मनाङे चौताराबाट सुरु भएको र्याली सेरा चोक हुँदै बेसीशहर नगरपालिका– ७ को शान्ति टोल स्थित तमू आमा तथा बाबा समूह भवनमा पुगेर औपचारिक कार्यक्रमा परिणत भएको थियो । मञ्चको कार्यक्रम जारी छ ।
धर्मोदय सभा लमजुङ शाखाले उक्त कार्यक्रम बैशाख १८ गते आयोजना गरेको हो ।
बेसीशहर– २५७० औं बुद्ध जयन्तीको पावन अवसरमा शान्ति र्याली निकालिएको छ । धर्मोदय सभा लमजुङ शाखाले उक्त कार्यक्रम बैशाख १८ गते आयोजना गरेको हो ।
बेसीशहर नगरपालिका– ७ को मनाङे चौताराबाट सुरु भएको सो र्याली हाइस्कूल चोक, पुरानो बैंक चोक, त्रिवेणी टोल हुँदै अघि बढेको थियो । त्यसपछि वडानं– ८ को भीमसेन स्थान, नारायण स्थान हुँदै सेरा चोक हुँदै बेसीशहर नगरपालिका– ७ को शान्ति टोल स्थित तमू आमा तथा बाबा समूह भवनमा पुगेर औपचारिक कार्यक्रमा परिणत भएको थियो । मञ्चको कार्यक्रम जारी छ ।
मध्यान्हको चर्को धाममा छाता ओढेर बौद्ध धर्मावलम्बीहरू शान्ति र्यालीमा सहभागी भएका थिए । प्रस्तुत छ सो शान्ति र्यालीको फोटो फिचर :
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..