सो अवसरमा ठाडोभाकाका अग्रज गायिका बिष्णु गुरुङ, ठाडोभाकाकी नवोदित गायिका चिजा तामाङलाई सम्मान गरिएको थियो ।
सो प्रतियोगितामा लमजुङका आठलगायत १५ टिमले भाग लिएका छन् ।
गोरखा बजार– गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरले लोपान्मुख अवस्थामा पुगेको ठाडोभाकाको संरक्षणमा यो कार्यक्रमले टेवा पुग्ने विश्वास व्यक्त गर्दै यो गीत नयाँ पुस्ताले बिर्सने हो कि ? भन्ने चिन्ता छ भन्नुभएको छ । उहाँले यसै नगरपालिका– ६ रानीपोखरीमा ठाडोभाका संरक्षण तथा प्रवद्र्धन समिति गोरखाले आयोजना गरेको खुला ठाडोभाका प्रतियोगिताको उद्घाटन गर्दै बैशाख ११ गते त्यस्तो बताउनु भएको हो ।
उहाँले पर्यटनका चार क्षेत्रहरू धार्मिक, प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक छन् । तीमध्ये चारवटै यस जिल्लामा रहेको र ती सबैको विस्तार गर्ने कार्यमा नगरपालिका जुटेको छ भन्ने जानकारी दिनुभयो । यो कार्यक्रमले सांस्कृतिक पर्यटन प्रवद्र्धनमा योगदान गर्ने आफूले विश्वास गरेको उल्लेख गर्नु भयो । ठाडोभाका रसपूर्ण गीत भएको बताउदै उहाँले यसलाई नयाँ पुस्ताले बिर्सन्छ कि ? भन्ने चिन्ता छ भन्नुभयो । उहाँले ठाडोभाका मूलतः गण्डकीको सांस्कृतिक धरोहर भएता पनि देशकै सम्पत्ति हो यसको संरक्षण आवश्यक छ जुन कार्य आयोजकबाट भएको छ यो खुशीको कुरा हो भन्नुभयो ।
सो अवसरमा कार्यक्रमको प्रवद्र्धकसमेत रहेको गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष भगवान ससिंह मास्के, गोरखा चेम्बरका अध्यक्ष रामस्वरुप श्रेष्ठ, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकाल, मगर संघका जिल्ला अध्यक्ष लगायतले शुभकामना व्यक्त गर्नु भएको थियोे ।
सो अवसरमा ठाडोभाकाका अग्रज गायिका बिष्णु गुरुङ, ठाडोभाकाकी नवोदित गायिका चिजा तामाङलाई सम्मान गरिएको थियो ।
सो प्रतियोगितामा लमजुङका आठलगायत १५ टिमले भाग लिएका छन् ।
उद्घाटन सत्र आयोजक संस्थाका अध्यक्ष पृथ्वी गुरुङको अध्यक्षतामा भएको थियोे । स्वागत मन्तव्य आयोजक संस्थाका अध्यक्ष पृथ्वी गुरुङ आफैले व्यक्त गर्नु भएको थियो भने सञ्चालन सचिव हरि श्रेष्ठले गर्नु भएको थियोे ।
प्रतियोगिताको १६ खेल खेलाउने पर्नेमा यो समाचार तयार गरिरहदासम्म दोस्रो राउण्डको अन्तिम चरणको प्रतिस्पर्धा चलिरहेको छ । जारी प्रतियोगितालाई पहिलो दिनमा पनि पानीले विथोलेको थियो भने आज दोस्रो दिन पनि प्रभाव पार्ने स्थिति उत्पन्न भएको प्रत्यक्षदर्शीको भनाइ छ ।
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..