हिलेबेसी(लमजुङ)– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को वडा अधिवेशन सम्पन्न भएका समाचार धमाधम प्राप्त भइ।हेका छन् । दोर्दी गाउँपालिका– ८ मा रास्वपाको वडा सभापतिमा मीन गुरुङ निर्विरोध रुपमा जेठ ३ गते चयन हुनु भएको छ ।
उहाँ सो वडाको तदर्थ समितिको समेत सभापति हुनुहुन्थ्यो । पहिलो वडाअधिवेशनबाट सभापतिमा मीन गुरुङ चयन हुनु भएको छ भने उपसभापतिमा सरीता गुरुङ चयन हुनु भएको छ । त्यस्तै सचिवमा युपेन घले चयन हुनु भएको जानकारीमा आएको छ ।
सो वडा समितिको सदस्य पदमा निर्वाचित हुनुहुनेहरूमा चोलबहादुर घले, चिरुमाया परियार, देवेन्द्र गुरुङ, सूर्यबहादुर गुरुङ, सीता सिलवाल, शिव गुरुङ र तीर्थलाल गुरुङ हुनुहुन्छ ।
उक्त वडानं– ८ लाई उक्त गाउँपालिकाको मुटु वडा मान्ने गरिएको छ । भलै सो पालिकाको केन्द्र वडानं– ४ को नौथर सेरामा रहेको किन नहोस् ।
प्रकाशित मिति २०८३ जेष्ठ ४, सोमबार २०:४८ गते