पछि छैटौं सत्रान्त्रका विद्यार्थी समेतले उनीहरूसँग ऐक्यवद्धता गर्दै संयुक्त रुपमा आन्दोलन गर्दै आएका थिए । झण्डै एकमहिना पछि विद्यार्थीको माग पुरा हुने चरणमा पुगेको छ । सहमति अनुसारको कार्य नभएमा आफूहरू पुनः आन्दोलन गर्न बाध्य हुने उनीहरूको भनाइ छ । क्याम्पसप्रमुखको कार्यकक्षमा धर्ना, रिले अनसन, काठमाडौंको डिन कार्यालय देखि भिसी, शिक्षा मन्त्रीलाईसम्म भेट्ने काम उनीहरूले गरेका थिए ।
विद्यार्थीहरूले समयमा पढाएर कोर्ष नसकिनु, आन्तरिक परीक्षा समयमा नहुनु, शिक्षकहरूले पुरा पारिश्रमिक नपाएको कारणले दैनिक दुई कक्षा लिनु पर्नेमा एउटा कक्षामात्र लिने गरेको, कोही शिक्षक बाहिर समेत पढाउन जाने गरेको कारणले समयमा कोर्ष नसकिएको बताउँदै आएका छन् । उनीहरूले १५ लेक्चरमा सक्नु पर्ने कोषलाई पाँच लेक्चरमा सक्ने जस्ता अप्ठ्यारा आफूले झेल्दै आएको बताए छन् ।
विद्यार्थीहरूको मुख्य माग सम्बोधन भएको मानिएको छ । स्वतन्त्र विद्यार्थी युनियन लमजुङबाट मिति २०८२÷१२÷१९ मा पत्र प्राप्त भई ध्यानाकर्षण भयो । उक्त समस्याको समाधानको लागि आज मिति २०८३ वैशाख २ गते यस अध्ययन संस्थान डिनको कार्यालय र स्वतन्त्र विद्यार्थी युनियन एवं विद्यार्थी प्रतिनिधिहरू विच तपसिलका बुद्धाहरूमा सहमति गर्ने निर्णय गरियो भनिएको छ ।
सहमतिपत्रको पूर्ण विवरण :
त्रिभुवन विश्वविद्यालय, कृषि र पशु विज्ञान अध्ययन संस्थान, डीनको कार्यालय, कीर्तिपुरमा यसै अध्ययन संस्थानअन्तर्गत लमजुङ क्याम्पस सुन्दरबजारमा स्नातक तह द्य।क्अ ब्नचष्अगतिगचभ चौथो र छैटौ सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरूको पूर्वनिर्धारित तालिका अनुसार परीक्षाहरू हुन नसकेको विविध कारणहरू, पठनपाठन, आन्दोलन एवम तालाबन्दीका कारण सन्दर्भमा स्वतन्त्र विद्यार्थी युनियन लमजुङबाट मिति २०८२÷१२÷१९ मा पत्र प्राप्त भई ध्यानानकर्षण भयो । उक्त समस्याको समाधानको लागि आज मिति २०८३ वैशाख २ गते यस अध्ययन संस्थान डिनको कार्यालय र स्वतन्त्र विद्यार्थी युनियन एवं विद्यार्थी प्रतिनिधिहरू विच तपसिलका बुद्धाहरूमा सहमति गर्ने निर्णय गरियो ।
१. हाल स्नातक तह द्य।क्अ ब्नचष्अगतिगचभ चौथो र छटौ समेस्टरमा अध्ययनरत विद्यार्थीहरूको हुन नसकेका परीक्षाहरू पूनः नियमित परीक्षाको रूपमा सञ्चालन गर्न आवश्यक प्रक्रियाको लागि सम्बन्धित निकायमा पहल गर्ने ।
२. हाल लमजुङ क्याम्पसमा परीक्षा हुन नसकेका, अध्ययन अध्यापन लगायतका समस्याहरूको अध्ययन गरी उक्त समस्याको समाधानका लागि आवश्यक सुझाव समेत पेश गर्नका लागि एक हप्ता भित्र एक छानबिन समिति गठन गर्ने ।
३. आन्तरिक परीक्षा तथा सोको नतिजा प्रकाशन (सेमेस्टर रजिष्ट्रेसन भएको मितिले बढिमा ३ महिनाभित्र सम्पन्न गर्ने ।
४. विद्यार्थीको तर्फबाट हालसम्म भएका आन्दोलनहरू फिर्ता लिने र अध्ययन अध्यापन तथा परीक्षालाई बाधा नपर्ने गरी अब उप्रान्त तालाबन्दी नगर्ने सहमति गरियो ।

प्रकाशित मिति २०८३ बैशाख ३, बिहीबार १२:३९ गते
हजुरको प्रतिक्रिया