राइनासकोटा(लमजुङ)– गैर सरकारी संस्था महासंघको १६औं जिल्ला वार्षिक साधारणसभाको तयारी पुरा भएको छ । भोलि बैशाख १५ गतेका दिन यहाँ सो सभा हुने तयारी गरिएको हो ।
राइनास नगरपालिकाका मेयर खड्गबहादुर गुरुङको प्रमुख आतिथ्यतामा सो वार्षिक साधारणसभा हुने भएको छ । वार्षिक साधारणसभामा भाग लिनका लागि केही पाहुनाहरू आजै यहाँ आएको जानकारी आयोजकबाट प्राप्त भएको छ ।
गैर सरकारी संस्था महासंघ लमजुङ शाखाको आयोजनामा हुने उक्त वार्षिक साधारणसभाको गरिमा बढाउनका लागि गैरसरकारी संस्था महासंघका गण्डकी प्रदेशका अध्यक्ष पदमराज पहाडी, गण्डकी प्रदेशकै गैसस मानवअधिकार एलायन्सका प्रदेश संयोजक डा. बुरी थापा, गैसस महासंघको लमजुङ इन्चार्ज स्वारा सदान, गैसस गोरखाका जिल्ला अध्यक्ष सिताराम श्रेष्ठलगायतको सहभागिता हुने भएको गैर सरकारी संस्था महासंघका जिल्ला अध्यक्ष सुशीला गुरुङले जानकारी दिनु भयो ।
उहाँका अनुसार राइरास होमस्टेमा हुने उक्त एक दिने कार्यक्रममा गैर सरकारी संस्था महासंघ जिल्ला शाखामा आवद्ध रहेका जिल्लाका करिब ३० वटा गैससका अध्यक्ष तथा प्रतिनिधिहरू सहभागी हुने जानकारी प्राप्त भएको छ ।
गैर सरकारी संस्था महासंघमा आवद्ध हुनका लागि गैससका रुपमा प्रचलित कानुन अनुसार मान्यता प्राप्त गरी क्रियाशील अर्थात नवीकरण भइरहेको, संस्थाको उद्देश्य अनुरुपका गतिविधि सञ्चालन गरेको तथा महासंघमा आवद्धता शुल्क दुई हजार रुपैयाँ नियमित रुपमा बुझाएको हुनु पर्नेलगायतका प्रावधान रहेको जानकारीमा आएको छ ।

गैर सरकारी संस्था महासंघ लमजुङको विरलै हुने सार्वजनिक कार्यक्रम यसरी खुला रुपमा आयोजना हुन लागेको (भूकम्पकाल पछि) यो सम्भवतः पहिलो पटक भएको कतिपय सहभागीको प्रतिक्रिया रहेको छ ।
प्रकाशित मिति २०८३ बैशाख १४, सोमबार २१:०५ गते