हिजोका दिनमा नीतिमा खोट र नेताहरूको नियत खराब भएकोले विकास पनि खोटो भयो, अब हुन्न : सांसद केसी

हिजोका दिनमा नीतिमा खोट र नेताहरूको नियत खराब भएकोले विकास पनि खोटो भयो, अब हुन्न : सांसद केसी

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ जेठ ८ गते शनिवार ०९:३६

उक्त अवसरमा माआवादी नेता एवम् सोही गाउँपालिकाका पूर्वअध्यक्ष ओमबहादुर गुरुङलगायत झण्डै चार दर्जन बढी व्यक्तित्वहरू विभिन्न दल त्याग गरी रास्वपामा प्रवेश गर्नु भएको थियो । रास्वपाको एउटै कार्यक्रममा यतिधेरै महिलाले पार्टी प्रवेश गरको लमजुङको यो पहिलो अवसर हो । नवप्रवेशीहरूलाई सांसद केसी तथा केन्द्रीय सदस्य प्रदीप पाण्डले टिका लगाई पार्टीमा स्वागत गर्नु भएको थियो ।

सांसद केसी कार्यक्रम स्थलमा पुग्नु हुँदा तत्कालीन जिल्ला पञ्चायतका सभापति जगबहादुर गुरुङले उहाँलाई खदा पहिराउनु भई पहिलो स्वागत गर्नु भएको थियो ।

नौथर(लमजुङ)– प्रतिनिधि सभाका सदस्य एवम् सांसद धर्म केसीले विगतका दिनमा नीतिमा खोट र नेताहरूको नियत खराब भएका कारणले विकास पनि खोटो, सुस्त र गुणस्तरहीन भएको थियो तर अब त्यस्तो हुने छैन भन्नुभएको छ । सांसद केसीले यहाँ आयोजित दोर्दी गाउँपालिकामा रास्वपाको गाउँपालिका तदर्थ समितिको पुनर्गठनका लागि आयोजित भेलाको उदघाटन मन्तव्य व्यक्त गर्नु हुँदै जेठ १० गते त्यस्तो बताउनु भएको हो ।
आफ्नो उघाटन मन्तव्यमा उहाँले दोर्दी गाउँपालिकामा पर्टकीय विकासका लागि सरकारको सय दिनमा गर्ने सय बुँदे कार्यक्रमको ७२ नंबरमा उल्लेख भएको स्मरण गर्नु भयो । उहाँले मुलुकभर गर्ने कामका सय कार्यक्रममा ७२ नंबरमा दोर्दी पर्नुले म प्रत्यक्ष यहाँ नआए पनि आफू सदैव दोर्दीबासीको साथमा रहेको प्रमाण हो भन्नु भयो । उहाँले आफूले निर्वाचन जितेपछि ‘भूगोलमा भेटिने सांसद हुने बताएको’ समेत स्मरण गर्दै नीति निर्माणका लागि राजधानीमा बस्नु पर्दा बाहेकका दिनमा आफू सधैं लमजुङको भूगोलमा रहने प्रतिवद्धता दोहोर्याउनु भयो । उहाँले हिजोका दिनदेखि आज विहान पनि मध्यनेपालका विभिन्न वडामा पुग्नु परेको कारणले यो कार्यक्रममा आउन ढिला भएको भन्दै क्षमा समेत माग्नु भएको थियो ।
उहाँले दोर्दीलगायत लमजुङबासीले निर्वाचनका बेलामा विश्वास गरेर मतदान गरेर परिवर्तनको सन्देश दिएको बताउँदै त्यही विश्वासलाई व्यवहारमा रुपान्तरण गर्न आफू लागि परेको बताउँदै सरकार बनेको दुई महिना नपुग्दै धेरै आशा जागृत गर्ने काम सरकारबाट सम्भव भएको समेत उदाहरण सहित प्रस्तुत गर्नु भएको थियो । उहाँले काम गरेरै जिल्लाबासीको विश्वासलाई दीर्घ बनाइराख्ने उल्लेख गर्नुभयो । उहाँले स्थानीय तहमा काम गर्न सहज बनाउनका लागि आउँदो स्थानीय तह निर्वाचनमा रास्वपाले जित्नु पर्नेमा जोड दिदै त्यसका लागि यहाँहरू सबै सक्रियपूर्वक लाग्नु हुनेछ भन्नु भयो ।
अर्को एक प्रसङ्गमा उहाँले राज्यले प्रदेशसभाका ५५० सांसदको खर्च थेग्न सक्दैन, त्यसैले सांसद रहित प्रदेशको कल्पना रास्वपाले गरेको छ । तर संविधान संशोधन नहुँदासम्मका लागि आउँदो प्रदेश निर्वाचनमा पार्टीले भाग लिनु पर्ने स्थिति रहेको प्रष्ट्याउनु भएको थियो ।
सो अवसरमा रास्वपाका केन्द्रीय सदस्य प्रतीक पाण्डेले आफ्नो अति संक्षिप्त मन्तव्यमा हाम्रो पार्टी विधान र नियम अनुसार चल्छ त्यसैले यहाँहरूले तिनको अध्ययन गर्न जरुरी छ भन्नुभयो । उहाँले यहाँहरूले अह्राएका काम गर्नका लागि हामी तयार छौं, यहाँहरू यो वा त्यो काम गर्नु भन्नका लागि नचुक्नु होला भन्नुभयो ।
उक्त अवसरमा माआवादी नेता एवम् सोही गाउँपालिकाका पूर्वअध्यक्ष ओमबहादुर गुरुङलगायत झण्डै चार दर्जन व्यक्तित्वहरू विभिन्न दल त्याग गरी रास्वपामा प्रवेश गर्नु भएको थियो । नवप्रवेशीहरूमा खिञ्चोक आमा समूहका पदाधिकारी तथा सदस्यहरू पनि उल्लेख्य हुनुहुन्थ्यो । रास्वपाको एउटै कार्यक्रममा यतिधेरै महिलाले पार्टी प्रवेश गरको यो पहिलो अवसर हो । नवप्रवेशीहरूलाई सांसद केसी तथा केन्द्रीय सदस्य प्रदीप पाण्डले टिका लगाई पार्टीमा स्वागत गर्नु भएको थियो ।
घोषित तदर्थ समितिको सभापतिमा जिल्ला सचिव समेत रहेकी रमा खड्का, उपसभापतिमा इन्द्रजीत गुरुङ, सचिवमा कन्यालाल घले, सहसचिवमा रिता अधिकारी चयन हुनु भएको छ । त्यस्तै सदस्यहरूमा गोरे गुरुङ, विराज घले, सुरेन्द्रजंग गुरूङ, प्रवीण गुरुङ र हुमराज घले हुनुहुन्छ । । उनीहरूलाई रास्वपाको गण्डकी प्रदेशको संगठन विभागका सचिव सन्तोषी गौलीले शपथ खुवाउनु भएको थियो ।
सो भेलाले वडानं– ४ मा पनि तदर्थ समिति गठन गरेको छ । जसको संयोजकमा यमबहादुर गुरुङ, सहसंयोजकमा जीवराज गुरुङ र मलाद्दिन मिया, सचिवमा सन्तोष लौडारी चयन हुनु भएको छ । त्यस्तै सो समितिको सदस्यहरूमा लक्ष्मीनारायण श्रेष्ठ, महिमान गुरुङ, सोमराज पाण्डे, विराजमान घले र बुद्धिलाल गुरुङ चयन हुनु भएको सोही वडा निवासी रास्वपाका नेता कल्याण अधिकारीले बताउनु भयो । सो पालिकाको वडानं– ३, ५ र ९ मा पनि समिति गठनको तयारी रहेको जानकारीका आएको छ ।
सांसद केसी कार्यक्रम स्थलमा पुग्नु हुँदा तत्कालीन जिल्ला पञ्चायतका सभापति गजबहादुर गुरुङले उहाँलाई खदा पहिराउनु भई पहिलो स्वागत गर्नु भएको थियो । सभापति गजबहादुर गुरुङले सो भेटघाटको भलाकुसारीका क्रममा २०३६ सालको जनमत संग्रहका बेलामा डा. पूर्णकान्त अधिकारीसँग जोडी बनेर आफ्नो गाउँ क्षेत्र सिमेताजेमा बहुदलको प्रचार गर्न र बहुदलका पक्षमा भोट माग्न आउँदादेखि नवराज पहाडीसँग भएको चिनजान र दोस्ती आजका दिनसम्म पनि कायमै रहेको स्मरण गर्नु भएका थियो ।
सभापति जगबहादुर गुरुङले कार्यक्रम अवधिभर मञ्चमा बस्नु भएर सम्पूर्ण गतिविधिलाई नजिकबाट नियाल्ने काम गर्नु भएको थियो ।
उक्त पालिकाका रास्वपाका संस्थापक सभापति नवराज गुरुङको अध्यक्षतामा भएको सो समारोहमा उहाँले हिजो कुनै दिन आफूले पालिकाको सभापति सम्हाल्दै गर्दा समाजमा निस्कन पनि लाज लाग्ने जस्तो स्थितिबाट आज यतिको जमघट देख्न पाउदा खुशीको सीमा नरहेको बताउनु भयो । उक्त कार्यक्रमको सञ्चालन नवगठित समितिका सचिव कन्यालाल घलेले गर्नु भएको थियो ।

प्रकाशित मिति २०८३ जेष्ठ ९, शनिबार २१:३६ गते
हजुरको प्रतिक्रिया