
विदुर(नुवाकोट)– रहेक वर्षको पहिलो महिना बैशाखको तेस्रो सातामा यहाँ सञ्चालन हुने ‘नुवाकोट साहित्यिक मेला’ यो वर्ष पनि भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । सो अवसरमा झण्डै दर्जन स्रष्टा सम्मानित हुनु भएको छ भने दुई कृतिको लोकार्पण गरिएको छ । उक्त कार्यक्रम साहित्य संगम नुवाकोटको आयोजनामा बैशाख १९ गते यहाँ सम्पन्न भएको हो ।
वरिष्ठ साहित्यकार एवम् कलाकार नन्द कृष्ण जोशीको प्रमुख आतिथ्यमा साहित्य संगम नुवाकोटको सातौं वार्षिकोत्सव नुवाकोट उद्योग तथा वाणिज्यको सभाहलमा भएको हो । कार्यक्रमका प्रमुख अतिथि जोशीले आफ्नो प्रमुख आतिथ्य मन्तव्यमा संस्थाले गरेको प्रगति तथा साहित्य क्षेत्रमा पुर्याएको योगदानको मुक्त कण्ठले प्रशंसा गर्नु भएको थियो । उक्त कार्यक्रममा पूर्वपश्चिम जोडिरहदा प्रमुख अतिथि जोशीले राइझुमा र झ्याम्म झ्याम्मको सुमधुर आवाजले नुवाकोट गुन्जयमान बनेको थियो ।
आयोजक संस्थाका अध्यक्ष सुमित्रा सुमीको अध्यक्षतामा भएको कार्यक्रममा उहाँको कलेजी बर्को(कविता संग्रह २०८२) र साहित्य संगम नुवाकोटको ‘संगम’को वार्षिक सातौं अंकको लोकार्पण गरिएको थियो । लोकार्पित कविता संग्रहका बारेमा कवि किरण काजितले समिक्षात्मक टिप्पणी गर्नु भएको थियो । उहाँका अनुसार कविता संग्रहमा ५९ कविता संग्रहित छन् । उक्त कविता कृतिको स्रष्टा कविका गद्य र पद्य दुवै कविता समेटिनु कृतिको विशेषता हो उहाँले भन्नु भएको थियो ।
उक्त अवसरमा साहित्यका विविध विधामा कलम चलाउने दश जना स्रष्टा तथा एक संस्थालाई सम्मान गरिएको थियो । सम्मानित व्यक्तत्वहरूमा लोकनाथ खराल (नवलपरासी) धनकुमारी तामाङ रत्न पुरस्कार तथा संगम साहित्य सम्मान– २०८३ बाट, कल्पना काफ्ले (धनकुटा) सरस्वती पौडेल÷ऋषिराम पौडेल रत्न पुरस्कार तथा संगम साहित्य सम्मान– २०८३, मन्दिरा चापागाईं (संखुवासभा) स्व. भवानी अधिकारी स्मृति पुरस्कार तथा संगम साहित्य सम्मान– २०८३, शशीश्री आचार्य (काठमाडौं) स्व. पद्मकुमारी चापागाईं स्मृती पुरस्कार एवम् संगम साहित्य सम्मान– २०८३, सुशील आचार्य (रसुवा) स्व. काशीनाथ गजुरेल स्मृति पुरस्कार तथा संगम साहित्य सम्मान– २०८३ हुनुहुुन्छ ।
यसैगरी, सम्मानित हुनुहुने अन्यमा दलबीर सिंह बरायली ‘घायल’ (रामेछाप) स्व. ईमान सिंह गुरुङ स्मृति पुरस्कार एवम् संगम साहित्य सम्मान– २०८३, महेन्द्र नेउपाने (झापा, हाल ः भक्तपुर, उत्कृष्ट कृति वर्ष पुरस्कार एवम् संगम साहित्य सम्मान– २०८३, चुनावी सेरोफेरो (लघुकथा सङ्ग्रह –२०८२), अमरकृष्ण चन्द (काभ्रेपलाञ्चोक) सुसन्देश पुरस्कार तथा संगम साहित्य सम्मान– २०८३, के.पी. खतिवडा (नुवाकोट) संगम साहित्य पुरस्कार तथा सम्मान– २०८३, लक्ष्मण सिटौला (नुवाकोट) संगम साहित्य पुरस्कार तथा सम्मान– २०८३ र सदिक्षा भट्टराई (सूर्यगढी– ५, नुवाकोट) नव क्षितिज पुरस्कार तथा संगम साहित्य सम्मान– २०८३ हुनुभएको आयोजक संस्थाका अध्यक्ष एवम् कवि सुमित्रा सुमीले बताउनु भयो ।
उहाँका अनुसार कार्यक्रममा पुरस्कृत एवम् रचना वाचन कार्यक्रमसमेत भव्यताको साथ गरिएको थियो । सात दर्जन भन्दा बढी साहित्यप्रेमीहरूमो बाक्लो र उल्लासमय उपस्थिति रहेको यस कार्यक्रममा दुई दर्जन भन्दा बढी रचना वाचन भएको थियो ।
कार्यक्रमका वक्ताहरूले सम्मानित व्यक्तित्व, कृति तथा आयोजक संस्थालाई हार्दिक बधाई तथा अझ उन्नतिको सुभेच्छा सहित शुभकामना व्यक्त गर्नुभएको थियो । शुभकामना व्यक्त गर्नु हुनेहरूमा रेडक्रस सोसाइटी नुवाकोट शाखाका सभापति रामप्रसाद जोशी, कवि, उपन्यासकार हरि श्रेष्ठ, रेडक्रस सोसाइटी नुवाकोट शाखाका मन्त्री तथा समाजसेवी उद्धव शर्मा रिजाल, पल्लव साहित्य प्रतिष्ठान चितवनका अध्यक्ष ऋषिप्रसाद लामिछाने, सुसन्देश साप्ताहिकका सम्पादक यदुनाथ गौतम, शुक्ला साहित्य संगम तनहुँकी अध्यक्ष टुका देवी पौडेल आचार्यलगायत हुनुहुन्थ्यो ।
अध्यक्ष सुमीले आफ्नो अध्यक्षयीय मन्तव्यका क्रमा कार्यक्रम भव्य सभ्य भैइरहदा मन खुशीले भरिएको छ गर्वका साथ सुनाउनुभयो । उहाँले कार्यक्रमको शोभा बढाउन देशका विभिन्न जिल्लाबाट पाल्नुहुने सम्पूर्ण साहित्यकार, साहित्यप्रेमी अतिथि, संगमप्रेमी एवम् शुभचिन्तकहरूप्रति हार्दिक धन्यवाद ! व्यक्त गर्नु भएको थियो ।
उहाँले भन्नुभयो, ‘साहित्य संगम नुवाकोटको हरेक गतिविधिमा निरन्तर जोडिरहने, हामी छौं भनेर साथ सहयोग गर्नुहुने तथा हाम्रो कथा व्यथा प्रकाशन तथा प्रसारण गर्नुहुने राष्ट्रिय तथा स्थानीय पत्रपत्रिका, अनलाइन तथा रेडियो प्रसारकहरूप्रति हार्दिक आभार व्यक्त गर्दै भविष्यमा पनि यहाँहरूको यस्तै सहयोग पाइरहने अपेक्षा गर्दछु ।’
प्रकाशित मिति २०८३ बैशाख २०, आईतवार १५:४२ गते