
ढँगै(लमजुङ)– २५ औं शुकमान स्मृति रनिङ कप खुला पुरुष तथा महिला फुटबल प्रतियोगिताको दोस्रो चरणका खेल सुरु भएको छ । शुकमान गुरुङ स्मृति कप ट ‘ब्’ साइड खुला पुरुष तथा महिला फुटबल प्रतियोगिता– २०८३ स्थानीय मनास्लु युवा क्लबको आयोजना गरेको हो । मर्स्याङ्दी गाउँपालिका– ३ को यहाँ जेठ १६ गते तेस्रो दिनको पहिलो खेल सुरु भएको छ ।
प्रतियोगिताको पहिलो दिन एक खेल भएको थियो भने दोस्रो दिनमा चार खेल सम्पन्न भएको थिए । आज विहान पानी परेको कारणले खेल प्रभावित भएको थियो । आजको पहिलो खेल जारी रहेको आयोजक संस्थाका सचिव पूर्ण गुरुङले बताउनु भयो । उहाँका अनुसार प्रतियोगितामा पुरुषतर्फ २६ र महिलातर्फको खेल सुरु हुन बाँकी रहेको छ ।
प्रतियोगितामा पहिलो हुने टिमलाई पुरुषतर्फ एक लाख रुपैयाँ, शुकमान स्मृति रनिङ कप, मेडल र प्रमाणपत्र पुरस्कार रहेको छ । त्यस्तै दोस्रो हुने टिमलाई ६० हजार नगद, मेडल र प्रमाणपत्र रहेको छ । सर्वाधिक गोलकर्ता र उत्कृष्ठ खेलाडी एक एक जनालाई दुई हजार पाँच सय नगद, मेडल र प्रमाणपत्र पुरस्कार रहेको छ ।
त्यस्तै महिलातर्फ पहिलो हुने टिमलाई २० हजार नगद शुकमान स्मृति कम, मेडल र प्रमाणपत्र रहेको छ भने दोस्रो हुने टिमलाई १२ हजार नगद, मेडल र प्रमाणपत्र पुरस्कार रहेको छ । त्यस्तै, सर्वाधिक गोलकर्ता र उत्कृष्ठ खेलाडी एक एक जनालाई एक हजार नगद, कप मेडल र प्रमाणपत्र पुरस्कार रहेको छ ।
‘एकता, अनुशासन र सम्मान— शहीद सुकमान स्मृति कपको पहिचान’ भन्ने मूल नाराका साथ आयोजित सो प्रतियोगिता संविधान सभा सदस्य जमिन्द्रमान घलेको प्रमुख आतिथ्यता तथा मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरूङको विशेष आतिथ्यता रहेको थियो ।
समुद्घाटन कार्यक्रम आयोजक क्लबका अध्यक्ष योज बहादुर गुरूङको अध्यक्षता मर्स्याङ्दी गाउँपालिका– ३, ढगैं, लमजुङमा जारी रहेको छ ।
तत्कालीन खुदी गाउँ विकास समितिका अध्यक्षसमेत रहेका शुकमान गुरुङको त्यो बेलाको बहुचर्चित लाउडा भ्रष्टाचार काण्डविरुद्धमा एमालेले जिल्ला सदरमुकाम बेसीशहरमा आयोजना गरेको प्रदर्शनमा ज्यान गएको थियो । स्व. गुरुङलाई एमालेले शहीद घोषणा गरेको छ । उनै योद्धा शुकमान गुरुङको योगदानको स्मृतिमा २५औँ वार्षिक पुण्यतिथिमा प्रतियोगिताको आयोजना गरिएको आयोजकको भनाइ छ ।
प्रकाशित मिति २०८३ जेष्ठ १६, शनिबार १५:५६ गते