लमजुङमा रास्वपाको मध्यनेपाल नपा– ७ को वडा सभापतिमा पुनः मणिराम सर्वसम्मत चयन

लमजुङमा रास्वपाको मध्यनेपाल नपा– ७ को वडा सभापतिमा पुनः मणिराम सर्वसम्मत चयन

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ जेठ ७ गते शुक्रबार ०५:५७

अधिवेशनमा छलफलबाट सर्वसंम्मत रुपमा वडा समिति र प्रतिनिधि चयन कार्य सम्पन्न भएको थियो । नवनिर्वाचितहरूलाई प्रमुख सहभागी जिल्ला कोषाध्यक्ष एवम् निर्वाचन संयोजक विजयरञ्जन पौडेलले शपथ गराउनु भएको थियो ।

पालिका प्रतिनिधिमा युवराज घिमिरे, पूर्णचन्द्र पोखरेल, अनिशा दुरा, सम्झना पाण्डे र राधाकृष्ण घिमिरे चयन हुनु भएको छ ।

रामबजार(लमजुङ)– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को मध्यनेपाल नगरपालिका– ७ को वडा अधिवेशनबाट वडा सभापतिमा पुनः मणिराम सर्वसम्मत चयन चयन हुनु भएको छ । सो अधिवेशनमा प्रमुख सहभागीमा जिल्ला कोषाध्यक्ष एवम् निर्वाचन संयोजक विजयरञ्जन पौडेल हुनुहुन्थ्यो भने नगर सभापति एवम् सदस्य निर्वाचन समिति तीर्थराज पराजुली तथा नगर सचिव एवम् सदस्य निर्वाचन समिति दिपेन्द्र श्रेष्ठको सहभागिता जेठ ७ गते भएको हो ।
वडा सभापतिमा निर्विरोध चयन हुनुहुने मणिराम वि.क. वडा तदर्थ समितिको सयोजकसमेत हुनुहुुन्थ्यो । उहाँकै अध्यक्षतामा वडा अधिवेशन भएको हो । अधिवेशनले वडा सभापतिमा मणिराम वि.क., उपसभापतिमा लक्ष्मण विक, सचिवमा विश्वजित परियार तथा सदस्यहरूमा हरिमाया विक, प्रकाश विक, हरिवंश घिमिरे, विनु गुरुङ, कर्णबहादुर केसी, बलबहादुर परियार, रामकुमारी श्रेष्ठ र सम्झना अधिकारी चयन हुनु भएको मध्यनेपाल नगरपालिकाका नगर सभापति एवम् निर्वाचन समितिका सदस्य तीर्थराज पराजुलीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘छलफलबाट सर्वसंम्मतिमा समिति र प्रतिनिधि चयन कार्य सम्पन्न भएको थियो । नवनिर्वाचितहरूलाई प्रमुख सहभागी जिल्ला कोषाध्यक्ष एवम् निर्वाचन संयोजक विजयरञ्जन पौडेलले शपथ गराउनु भएको थियो ।
यसैगरी, पालिका प्रतिनिधिमा चयन हुनुहुनेहरू पूर्णचन्द्र पोखरेल, युवराज घिमिरे, अनिशा दुरा, सम्झना पाण्डे र राधाकृष्ण घिमिरे हुनुहुन्छ ।
उहाँका अनुसार सो अवसरमा नगर उपसभापति सिंहबहादुर गुरुङ, कोषाध्यक्ष चन्द्रकाल घिमिरे, युवराज घिमिरे, पूर्णचन्द्र पोख्रेललगात अन्य रास्वपा कार्यकर्ताहरूको विषेश उपस्थिति थियो । कार्यक्रममा सोही वडाको तदर्थ समितिका सदस्य डिल बहादुर वि.क. स्वागत मन्तव्य राख्नु भएको थियो भने सामुहिक राष्ट्रिय गानबाट कार्यक्रम सूरु गरिएको थियो । नगर सभापति तीर्थराज पराजुलीले कार्यक्रम उद्देश्यमाथि प्रकाश पार्दै देश र जिल्लाको समसामयिक राजनीतिबारेमा टिप्पणी गर्नु भएको थियो ।
सो अवसरमा शुभकामना मन्तव्य दिनेहरूमा भोर्लेटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष उमेदवार जीवन पौडेल, नवप्रवेशी पूर्णचन्द्र पोख्रेल आदि हुनुहुन्थ्यो ।
उक्त वडा अधिवेशनको सोही वडाका रास्वपाका प्रतिनिधि युवराज घिमिरेले सञ्चालन गर्नु भएको थियो ।

प्रकाशित मिति २०८३ जेष्ठ ८, शुक्रबार ०५:५७ गते
हजुरको प्रतिक्रिया