हामीले करार पत्रमा लेखेको ‘काम, काम र काम’ भुलेका छैनौं : सांसद केसी

हामीले करार पत्रमा लेखेको ‘काम, काम र काम’ भुलेका छैनौं : सांसद केसी

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ जेठ ९ गते आईतबार ११:१०

सो समितिको उपसभापतिमा राजेन्द्र अधिकारी, सचिवमा माधव तिमिल्सिना तथा सहसचिवमा सारिता घिमिरे अधिकारी चयन हुनु भएको छ । यसैगरी, सो नगर समितिको सदस्यहरूमा भिमनाथ गौली, जिवन अधिकारी, आनन्दराज श्रेष्ठ, मिरा घिमिरे अधिकारी, डम्बरबहादुर थापा, सनिल बराल र मोहनकृष्ण श्रेष्ठ चयन हुनुभएको छ ।

सो अधिवेशनले सो नगरपालिकाका निवर्तमा सभापति विमलप्रसाद अधिकारीको नेतृत्वमा निर्विरोध रुपमा नयाँ समिति गठन भएको छ । सो समितिको निर्वाचन समितिका संयोजक एवम् गण्डकी प्रदेशका सचिवालय सदस्य हरि धितालले राती करिब १०ः३० बजे घोषणा गर्नु भएको हो ।

सुन्दरबजार(लमजुङ)– संघीय सांसद धर्म केसीले हामीले मतदातासँग गरेको करार पत्रमा लेखेको ‘काम, काम र काम’ भुलेका छैनौं भन्नुभएको छ । उहाँले यहाँ आयोजना गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को पहिलो नगर अधिवेशनको उदघाटन गर्दै जेठ १० गते बताउनु भएको हो ।
उहाँले गएको चुनावमा मत बदल्नु भएकाहरूले अब हाम्रो काम हेरेर पार्टी बदल्नु हुनेछ, हामी त्यसरी काम गर्दछौं । हामीले करार पत्रमा उल्लेख गरेको ‘काम, काम र काम’लाई भुलेका छैनौं भन्नुभयो । निर्वाचनको बेलामा यहाँहरूले अत्यधिक मत दिनु भएर दिनु भएको जिम्मेवारी भुलेका छैनौं र भुल्ने पनि छैनौं भन्नुभयो । अब कुनै पनि बाबु– आमाले यरपोर्टमा छोरालाई विदेश पठाउदा आँशु चुहाउनु पर्ने र छोराछोरी पनि आँशु खसाल्दै विदेशिनु पर्ने बाध्यतालाई तोड्नेछौं सांसद केसीले भन्नुभयो ।
हिजो २१ सिट जित्दा रास्वपालाई साउनको खहरे भन्नेहरूले एले १८२ सिट जित्दै गर्ने के भन्छन् ? भन्ने प्रश्न गर्दै हाम्रो पार्टी हिमनदी जस्तो कहिल्यै सुक्ने छैन भन्ने ठोकुवा गर्नुभयो । उहाँले यतिबेला कतिपय स्थानीय सरकारले उल्टो काम गरिदिएर हामीले घण्टीमा भोट हालेको बदला लिने काम गरेको पनि सुनेका छौं, त्यसैले अब आउने स्थानीय निर्वाचनमा समेत रास्वपालाई जिताएर केन्द्रको जस्तो तालमेल मिलाएर काम गर्ने वातावरण सिर्जना गर्न लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘हामी प्रधानमन्त्री, मन्त्री, सांसदहरूले दिनमा आठ घण्टा होइन १६ घण्टा खटेर काम गरेका छौं भन्नुहुँदै त्यो काम हाम्रो व्यक्तिगत स्वार्थका लागि होइन उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले पाँच वर्ष होइन ५० वर्ष काम गर्ने गरी काम गर्दैछौं ।’
सो अवसरमा रास्वपाका केन्द्रीय सदस्य प्रदीप पाण्डेले हामीले विपक्षीले राखेका प्रश्नमा बौद्धिक जवाफ दिन सक्ने गरी तयारी गर्नु पर्ने बताउनु भयो । त्यसका लागि अध्ययनशील हुनु पर्छ भन्नेमा उहाँको जोड थियो । उहाँले बैचारिक पूँजी विकास गर्न आग्रह गर्नु भएको थियो ।
यसैगरी, प्रवास विभागका सचिव पदमराज पन्थीले आजको दिन त्यत्तिकै आएको हैन भन्नुहुँदै हामीले गरेको हिजोको त्याग र संघर्षलाई बिर्सन हुँदैन भन्नुभयो । यसमा विगतका ३५– ३६ वर्षसम्मको विकृत राजनीतिक रोग पनि कारक रहेको उल्लेख गर्नुभयो ।
रास्वपाको सुन्दरबजार नगर तदर्थ समितिका सभापति विमल अधिकारीको सभापतित्वमा भएको उदघाटन सत्रमा केन्द्रीय तहमा रहेका विभागहरू श्रम तथा उपभोक्ता हित विभागका सदस्य कृष्णहरि अधिकारी, जनसम्पर्क विभागका सदस्य भोला शर्मा, उर्जा तथा जलस्रोत विभागका सदस्य रावेन्द्र वस्ती, गण्डकी प्रदेशका सचिवालय सदस्य हरि धिताल, गण्डकी प्रदेशको संगठन विभागका सचिव सन्तोषी गौलीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
गण्डकी प्रदेशको संगठन विभागका सदस्य ज्ञानेन्द्र शर्माले सञ्चालन गर्नु भएको कार्यक्रममा सुन्दरबजार नगर समितिका कोषाध्यक्ष सरिता केसीले स्वागत मन्तव्य राख्नु भएको थियो ।
सो अधिवेशनले सो नगरपालिकाका निवर्तमा सभापति विमलप्रसाद अधिकारीको नेतृत्वमा निर्विरोध रुपमा नयाँ समिति गठन भएको छ । सो समितिको निर्वाचन समितिको संयोजक एवम् गण्डकी प्रदेशका सचिवालय सदस्य हरि धितालले राती करिब १०ः३० बजे घोषणा गर्नु भएको हो ।

सो समितिको उपसभापतिमा राजेन्द्र अधिकारी, सचिवमा माधव तिमिल्सिना तथा सहसचिवमा सारिता घिमिरे अधिकारी चयन हुनु भएको छ । यसैगरी, सो नगर समितिको सदस्यहरूमा भिमनाथ गौली, जिवन अधिकारी, आनन्दराज श्रेष्ठ, मिरा घिमिरे अधिकारी, डम्बरबहादुर थापा, सनिल बराल र मोहनकृष्ण श्रेष्ठ चयन हुनुभएको निर्वाचन समितिका संयोजक धितालले बताउनु भएको छ ।
महाधिवेशन प्रतिनिधिहरूमा श्रीराम पोखरेल, प्रदीप पोखरेल चयन हुनु भएको छ भने जिल्ला अधिवेशन प्रतिनिधिहरूमा जगतबहादुर खड्का, सूर्यबहादुर बुढापृथी र बुद्धिबहादुर खड्का चयन हुनु भएको छ ।

 

नवनिर्वाचितहरूलाई सांसद धर्म केसीले पद तथा गोपनीयताको शपथ खुवाउनु भएको थियो भने उक्त अधिवेशनको केन्द्रीय सदस्य प्रदिप पाण्डेले व्यानर पढेर र सांसद केसीले घण्टी बजाएर संयुक्त रुपमा उदघाटन गर्नु भएको थियो ।
सो निर्वाचन समितिको सदस्यमा मीना खड्का र चन्द्रप्रसाद घिमिरे रहनु भएको थियो ।

प्रकाशित मिति २०८३ जेष्ठ १०, आईतवार २३:१० गते
हजुरको प्रतिक्रिया